प्रहरी नै चढ्छन् चोरिका गाडी

प्रहरी नै चढ्छन् चोरिका गाडी

लोकेश धामी/ 

कैलाली ।  नक्कली कागजात बनाएर यातायात व्यवस्था कार्यालय महाकालीमा दर्ता गरिएका चोरीका सवारी साधन प्रहरीले चढ्ने गरेका खुलेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीका जवानदेखि अधिकृतसम्मले चोरीका सवारी साधन चढ्ने गरेका हुन् । नक्कली कागजात बनाएर दर्ता गरिएको पाइएका २५ बुलेट मोटरसाईकल र ९ वटा कारमध्ये २ वटा कारसहित १४ वटा सवारी साधन प्रहरीले चढ्ने गरेका श्रोतले बताएको छ ।

श्रोतका अनुसार तीमध्ये ९ वटा गाडी प्रहरीकै नाममा रहेका छन् । चोरी, लुटपाट, हत्याजस्ता ठूला आपराधिक घटनामा संलग्नको पहिचान गरि पक्राउ गर्नका लागि सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले गठन गरेको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी अधिकृतले समेत चोरीका मोटरसाईकल चढ्ने गरेका छन् । खासगरी फरार अपराधिलाई नियन्त्रण लिन, आपराधिक घटनाको सुचना संकलन गर्न, चोरीका सवारी साधन नियन्त्रणमा लिने उद्देश्यले तत्कालिन डिआईजी जयबहादुर चन्दले गरेको क्षेत्रीय अनुसन्धान समूहका ८ जना प्रहरीकै नाममा चोरीका मोटरसाईकल रहेको खुलेको छ ।

यस्तै सवारी साधनको चेकजाँच गर्ने ट्राफिक प्रहरीले समेत चोरीका सवारी साधन प्रयोग गर्ने गरेका छन् । ट्राफिक प्रहरीका जवानमात्र होइन प्रहरी अधिकृतले समेत नक्कली कागजात बनाएर नामसारी गरिएका मोटरसाईकल प्रयोग गर्ने गरेका छन् । यसरी चोरीका सवारी साधनको प्रयोग गर्नेमा सशस्त्र प्रहरीका एक जना सशस्त्र प्रहरी नायब उपरिक्षक, नेपाल प्रहरीका एक जना प्रहरी नायब उपरिक्षक तथा ४ जना ट्राफिक प्रहरीका प्रहरी निरिक्षकसमेत रहेका छन् । चोरीका सवारी साधनमध्ये कतिपय यातायातका कर्मचारीका आफ्ना आफन्तको नाममा दर्ता रहेको स्रोतले बताएको छ ।

औद्योगिक सुरक्षा बल अत्तरियाका शसत्र प्रहरी नायब उपरिक्षक हर्कराज पन्त र इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी निरिक्षक सुदीप पाठकले चोरीको कार चढ्दै आउनु भएको थियो । तर चोरीका गाडी भएको बाहिर आएपछि अहिले चढ्न छाडेका प्रहरी श्रोतले बताएको छ । ती दुवै कार प्रहरी अधिकारीकै नाममा दर्ता भएका छन् । पाठकले इलाका प्रहरी कार्यालयमै कार्यरत प्रहरी हवल्दार तारा ठगुन्ना र पन्तले औद्योगिक सुरक्षा बलमै कार्यरत हवल्दार कमानसिंह धामीको नाममा दर्ता भएको गाडी चढ्दै आउनु भएको थियो । चोरीको गाडी चढ्नेमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का प्रहरी सहायक निरिक्षक केशवराज जोशी तथा हवल्दारहरु धर्मसिंह भाट, पुस्कर भट्ट, पदम धामी, हर्क कुँवर रहनु भएको छ । क्षेत्रीय अनुसन्धान समूहका सिपाही सुरज तिरुवा र मनोरथ भट्टले पनि चोरीकै मोटरसाईकल चढ्ने गर्नु भएको छ ।

सबैले भारतबाट चोरी गरेर ल्याइएका नक्कली कागजात बनाइ यातायात कार्यालय महाकालीमा दर्ता भएका बुलेट मोटरसाईकल चढ्ने गरेका छन् । यस्तै ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दिपक पातली, दंगा नियन्त्रण गणमा कार्यरत प्रहरी निरिक्षक जनकराज ढुंगानाले समेत चोरीका बुलेट मोटरसाईकल चढ्ने गर्नु भएको छ । ट्राफिक प्रहरी हवल्दार केशवसिंह ऐरी र जवान कमलप्रसाद जोशीले पनि चोरीको मोटरसाईकल चढ्ने गरेका प्रहरी श्रोतले जनाएको छ । नक्कली कागजात बनाएर यातायात व्यवस्था कार्यालयमा दर्ता गरि चोरीका सवारी साधनलाई वैधानिकता दिने समूहका दुई जनालाई गत असार २९ गते कञ्चनपुर प्रहरीले पक्राउ गरेको थियो ।

कैलालीको भजनी नगरपालिका–३, का गोकुल प्रसाद श्रेष्ठ र कञ्चनपुरको भीमदत्त नगरपालिका–४, बस्ने हिमाल जोशीलाई पक्राउ गरेको थियो । उक्त गिरोहले चोरीका २५ वटा मोटरसाइकल र ९ वटा कारलाई यातायात व्यवस्था कार्यालयमा दर्ता गराएको खुलेको थियो । चोरीका सवारी साधनलाई पक्राउ गरी कारवाही गर्नुपर्ने सुरक्षा निकायले नै चोरीका साधन प्रयोग गर्ने गरेको पाइएपनि प्रहरीले यसबारे केही पनि खुलाउन चाहेको छैन । बरामद गरिएका २५ बुलेट मोटरसाईकल र ९ वटा कारमध्ये कति वटा प्रहरी अधिकारीका नाममा छन् भन्नेबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताउन चाहेको छैन ।

सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको तयारी

काठमाडौं । सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी पाँच दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको हो ।  बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी  दिए ।  ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ ।  ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने ।  बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छः अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प्रवर्धन गरेर लैजानुपर्ने बताउनुभएको छ । सिन्धुपाञ्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उहाँले यसमा खेलकुदलाई जोडेर लैजान सक्नु थप महत्वपूर्ण काम हुने बताउनुभयो । पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रिय भलिबल सुरु हुनु खेल पर्यटनका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अन्य पर्यटकीयस्थलहरुमा पनि जहाँ जे संभावना हुन्छ, त्यसलाई अघि बढाएर लैजानुपर्ने बताउनुभयो । आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको प्रवर्धनका लागि बढी नै मेहनत गरेको स्मरण गराउँदै उहाँले खेल देश र स्वास्थ्यका लागि भएकाले खेल क्षेत्रको जति विकास ग¥यो, समाज त्यति नै सभ्य, अनुशासित र जनता स्वस्थ हुँदै जाने बताउनुभयो । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता प्रवर्धन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न पनि खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । आफूले क्रिकेट, फूटबल, कराँते लगायतका विभिन्न विधाका खेलको प्रवर्धनलाई महत्वका साथ लिएको उल्लेख गर्दै दोस्रो पटक प्रधानमन्त्री भएको बेलामा भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गराएको स्मरण गराउनुभयो । उहाँले यस क्षेत्रको भौतिक पूर्वाधारको विकास र राजनीतिक विकास अघि बढाउन निरन्तर मेहनत गरिरहेको बताउनुभयो । नेपालको ब्यापारिक इतिहासमा महत्वपूर्ण रहेको तातोपानी नाका भूकम्पपछि बन्द भएको र यो अब नखुल्ने हो कि भन्ने निकै चिन्ता बढेपछि आफूले चिनियाँ राष्ट्रपतिसँग तीनपटक वार्ता गरेको जानकारी दिंदै उहाँले राष्ट्रपतिकै चासोका कारण खुल्ने अवस्थामा पुगेको बताउनुभयो । आफूले यस क्षेत्रको विकासका लागि केही न केही भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हिजो मात्रै आफू सुकुटे पुगेपछि पनि पार्टीका स्थानीय नेता र जनप्रतिनिधिहरुले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा सरकारको चासो नदिएको गुनासो गरेपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई फोन गरेर ध्यानाकर्षण गराएको र अब सडक बन्नेतिर अघि बढेको बताउनुभयो । सुकुटेको पर्यटन प्रवर्धनका अभियान नै चलाएको उल्लेख गर्दै उहाँले पार्टीको स्थायी समिति बैठक एक हप्तासम्म चलाउनुका साथै पटकपटक आउने गरेको स्मरण गराउनुभयो । ‘हामीले पार्टी बैठकहुँदै सुरु गरेको यो अभियानका कारण आजसम्म आउँदा सुकुटे र सिन्धुपाल्चोकमा आन्तरिक पर्यटन प्रवर्धन नयाँ ढंगले अघि बढ्नु मेरा लागि पनि गर्वको विषय हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले सुकुटे कोरिडोरकै रुपमा व्यवसायको व्यापक विकास भएको छ । अब आधिकारिक र व्यवसायिक रुपमा सुकुटेलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्छ र त्यसका लागि मेरो पूरै सहयोग हुने छ ।’ कार्यक्रमका अन्य वक्ताहरुले सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय क्षेत्र स्थापित गर्न अध्यक्ष प्रचण्डले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।

सरकारको आफ्नै क्रियाकलापले आयु घटाइरहेको छ, धेरै टिक्दैनः अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको आयु धेरै लामो नभएको बताउनुभएको छ ।  मंगलबार प्रेस सेन्टर सिन्धुपाल्चोकले सुनकोशीस्थित सुकुटे बिचमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  वर्तमान सरकार अप्राकृतिक रुपले बनेकाले यसको आयु लामो नभएको उहाँले बताउनुभयो । सरकारको आफ्नै क्रियाकलापले आयु घटाइरहेको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गत असार ३० गते बनेको वर्तमान सरकार ढाल्न माओवादीलगायतका दलहरूले बल गर्नै नपर्ने बताउनुभयो ।  ‘यो सरकार टिकिहोस् भन्ने हाम्रो चाहना हुँदैन । तर, यो अप्राकृतिक भएका यो ढलि नै हाल्छ, हामीले बल नै गर्न पर्दैन । यसको आयु धेरै छ जस्तो मलाई लागेको छैन’– उहाँले भन्नुभयो– ‘यसबारे मैले मिति तोक्न मिल्दैन । हामी गम्भीर रुपले घटनाक्रम नियालिरहेका छौँ । अहिले जसरी सरकार चलिरहेको छ, यसले आफ्नो आयु आफैँ छोट्याउँदैछ भन्ने मलाई लाग्छ ।’ सत्तारुढ कांग्रेसभित्रै सरकारप्रति जबरजस्त रुपमा असन्तुष्टि चुलिएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसको संस्थापन समूहका नेताहरूको पनि असन्तुष्टि बाहिर आउनु सरकारका लागि गम्भीर खतराको विषय भएको बताउनुभयो ।  उहाँले माओवादी यो सरकार गिराएर तुरुन्तै नयाँ निर्माणतर्फ जाने पक्षमा नरहेको बताउनुभयो । ‘माओवादी अहिले जनताबीचमा गएर संगठन सुदृढ गर्ने अभियानमा छ’– उहाँले भन्नुभयो– ‘स्थानीय तहदेखि नै भेला र सम्मेलन भइरहेका छन् । हाम्रो अभियानलाई जनताले राम्रो मानेका छन् ।’ सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका नवनिर्वाचित कार्य समितिलाई सम्मान गर्नुभएको थियो ।

पूर्वसभामुख सापकोटाको प्रश्न -'के कारणले  यत्ति ढिलासम्म संसद नबोलाइएको हो?'

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् ।  आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संसद् अधिवेशन नबोलाइएकोप्रति असन्तुष्टि व्यक्त गर्नभएको हो । 'संसद् कुनैपनि देशको महत्वपूर्ण संस्था हो । यसबाट शक्तिशाली सुशासनको धेरै ठूलो सन्देश जाने गर्दछ । हाम्रोले के त्यस्तो सन्देश दिन सकेका छौँ ? पूरै राष्ट्रलाई प्रतिध्वनित गर्न सकेका छौँ । त्यही संसद्बाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभमुखकै जन्म हुन्छ। त्यस्तो संस्थालाई त्यत्तिकै राख्नु हुँदैन, 'उहाँले भन्नुभयो। आफू सभामुख हुँदा र अरु बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिए पनि अहिले यति ढिलो किन गरेको भन्दै सापकोटाले प्रश्न गर्नुभयो ।'म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद् सुचारु भएको छ। यत्ति ढिला बोलाउने कुरा भएको छैन । के कारणले संसद नबोलाइएको हो ? वास्तवमा यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुल्दुली छ। त्यो कारण पत्ता लागेको छैन, ' उहाँले भन्नुभयो ।

लोकप्रिय