मेडिकल शिक्षाका बेथितिविरूद्ध संर्षरत डा.गोविन्द केसीसहितको समूहले आइतबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको हो।
निवेदनमा २०३० साउन २१ मा तनहुँबाट जारी भएको नागरिकताको प्रतिलिपी, नागरिकता उपलब्ध गराउँदाका मिसिल कागजपत्र, २०५३ सालमा जारी भएको सोही नागरिकताको प्रतिलिपी माग गरिएको छ। उनीहरुले काठमाडौंबाट जन्ममिति २०१० बैशाख १६ कायम गरी २०६७ सालमा पुनः निकालिएको प्रतिलिपीको तथ्य सूचना समेत माग गरेका छन् ।
डा.केसीसहित डा.अभिषेकराज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल, प्रकाशचन्द्र परियार, मनोजकुमार अधिकारी, प्रितम सुवेदी र सागर घिमिरेले निवेदनमा हस्ताक्षर गरेका छन्।
जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत सुरेश ढकालका अनुसार ३१५ नम्बरमा निवेदन दर्ता गरिएकाे छ ।
सार्वजनिक पदधारण गरेका व्यक्तिको विषयमा सत्यतथ्य सूचना पाउने नागरिकको अधिकार अन्तरगत निवेदन दर्ता गरिएकाे अधिवक्ता अर्यालले जानकारी दिए । यस अघि साेही समूहले काठमाडाै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिएकाे थियाे ।