प्रहरी, भ्रष्टाचार र आतंकवादमाथिको गहिरो प्रहारः चलिचत्र जोली एलएलबी–२

प्रहरी, भ्रष्टाचार र आतंकवादमाथिको गहिरो प्रहारः चलिचत्र जोली एलएलबी–२

चलचित्रः जोली एलएल बी २
निर्देशकः सुभाष कपुर
कलाकारः अक्षय कुमार, अन्नु कपुर, हुमा कुरैशी, सौरभ शुक्ला, मानव कौल


प्रहरी इनकाउन्टरको नाममा एक निर्दोषकाे हत्या, हत्या लुकाउन पदको दुरुपयोग, भ्रष्टाचार अादिले समाज कुन दिशातर्फतिर गइरहेको छ भन्ने सजिलै आ‌ंकलन गर्न सकिन्छ । न्याय पाउनको लागि एक सामान्य नागरिकले व्यवस्थासंग लड्नुपर्ने राज्यको निरिहताले हरेक नागरिक कानुन र व्यवस्थाप्रति सकरात्मक हुन सक्दैनन । समाजमा दुइ थरिका मानिस छन्  , एक सत्यको पक्षमा सधै‌ं वकालत गर्ने र अर्को शक्त्तिको अाडमा राज्यको व्यवस्थालाई नै दवाउन खोज्ने । तर सत्यको पछि लाग्ने हो भने एक न एक दिन न्यायको ढोका खुल्छ नै । यही कुरालाई चलचित्र जोली एलएल बी २ ले  दर्शाउने प्रयास गरेको छ । समाज,व्यवस्था, प्रहरी, भ्रष्टाचार, आतंकवाद  र हाँस्यको  समिश्रण चलिचत्र हो जोली एलएलबी–२ । 

कथाः जोली एलएलबीको कथा कानपुरमा बस्ने एक वकील जगदीश्वर मिश्रा अर्थात जोली अक्षय कुमारको हो । जोली लखनउमा एक ठुलो वकिलको सहाकय वकील हुन्छन् । तर उनी वकालत भन्दा पनि घरको काम नै बढी गरिरहेका हुन्छन् ।

जोलीले आफ्नै चेम्बर बनाउन सपना देखेका हुन्छन् । उनी राम्रो मुद्धाको खोजीमा हुन्छन् । उनको भेट एकदिन एक विधुवा र गर्भवति हिना (सयानी गुप्ता)संग हुन्छ । उनको श्रीमानलाई प्रहरी इन्काउन्टरमा मारिएको हुन्छ । हिना न्याय पाउनको लागि जोलीसंग उनको हाकिम वरिष्ठ वकिलसंग मुद्धा लड्नको लागि सिफारिस गरिदिन आग्रह गर्छिन ।
जोलिले सुरुमा कुरा गर्न गार्हो भएपनि एकपटक कुरा गर्ने बचन दिन्छन् । हिना वकिललाई दिने रकमको बन्दोबस्त गर्न जान्छिन् ।

यता जोलीलाई आफ्नो चेम्बर खोल्न जतिसक्यो छिटो २ लाख जम्मा गर्न दवाव आउँछ तर जोलीसंग पैशा हुँदैन । उनले हिनासंग झुठो बोल्दै उनको मुद्धा लड्न हाकिम तयार भएको भन्दै २ लाख माग्छन् ।

जोलीले आफ्नो चेम्बर खोल्छन् , बुवालाई आफु पनि ठुलो वकिल भएको देखाउँछन्, श्रीमती छोरासंग आफ्नो सपना साकार भएकोमा खुसी साटासाट गरिरहेको बेला हिना आइपुग्छिन् । हिनाले सबैकुरा थाहा पाएर जोलीसंग झगडा गर्छिन् । उनको मन टुट्छ र  आफ्नो वितेको श्रीमान सम्झंदै उनले आत्महत्या गर्छिन ।

जब हिनाले आत्महत्या गर्छिन अनि कथाले नयाँ मोड लिन्छ । जोलीले हिनाले आत्महत्या गर्नुको कारण आफुँ भएको महसुस गर्दै हिनालाई न्याय दिलाएरै छाड्ने अठोट लिन्छन् । जोलिको यो कदममा उनको श्रीमती पुष्पा पाण्डे (हुमा कुरैशी)ले पनि साथ दिन्छिन् ।

अदालतमा जोलिको टकराव लखनउका प्रशिद्ध वकिल प्रमोद माथुर (अन्नू कपूर) संग हुन्छ । अदालतको न्यायाधीश सुंदरलाल त्रिपाठी (सौरव शुक्ला) ले आफ्नो व्यवहारबाट सबैलाई हसाउने प्रयास गरेका छन् । हिनाको मुद्धा अध्ययन गर्दै जाँदा जोलिले अनेकौं रहस्य पत्ता लगाउँदै जान्छन् । उनले यो मुद्धा लड्न थालेपछि थाहा पाउँछन् की हिनाको मुद्धा सजिलो छैन । उनीमाथि हमला हुन्छ, तर पनि जोलि अगाडी बढ्छन् । उनले कयौं शक्तिशाली व्यक्तिको सामना गर्नुपर्छ । उनले कसरी यो मुद्धालाई न्याय दिन्छन् यही नै कथाको मुख्य सार हो ।

निर्देशनः जोली एलएल बी र फंस गए रे ओबामा जस्ता हास्यप्रद चलचित्रमा सफलता पाएका निर्देशक सुभाष कपुर बलिउडमा देशी निर्देशकको रुपमा चिनिन्छन् । उनको चलचित्रमा स्थानिय भाषाको झलक देखिन्छ जुन जोली एलएल बी–२ मा पनि देखिएको छ । कपुरले चलचित्रको कथा ,स्क्रीनप्ले, संवाद र निर्देशन एकसाथ गरेका छन् । उनले अदालतमा हुने बहसमा प्रहरी, भ्रष्टाचार र आतंकबाद जस्ता मुद्धालाई उठाउँदै हसाउने प्रयास सफल रुपमा गरेका छन् । उनको निर्देशन उत्कृष्ट छ ।

अभिनयः जोलीको भुमिकामा अक्षय कुमारको अभिनय दमदार छ । बलिउड स्टार अक्षयले सच्चा वकिलको भुमिकालाई न्याय दिएका छन् । उनको करियरमा जोली एलएल बी २ को अभिनय लामो समयसम्म मानिसले सम्झनेछन् । उनको कमेडी पनि निकै रोमान्चक छ । यस्तै विपक्षी वकीलको रुपमा अन्नु कपुर पनि जमेका छन् । चलचित्र हेरेपछि उनलाई दर्शकले घृणा गर्नु नै उनको सफलता हो । हुमा कुरैसीको भुमिका ठुलो नभएपनि उनको उपस्थिति राम्रो छ । न्यायधिसको भुमिकामा सौरभ शुक्लाले सबैलाई खुब हसाएका छन् । उनको भुमिका चलचित्रमा हेर्न लायकको छ । हिनाको भुमिका निभाएकी सयानी गुप्ताको अभिनय दमदार छ । उनले आफुँले धोका पाएपछि अक्षयसंग गरेको झगडाको सिनमा निकै राम्रो प्रभाव छोडेकी छिन् । चलचित्रमा अन्य कलाकारको अभिनय पनि राम्रो छ ।

किन हेर्नेः पुर्ण मनोरन्जनको लागि चलचित्र जोली एलएलबी २ हेर्न सक्नुहुन्छ । यसमा अदालतमा हुने ड्रामा, हास्य, सामाजिक मुद्धा, न्याय आदि विषयलाई व्यवस्थित ढङ्गबाट प्रस्तुत गरिएको छ । परिवारको साथमा यो चलचित्र हेर्न जान सक्नुहुन्छ ।

‘मनसुन’मार्फत् सुबिनले कोरेको प्रेमको बाटो

महेश क्षितिज सुबिन भट्टराई तन्नेरी युवा पुस्ताको मन जितेका लेखक । युवाहरुले भोग्ने प्रेम, विछोड, धोका घृणाका कुरालाई टपक्कै टिपेर लेख्न सक्ने क्षमता राख्ने उनले यसअघि समर लभ र सायामा युवाको मन छामिसकेका थिए । त्यसो त उनको लेखनशैलीलाई केहीले गाली नगरेका पनि होइनन्, तर सुबिनले त्यो गालीलाई ‘प्रसाद’को ग्रहण गरे र लेखे फेरि युवाकै कथा ‘मनसुन उपन्यास’मा । उपन्यास पढ्दै गर्दा समाज पनि पढ्छन्, संस्कृति पनि पढ्छन् र पढ्छन् आख्यानको बाटो र प्रेम गर्ने तरिका पनि । लेखक:महेश क्षितिज ‘मनसुन’ उपन्यासभित्र सुबिनले प्रेमको कला प्रस्तुत गरेका छन् । प्रेम सवैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने कुरामा सुबिन खुलस्त छन् । मनसुन युवापुस्ताको प्रेम, यौन सम्बन्ध र बिछोडमा मात्रै सीमित छैन । उपन्यास पढ्दै गर्दा हरेक पाठकका दिमागमा समाजका विविध संस्कृतिहरु पनि पालैपालो आउन थाल्छन् । २५३ पृष्ठमा संरचित ‘मनसुन’ सुबिन भट्टराईको तेस्रो प्रेम उपन्यास हो । कथाकी पात्र कथा सङ्ग्रह मार्फत् पुस्तकाकार कृति सुरु गरेका सुबिनको लेखनले प्रेमको गोरेटोलाई अवलम्बन गरेको छ । समर लभ र साया जस्ता उपन्यासका माध्यमबाट हरेक युवा पाठकको ढुकढुकी बन्न सफल सुबिनले फरि अर्को चमत्कार मनसुनमा गरेका छन् । सुभानले भोगेको जुन पीडा छ,जुन धोका छ त्यो उसको निजी भोगाइ मात्र होइन, युवा पुस्ताको सामाजिक भोगाइ हो । समर लभमा जुन प्रकारको प्रेम कथा लिएर नेपाली उपन्यासमा उनी उदाए र चर्चा पनि कमाए । समर लभकै दोस्रो भाग भन्दै बजारमा सायालाई ल्याए तर समर लभकै स्वाद र शैलीमा सायालाई प्रस्तुत गरे । यसबामट नेपाली उपन्यास साहित्यका पाठकहरुले सुबिनबाट जुन अपेक्षा राखेका थिए त्यो पूरा नभएको गुनासो गरे । समर लभ पढेका पाठकले त्यही स्वादको कृति दोहो¥याएर पढ्नुपर्ने अवस्था सायामा छ भन्ने प्रतिकृया दिन थालेपछि सुबिनबाट पनि नयाँ आएन भन्ने पाठक गुनासो रहयो । समर लभमा पाएको सफलतालाई जोगाउन सुबिनले मनसुनमा धेरै मेहेनत गरेका छन् । प्रेम र यौनमा मात्रै लेखनलाई सीमित नगरेका सुबिनले यस उपन्यासमा सामाजिक परिघटनाहरुलाई पनि उपन्यासको कथानक बनाएका छन् । यो उपन्यासमा आइपुग्दा सुबिनभित्रको प्रेमको बाटो सामाजिक र श्लील खालको बनेको देखिन्छ । कलेज पढ्ने युवा युवतीले मात्र सुबिनका उपन्यास पढ्ने होइन अब साठी, सत्तरीका पुस्ताले पनि उनका उपन्यास पढ्छन् भन्ने कुराको उदाहरण सुभानको हजुरबाको कथाले बोकेको छ । हरेक कृति जन्मिनुका पछाडि विविध कारणहरु हुन्छन् । ती कारणहरुको आधार स्रोत भनेको हाम्रो सामाजिक भोगाइ हो जुन भोगाइमा प्रेमका तिता मिठा अनुभव र अनुभूति सँगै आएका हुन्छन् । त्यसैले त साहित्य कृतिलाई समाजको खोल भनिन्छ । युवापुस्ताको प्रेम, धोका, यौन र रोमान्सभित्र हुर्किएको अनुभूतिलाई सुबिनले उपन्यासको कथानक बनाउछन् र समाजका युवापुस्तालाई दिन्छन् । हरेक युवापुस्ताले सुबिनकृत प्रेम उपन्यास पढ्दै गर्दा समाज पनि पढ्छन्, संस्कृति पनि पढ्छन् र पढ्छन् आख्यानको बाटो र प्रेम गर्ने तरिका पनि । उपन्यासको अन्त्य सुबिनले जुन किसिमले गरेका छन् त्यो अन्त्यले हरेक युवा वर्गले आफूलाई प्रेमको गहिराइमा डुब्नु अगाडि विचार गर्नुपर्ने गहिरो पाठ सिकाएका छन् । उपन्यासभित्रको मनसुुन र सुभानको प्रेम कथालाई रोचक बनाउनका लागि सुबिनले यस उपन्यासमा अन्य सहायक पात्र र सहायक कथाको विन्यास पनि गरेका छन् । धरान, काठमाडौँ र मलेखुलाई मुख्य कार्यपीठिका बनाएर लेखिएको मनसुन उपन्यासभित्र सुभान र मनसुनले नियति बस भोग्नु परेको पीडा समेटिएको छ । सुन्दरे र रामेश्वर सुभानका मिल्ने साथी हुन् । उनीहरुको सामाजिक क्रियाकलाप जसरी अगाडि बढिरहेको देखिन्छ त्यसमा सुभान चाहिँ नियति बस हरेक ठाउँमा ठगिएको छ । आफूले मन पराएकी रिया जोशी अर्कैकी हुनु, फेरि प्राप्ति नाम गरेकी केटीसँग सुभानको बिहे हुन नसक्नु आदि जस्ता उपन्यासभित्रका घटनाहरुले अहिलेको युवाप्रेमको दस्ताबेज नै प्रस्तुत गरेको देखिन्छ । सुबिन भट्टराई बिधा : उपन्यास प्रकाशक : फाइनप्रिन्ट बुक्स पृष्ठ : २५३ मुल्य : रु. ३१८ उपन्यासकी नायिका मनसुन अन्तर्मुखी स्वभावकी देखिन्छे जसका कारण सुसाइट गर्ने स्थितिमा पुगेकी छे । धरान हस्टिलमा मृत्युसँग छटपटाइरहेकी मनसुनलाई भेट्न गएको सुभानले भएको जागिर पनि छ । सुभान चिया खानकै लागि धरान गएको प्रसङ्गलाई सुबिनले युवाहरुको पागलपनलाई समेत जोडेका छन् । मनसुन निको हुनुका पछाडि सुभानकै ठूलो हात छ । लामो हस्पिटल बसाइ पश्चात् निको भएकी मनसुनसँग शाारीरिक सम्बन्ध राखेको सुभानले हजुरबाको मृत्युलाई पनि सहेको छ । हजुरबा हस्टिलमा हुनुहुन्छ भन्ने थाहा पाएर पनि मनसुनको माया पाउन धरानमै भुलेको सुभानले हजुरबा भेट्न नपाएको घटनाले हरेक पाठकभित्र करुणा उत्पन्न हुन्छ । धरानबाट काठमाडौँ पुगेर हजुरबालाई भेट्न हस्पिटल पुग्नु पनि हजुरबाको मृत्यु हुनुले सुभानमाथि चोट थपेको छ । मनसुनको व्यवहार हरेक पटक बदलिनुका पछाडि उसले प्रेम गरेको केटाले उसलाई बेवास्ता गर्नु हो । मनसुनले माया गरेको केटाले बिचमा धोका दिएपछि फिनायल खाएर आत्महत्या गर्न चाहेकी हो तर ऊ सफल हुन सकेकी छैन । सुभानलाई माया गरेको भ्रममा राखेर काठमाडौँसम्म सुभानलाई भेट्न पुगेकी छ । सुभानको हजुरबाको मृत्यु हुँदा पनि फेरि दास्रो चोटि ऊ काठमाडौँ पुगेकी छ । काठमाडौँबाट बर्थडे मनाउन मनसुन बस्ने सहर धरान पुगेपछि सुभानको मनसुृनसँगको सम्बन्ध पनि सकिएको सम्बन्धमा सुभानले भनेको छ : उसको नाम मात्र मनसुन थिएन । काम पनि मनसुन नै थियो । उनको प्रेम कथाको शैलीमा खोट लगाउने ठाउँ त छैन तर कथानक उठान र समापन सबै कृतिमा समान रुपले आउँदा एउटै स्वादको चकलेट नखान पाए हुन्थ्यो भन्ने आमपाठकको गुनासोलाई सुबिनले पूरा गर्न फेरि बाँकी राखेका छन् । जो एउटा सिजनमा आई । मलाई भिजाउनु थियो भिजाई । जसले हरियो बनाइदिई मेरो जीवन । बाढी रपहिरो ल्याई र बेवारिस छाड्दै अन्त्यमा रुख्याएर गई ।(पृ.२५३) मनसुनले सुभानलाई छोडेर सुसाइट गर्न बाध्य पार्ने केटासँगै आफू रमाउन सक्छु भनेकी छ । मनसुनकै लागि जागिर त्यागेको सुभानको जिन्दगी कतैबाट पनि संगत बन्न सकेको छेन । आफूलाई माया गर्नै हजुरबालाई मर्ने बेलामा नभेट्नु, आफूले सवैभन्दा बढी माया गर्ने मनुननले तिमलिाई माया गर्न सक्दिनँ भन्नुले उसलाई तनाब सिर्जना भएको छ । सुभानले भोगेको जुन पीडा छ,जुन धोका छ त्यो उसको निजी भोगाइ मात्र होइन, युवा पुस्ताको सामाजिक भोगाइ हो । उपन्यासको अन्त्य सुबिनले जुन किसिमले गरेका छन् त्यो अन्त्यले हरेक युवा वर्गले आफूलाई प्रेमको गहिराइमा डुब्नु अगाडि विचार गर्नुपर्ने गहिरो पाठ सिकाएका छन् । प्रेम कथासँगै सामाजिक भोगाइलाई उपन्यासभित्र समेटेर कलात्मक ढंगले प्रस्तुत गर्नु सुबिनको उपन्यास लेखनको मौलिक विशेषता हो । सुबिनको लेखनमा एउटै धार छ, जुन समर लभमा थियो र मनसुनको कथा अन्त्यमा पनि त्यस्तै स्वाद छ । उनको प्रेम कथाको शैलीमा खोट लगाउने ठाउँ त छैन तर कथानक उठान र समापन सबै कृतिमा समान रुपले आउँदा एउटै स्वादको चकलेट नखान पाए हुन्थ्यो भन्ने आमपाठकको गुनासोलाई सुबिनले पूरा गर्न फेरि बाँकी राखेका छन् । समग्रमा भाषागत,पात्रगत र रीतिगत रुपमा नेपाली उपन्यास साहित्यमा प्रेमको गोरेटोलाई निरन्तरता दिएर लेखिएको मनसुन समसायिक उपन्यास विधाको उत्कृष्ट कृति हो ।

लोकप्रिय