छ दिनदेखिको बन्दले विरामीलाई सास्ती

छ दिनदेखिको बन्दले विरामीलाई सास्ती

वुटवल, मंसिर २० । पाँच नम्बर प्रदेशबाट जिल्ला छुट्याएको विरुद्धमा भएको आन्दोलनका कारण विरामीले सास्ती खेपेका छन् । लगातार छ दिनदेखिको बन्दले विरामीलाई उपचार गर्न अस्पताल पुर्याउन समस्या भएकाे छ ।

बन्दका कारण उपचारका लागि बाहिरी जिल्लाबाट आएका बिरामी र भारत आउजाउ गर्ने प्रवासी नेपाली समस्यामा परेका छन् ।

आज छैंठौ दिन पनि रुपेन्देही बन्द छ । बन्दकर्ताको अबरोधका कारण पूर्वपश्चिम राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा सवारी साधन चलेका छैनन् । भित्री सडकमा पनि सवारी ठप्प छन् । शिक्षण सँस्था, बजार, उद्योग व्यवसाय, औद्योगीक प्रतिष्ठान समेत बन्द छन् ।

संसदमा दर्ता भएको संविधान संसोधनमा प्रस्तावमा पाँच नम्बर प्रदेशबाट तराई र पहाडलाई छुट्याएको भन्दै फिर्ता लिन माग गर्दै सोमबार पनि ती जिल्लामा विरोध प्रदर्शन जारी छ । संशोधन विद्येयक फिर्ताको माग गर्दै सोमबार विहानैदेखि विभिन्न जिल्लामा प्रर्दशन र बन्द आह्वान गरिएको छ । विधेयकको बिपक्षमा उत्रीएका एमाले निकट विद्यार्थी संगठन र प्रदेश नम्बर ५ संयुक्त संघर्ष समितिले राष्ट्रिय झण्डासहित विहानैदेखि बुटवलका विभिन्न स्थानमा प्रर्दशन सुरु गरेका छन् ।
रुपन्देही कांग्रेसले भने आइतबार एक विज्ञप्ती जारी गरेर एमालेले दाधारे चरित्र देखाउको भन्दै आनदोलनमा सहभागी नहुन आफ्ना नेता तथा कार्यकर्तालाई निदृेशन दिइसकेको छ ।
यसैगरी पाल्पामा पनि विभिन्न राजनीतिक दल, व्यवसायी तथा उद्योगीहरुले प्रस्तावित संशोधन प्रस्तावको बिरोधमा जिल्लामा बिरोध प्रर्दशनको तयारी गरेका छन् । त्यस क्षेत्रका अन्य जिल्लामा पनि बिरोध प्रर्दशनको तयारी भइरहेको जनाएका छन् । यस्तै ५ नम्बर प्रदेश टुक्राउने संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बिरोधमा उद्योग वाणिज्य संघले बर्दियाको सदरमु्काम गुलरियामा बन्द आह्वान गरेको छ । आज विहानै देखि गुलरियाका सबै बजार, उद्योग, कलकारखाना बन्दले प्रभावित भएको छ । तर, यातायात, शिक्षण संस्थालाई भने सञ्चालन गर्न दिइएको छ । दिउँसो एमालेसहितका दल र व्यवसायीले समेत बिरोध जुलुस प्रदर्शन गर्ने तयारी गरेका छन् ।

काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो। प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ। स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन्। हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो। आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ। उहाँले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गर्नुभयो। नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन्। मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ। विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो। त्यतिबेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो। तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो।  

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सम्पन्न भयो छठ

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा, चितनको नारायणी लगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।छठ पर्वमा राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख राष्ट्रियसभा अध्यक्ष ,पूर्वप्रधानमन्त्री लगायतले शुभकामना समेत दिनुभएको थियो।  त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुगेका थिए । षष्ठीका दिन बिहीबार साँझ बर्तीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए । 

जुम्लामा विभिन्न पार्टीबाट ५३८ जना माओवादी केन्द्रमा समाहित (सूचीसहित)

काठमाडौं । जुम्लामा विभिन्न पार्टी परित्याग गरी ५३८ जना नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) जुम्लाद्वारा २०८१ कार्तिक ५ गते कनकासुन्दरी गापाकाे गोरुचौरमा गरेको कार्यक्रमा ती नवप्रवेशीहरुलाई  पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गर्नुभएको थियो । जनसभा कार्यक्रममा निर्वाचित वडा अध्यक्ष धनबहादुर कामी, विभिन्न पार्टीबाट राजबहादुर खत्री, रामभक्त शाही, लालप्रसाद उपाध्याय, धनप्रसाद उपाध्याय लगायत ५३८ जना प्रवेश गर्नुभएको हो । सो प्रवेश कार्यक्रमलाई झुट र लुटको धन्दा चलाइरहेकाहरूको मथिॅगल खलबलाइदिने र जुम्लाको राजनीतिमा तरंग ल्याउने ऐतिहासिक बिद्रोह भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेश भण्डारीले टिप्पणी गरेका छन् । नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिएर सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा जनताको पक्षमा पार्टी पंतिलाई परिचालन गरिने जिल्ला संयोजक नवराज न्यौपानेले जानकारी दिए । हेर्नुहोस प्रवेश गर्नेहरुको सूची

नेपालका विविध संस्कृति र पर्व साझा परम्परा बन्दै गएका छन्ः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छठ पर्वको अवसरमा शुभकामना दिनुभएको छ ।  उहाँले नेपालका विविध संस्कृति र पर्वहरु क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएको उल्लेख गर्दै छठ पर्व पनि सम्पूर्ण नेपालीहरुकै आम पर्वको रुपमा मनाउन थालिएको बताउनुभएको छ । प्रस्तुत छ अध्यक्ष प्रचण्डले दिनुभएको शुभकामना सन्देश नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।  मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको मानिन्छ । छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ । यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ । नेपालका विविध संस्कृति र पर्वहरु क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएका छन् । छठ पर्व पनि सम्पूर्ण नेपालीहरुकै आम पर्वको रुपमा मनाउन थालिएको छ । छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । २२ कार्तिक, २०८१ नेपाल संवत्ः ११४५ कछलाथ्वः ६                                                                                                                 

लोकप्रिय