प्रचण्डको प्रेम : गिरिजाबाबुसँग सफल, केपीसँग होला कि नहोला ?

प्रचण्डको प्रेम : गिरिजाबाबुसँग सफल, केपीसँग होला कि नहोला ?

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूबीच भएको प्रेमले देशमा ऐतिहासिक परिवर्तन भएको खुलासा गरे । बुधबार गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसका अवसरमा जेपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू र गिरिजाबाबुबीच भएको ‘असाधारण प्रेम’ले नेपालमा ऐतिहासिक परिवर्तन सम्भव भएको अशय व्यक्त गरे ।

प्रेम शब्द नै सुन्दर छ । घरपरिवारका सदस्य, आफन्त, अन्य सर्वसाधारण व्यक्ति–व्यक्ति, समुदायबीच हुने हरेक प्रेमले अर्थ राख्छ । प्रेमले सधैं सकारात्मक नतिजा नै निकाल्छ । तर, प्रेमले ओगटेको घनत्व अनुसार त्यसको नतिजा फरक–फरक हुन्छ । व्यक्ति–व्यक्तिबीच हुने प्रेमले व्यक्तिगत सौहार्दता कायम गर्छ । तर, राजनीतिमा सक्रिय २ नेताबीच हुने राजनीतिक प्रेमले राष्ट्रिय सौहार्दता र सफलता मिल्ने एउटा उदाहरण प्रचण्ड र गिरिजाबाबुको प्रेम हो ।

गिरिजाबाबुले ७ राजनीतिक दल र प्रचण्डले विद्रोही पक्षको नेतृत्व गरेर शान्ति प्रक्रियाको सुरुवात गरेका हुन् ।

मुलुक द्वन्द्वरत अवस्थामा रहेका बेला प्रचण्ड र गिरिजाबाबुबीच विश्वास र प्रेम नभएको भए शान्तिसम्झौता सम्भव थिएन । गिरिजाबाबुले ७ राजनीतिक दल र प्रचण्डले विद्रोही पक्षको नेतृत्व गरेर शान्ति प्रक्रियाको सुरुवात गरेका हुन् ।

जसको फलस्वरुप मुलुकमा राजतन्त्रको अन्त्य हुँदै गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक सहभागिता, धर्मनिरपेक्षता लगायतका उपलब्धी प्राप्त भएका छन् । हरेक नेपालीको छोराछोरा आफ्नो र देशको भविष्य आफैं निर्माण गर्न देशको सर्वोच्च पदमा पुग्न सक्ने व्यवस्था प्रचण्ड र गिरिजाबाबुकै राजनीतिक प्रेमको परिणाम हो ।

शान्ति सम्झौता, गणतन्त्र घोषणा, सेना समायोजन, संविधानसभा निर्वाचन, संविधान घोषणा हुँदै अहिले मुलुक संघीयता कार्यान्वयनको चरणमा छ । राजनीतिक अधिकार प्राप्तिका लागि सशस्त्र संघर्ष र आन्दोलन गर्नुपर्ने युगको समाप्तिसँगै अब आर्थिक समृद्धिको बाटोमा देश अगाडि बढेको छ ।

पछिल्ला राजनीतिक उपलब्धी प्राप्त गर्न गिरिजाबाबु र प्रचण्डको प्रेम जोडीले काम गरेको थियो । जुन जोडीलाई सफल मान्न सकिन्छ । सहमति, सहकार्य र एकताको मूलमन्त्रलाई आत्मसाथ गर्दै राजनीतिमा अगाडि बढेको प्रेम जोडीकै मार्गनिर्देश बमोजिम मूलधारको राजनीति अगाडि बढेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुनुअघि बनेको वाम गठबन्धन र एउटै कम्यूनिस्ट पार्टी निर्माणको प्रक्रियाले समाजवादी क्रान्ति पूरा हुने विश्वास जागेको छ । जुन विश्वास पूरा गर्ने दायित्व प्रचण्ड र केपी शर्मा ओलीको नयाँ राजनीतिक जोडीको काँधमा आएको छ ।

संविधान घोषणापछि संघीयता कार्यान्वयन गरेर जनताको घरदैलोमा उज्यालो पुर्याउने चरण सुरु भइसकेको अवस्थामा समाजवादी क्रान्ति मुख्य राजनीतिक कार्यभार बनेको छ । जसका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धि नयाँ राजनीतिक मुद्दाका रुपमा उदाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुनुअघि बनेको वाम गठबन्धन र एउटै कम्यूनिस्ट पार्टी निर्माणको प्रक्रियाले समाजवादी क्रान्ति पूरा हुने विश्वास जागेको छ । जुन विश्वास पूरा गर्ने दायित्व प्रचण्ड र केपी शर्मा ओलीको नयाँ राजनीतिक जोडीको काँधमा आएको छ ।

गिरिजा–प्रचण्ड जोडीजस्तै प्रचण्ड–केपी जोडीमा पनि प्रेम जागृत होला रु त्यो प्रेम सफल होला रु यी प्रश्नको उत्तरसँग नेपालको भविष्य जोडिएको छ । तर, प्रश्नको उत्तर भविष्यको इतिहासले दिनेछ । अहिलेको आवश्यकता र जनचाहना प्रचण्ड–केपी जोडी पनि प्रेममा सफल हुनुपर्छ भन्ने नै हो । दुबै नेताबीचको सम्बन्धको अर्थ दुई व्यक्तिबीच मात्रै सीमित छैन । २ नेताबीच हुने सम्बन्ध र सौहार्दताले सबै नेपाली जनताको भविष्य र सपना पूरा हुने/नहुने निर्धारण गर्नेछ । प्रचण्ड र केपीबीच प्रेम भइसकेको हो भने नेपाल समृद्धिको बाटोमा अगाडि बढ्ने निश्चित छ ।

तर, हिन्दू धार्मिक ग्रन्थमा माया र प्रेमलाई विपरित शब्दका रुपमा चित्रण गरिएको छ । धर्मग्रन्थ गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई सम्झाउँदै भनेका छन्– माया, मोह, लोभ, क्रोश र अहंकार त्याग गर । अनि, त्यही ग्रन्धमा भनिएको छ– संसारका सबै प्राणीलाई प्रेम गर ।

सामान्य बुझाइमा हामी प्रेम र मायालाई उस्ताउस्तै ठान्छौं । प्रेम नै माया हो र माया नै प्रेम हो भन्ने सोच्छौं । तर, हिन्दू धार्मिक ग्रन्थमा माया र प्रेमलाई विपरित शब्दका रुपमा चित्रण गरिएको छ । धर्मग्रन्थ गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई सम्झाउँदै भनेका छन्– माया, मोह, लोभ, क्रोश र अहंकार त्याग गर । अनि, त्यही ग्रन्धमा भनिएको छ– संसारका सबै प्राणीलाई प्रेम गर ।

ग्रन्थ अनुसार माया त्याग्नुपर्ने र प्रेम गर्नुपर्ने विषय रहेछ । मायामा स्वार्थ हुन्छ, प्रेम निःस्वार्थ हुन्छ । प्रचण्ड–केपीबीच हाल भएको सहकार्य माया हो कि प्रेम ? आगामी क्रियाकलापले यो प्रश्नको उत्तर दिँदै जानेछ । तर, देश र जनताको हित र उन्नतिका लागि प्रचण्ड–केपी जोडीबीच प्रेम हुनु अपरिहार्य छ । सँगसँगै प्रेमलाई भड्काउन खोज्ने र डाहा गर्ने व्यक्ति र प्रवृत्तिबाट समेत दुबै नेता सचेत हुनुपर्छ ।

पूर्वसचिव उपाध्याय भन्छन्: प्रचण्ड बाहेक अरू शीर्ष नेता जनतामाझ जान डराए

  काठमाडौं । पूर्वसचिव भिम उपाध्यायले नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका नेताहरु बिपतको स्थलगत अवलोकन र अनुगमनमा जान डराएका हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक तथा राजनीतिक विषयमा सामाजिक संजालमार्फत धारणा राख्दै आएका उपाध्यायले आज सामाजिक संजालमा  लेख्दै विपतका बेला प्रचण्ड मात्रै फिल्डमा देखिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै यो बाढी पहिरोबाट भएको बिपतको स्थलगत अवलोकन र अनुगमनमा जाने शिर्ष नेताहरूमध्ये एक मात्र प्रचण्ड रहेको देखिन्छ। अरूलाई जनतासंग डर रहेको हो र? पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डुबान, बाढी तथा पहिरो प्रभावित जनताको घरदैलोमा पुग्नुभएको थियो ।  गत साताको बाढी र पहिरोमा प्रभावित बनेका जनतालाई राहतका लागि उपाध्यायले समन्वय र सहयोग गर्दै आएका छन् । 

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उहाँले यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दिनुभयो । वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका विपत् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदी पथिकले पछिल्लोपटक बाढी पहिरोले प्रभावित गरेको क्षेत्रमा गएर विज्ञहरुसहितको टोलीले समस्याको पहिचान र समाधानका उपाय समेटेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । विभागले प्रचार विभागको समेत सहयोग लिएर पार्टी कार्यालय पेरिसडाँडामा आपतकालीन हेल्प डेस्क खडा गरेको छ । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ।  दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला शनिबार र आइतबारको मौसम?  २०८१ असोज १९ गते शनिबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी प्रदेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

आजबाट कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने

काठमाडौं । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । विजया दशमीको अवसरका लागि आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने विज्ञप्तिमार्फत जनाइएको छ । घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिएर सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

लोकप्रिय