पोषण संवेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

पोषण संवेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं, फागुन १७ । सहभागितात्मक कृषि व्यवसाय तथा साना कृषकलाई बजारसँग जोड्ने, कृषि बजारलाई पोषण संवेदनशील बनाउने र पोषण संवेदनशील कृषिसम्बन्धी अभ्यासलाई दिगोपना दिने निष्कर्षसहित पहाडी क्षेत्रमा पोषण संवेदनशील कृषिसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा नेपाल र भारतमा कार्यरत सेवा प्रदायकहरुले पशुमा आधारित कृषि प्रणाली, ग्रामीण सेवा प्रदायकहरुको अन्तर्राष्ट्रिय पहाडी कृषि पारस्थितिकीय प्रणाली कार्यगत सञ्जालमार्फत ग्रामीण क्षेत्रका महिलाको पोषण, स्वास्थ्य तथा आम्दानी अवस्था सुधार गर्न भएका पहलका साथै मानव पोषण सुधारका लागि माटोको अवस्था सुधार्नु पर्ने पक्षका साथै संरक्षित खेतीपातीका बारेमा पनि जोड दिइएको छ ।

सम्मेलनका सहभागी कार्यपत्र प्रस्तोताहरुले स्वास्थ्य तथा पोषण क्षेत्रमा कार्यरत सेवा प्रदायकले सो कार्यक्रमले गर्दा पोषण र कृषिलाई हेर्ने आफ्नो धारणामा परिवर्तन आएको महसुस भएको विचार व्यक्त गरेका थिए । उनीहरुले ग्रामीण क्षेत्रका जनताको पोषण सुधारका लागि कृषिको भूमिका झन महत्वपूर्ण भएको र आगामी दिनमा पोषण तथा स्वास्थ्य सुधारका लागि कृषिलाई पनि सँगसँगै अगाडि लैजाने धारणा राखेका थिए ।

पहाडी क्षेत्रका समुदायको पोषण सुधारका लागि माटोका उर्वराशक्ति सुधारमा पनि उत्तिकै ध्यान दिनुपर्ने पक्षमा शत्रमा सहभागी सेवा प्रदायकको भनाइ छ । सम्मेलन समापनका क्रममा पूर्व सचिव आत्माराम पाण्डेले बृहत्स्तरमा प्रभाव ल्याउनका लागि पोषण संवेदनशील कृषि अभ्यासको स्थानीयकरण गरिनुपर्नेमा जोड दिनुभयो ।

हेल्भेटास स्विस इन्टरकोअपरेशन नेपालका राष्ट्रिय निर्देशक डा भरतकुमार पोखरेलले खाद्य विविधता र पोषण एक अर्कामा सम्बन्धित भएकाले पोषणलाई एकीकृत रुपमा व्याख्या गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । पोषणको अवस्था सुधार गर्नका लागि उक्त क्षेत्रमा कार्यरत सेवा प्रदायकहरु सामूहिक रुपमा समन्वयात्मक ढंगले अगाडि बढ्न सकिने उहाँको भनाइ थियो ।

सोही संस्थाका अन्तर्राष्ट्रिय कार्यक्रम सल्लाहकर्ता डा जेन कार्टरले स्थानीयस्तरमा ग्रामीण समुदायको पोषण सुधार गर्न स–साना प्रयासको महत्वपूर्ण योगदान हुने र झन प्रभावकारी हुने पक्षमाथि प्रकाश पार्नुभएको थियो । उहाँले पोषण मानव संस्कृतिसँग सम्बन्धित भएको र पोषण संवेदनशील कृषि शहरी कृषि प्रणालीमा पनि समाहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

आइफोम अर्गेनिक्स इन्टरनेशनल, जर्मनीका कार्यकारी निर्देशक मार्कस आर्वेञ्जले पहाडी क्षेत्रका ग्रामीण समुदायको कुपोषणको अवस्था सुधार गर्न कृषिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

हेल्भेटास, एफआइबिएल र आइएफओएम अर्गान्स इन्टरनेशनलले आयोजना गरेको दुईदिने सो सम्मेलनमा नेपालसहित पाकिस्तान, भारत, पेरु, इथियोपिया, कीर्गिस्तान, जर्मनी, स्विजरल्याण्ड र हल्याण्डका गरी करिब १५० विज्ञको सभागिता थियो । यसअघि यस किसिमको सम्मेलन सन् २०१६ मा पाकिस्तानमा आयोजना गरिएको थियो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय