प्रेम र यौन

प्रेम र यौन

काठमाडौं । सामान्यतया किशोरीहरूमा ११ देखि १४ वर्षभित्र शारीरिक परिवर्तन देखिन्छन् भने किशोरहरूमा १४ वर्षदेखि मात्र यस्तो परिवर्तन देखिन्छ । किशोरीहरूमा पट्ठो चौडा हुने, स्वर अभैm सुरिलो हुने, पाठेघर बढ्ने, महिनावारी हुन थाल्ने, तिघ्रा सुलुत्त पर्ने हुनुका साथै मानसिक, भावनात्मक तथा व्यावहारिक परिवर्तन पनि धेरै हुन्छ । किशोरहरूमा शरीर हलक्क बढ्छ, उचाइ बढ्छ ।

यसका साथै मुखमा डण्डिफोर आउने, रुद्र घण्टी बढ्ने, स्वर धोद्रो हुने, काँध चौडा हुने, दाह्री जुँगा आउने, लिङ्ग एवं अण्डकोष बढ्ने, वीर्य उत्पादन हुने, लिङ्ग उत्तेजित हुने, स्वप्न दोष हुने हुन्छ । किशोरकिशोरी दुवैमा यौनाङ्ग र काखी मुनि रौं पलाउनुका साथै पसिना ग्रन्थी सक्रिय भई पृथक खालको गन्ध निस्कन्छ ।

किशोर किशोरी वयमा विपरीत लिङ्गप्रति आकर्षित हुने, हस्तमैथुन गर्ने, यौन चाहना बढ्ने, यौनसम्बन्धी खोजीनीति गर्ने हुन्छ । यसको अलावा एक्लै बस्ने, स्वतन्त्रता चाहने, दिवा स्वप्न देख्ने, मुड परिवर्तन भइरहने, गोपनियता चाहने, स्तन एवं लिङ्गको बढी चिन्ता गर्ने, शारीरिक परिवर्तनबारे सोच्ने हुन्छ ।

भ्यालेन्टाइनका बेला सिधै लिङ्ग योनि सम्पर्कमै हाम फाल्नु पर्दछ भन्ने छैन । विशेषतः पुरुष लभरको यौन स्वार्थले प्रेम सम्बन्धमै समस्या नआउला भन्न सकिन्न ।

त्यसैले यौन सम्पर्कबाहेक यौन आनन्द प्राप्त गर्ने अन्य उपाय पनि छन् र महिला पुरुष दुवैका शरीरमा यस्ता केन्द्र छन् भन्ने कुराको हेक्का राख्नु बुद्धिमानी नै हुन्छ ।

यौन आकर्षणको केन्द्र
जीव विज्ञानका अनुसार महिला तथा पुरुषको मस्तिष्कमा विपरीत लिङ्गीप्रति आकर्षक पैदा गर्ने गुणहरू रहेका हुन्छन् । यसैकारण पनि विशेषतः किशोरावस्थामा पुगेपछि विपरीत लिङ्गीप्रति आकर्षित हुन थाल्छन् । यस्तैमा पुरुष तथा महिलाका लागि आ–आफ्नै यौन आकर्षणका अङ्ग वा अपेक्षा हुन्छन् ।

पुरुष महिलाको शरीरको गोलाइप्रति आकर्षित हुन्छन् । अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओंठ, गाला, आँखा, बोली, पहिरनबाट पनि आकर्षित हुन्छ । महिलाका लागि भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटोमुनिको रौं यौन आकर्षक लाग्छ ।

पुरुषको ओंठ, आँखा पनि आकर्षक नै मान्छ । पोर्नोग्राफी परिचित महिलाले आफ्नो भावी पुरुष पार्टनरको लिङ्ग ठूलो र लामो होस् भन्ने कामना गर्दछ । र, पुरुषको व्यक्तित्वले महिलालाई लट्ठ पर्दछ ।

यौन आनन्दका वैकल्पिक उपाय
विशेषतः प्रेमी र प्रेमिकाले विवाह नभएसम्म एकले अर्काको यौनाङ्गमा प्रवेश गराएरै यौन आनन्द प्राप्त लिनुभन्दा शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा नआउने सुरक्षित वैकल्पिक यौन उपायहरू अपनाउनु राम्रो हुन्छ । यौन परिकल्पनासँगै हस्त मैथुनबाहेक यौन संवेदनशील अङ्गमा चुम्बन अर्को उपाय हो ।

त्यसो त चुम्बन (अधरपान) माया, स्नेह प्रदर्शन गर्ने माध्यम पनि हो । यसका अनेक रूप छन् । ओंठमा बाहेक गर्दन, छाती, स्तन, नाभी, नितम्ब, यौनाङ्ग, खुट्टाका औंलामा यौन आनन्द प्राप्त गर्न चुम्बन गर्न सकिन्छ ।

त्यसैगरी आलिङ्गनमा लिई शारीरिक अङ्ग सुमसुम्याउने कार्य स्नेह प्रदर्शन गर्ने तरिका हो । कपाल, स्तन, यसका मुन्टो, तिघ्रा, यौनाङ्ग वा शरीर घर्षण ९सुम्सुम्याहट० यौन सुखदायक पनि हो । त्यसैले पनि यौन दुव्र्यवहार गर्नेले गाडीमा तथा भीडभाडमा महिलाका संवेदनशील अङ्गहरूको स्पर्श गरी यौन आनन्द लिन लालायित हुन्छ ।

निकै समय अगाडिदेखि मानिस यौन साहित्यमा वर्णन गरिएका शब्दचित्रले यौन परिकल्पना वा यौन उत्तेजक दृश्य सामग्री अवलोकन गरी यौन आनन्द प्राप्तिमा लागेका छन् । सूचना प्रविधिको विकाससँगै यौन चलचित्र वा यौनजन्य प्रदर्शनीमार्पmत् यौन आनन्द लिने गरिएको छ ।

पहिलो यौन सम्पर्क
नेपालमा धेरैजसोले विवाह पछि मात्र यौन सम्पर्क स्थापित गर्छन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ । तथापि सहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्ने घटना बढ्न थालेको छ । त्यसैले पहिलो यौनसम्पर्क र सुहागरात ९मधुरात्रि० को यौन सम्पर्क अलिकति फरक छ ।

किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिङ्गीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ । नेपालमा अझै पनि वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता प्राप्त छैन ।

उचित यौन शिक्षा एवं प्रजनन् अङ्गको विस्तृत जानकारीको अभावमा पहिलोपटकको यौनसम्पर्क धेरैजसाका लागि त्यति सफल र सुखदायी हुँदैन । डर, त्रास, हतार, हतास एवं गोप्यता तथा असुरक्षित वातावरणमा यौनसम्पर्क राख्नुपर्दा यौन सम्पर्क पूर्वको तयारीको खासै ध्यान जाँदैन ।

पहिलोपटकको यौन सम्पर्कको बेला पुरुष यौन साथीमा लिङ्ग उत्तेजना नहुने, शीघ्र स्खलन हुने समस्या हुनसक्छ भने महिला यौन साथीमा गर्भ रहला कि, यौन सम्पर्कपछि धोका देला कि, कसैले थाहा पाउला कि, बेइज्जत होला कि भन्ने डरले पूर्ण रूपमा यौन सन्तुष्टी प्राप्त गर्न गाह्रो हुन्छ ।

यस्तो परिस्थितिमा पहिलो यौन सम्पर्कको क्रममा हाइमेन (योनिच्छद) च्यातिई हल्का रक्तश्राव वा रगत मिसिएको योनिश्रावले झन् त्रास उत्पन्न गराउँछ ।

मानिस आफैमा कौतूहल प्राणी हो, नौलो वा नयाँ अनुभव सँगाल्न चाहन्छ । यस क्रममा पहिलोपटकको यौनसम्पर्क आफ्नो प्रेमिका, चिने जानेका वा व्यावसायिक यौन कर्मीसँग हुनसक्छ ।

र, विशेषतः प्रेमिल सम्बन्धमा रहेका जोडीले लिङ्ग योनि सम्पर्कलाई विवाहपछिका लागि साँचेर राख्नु बुद्धिमानी भए पनि विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौन सम्पर्क राख्न नसकिने भने होइन । यस अवस्थामा कण्डमको उचित उपयोग गरी सुरक्षित सेक्स, सुरक्षित चक्र, आकस्मिक गर्भ निरोधको जानकारी राख्नु राम्रो हुन्छ ।

मुख्यतः आफ्नै प्रेमिका वा परिचित व्यक्तिसँग पहिलोपटकको यौन सम्पर्कपछि निरन्तर सम्पर्कमा रहनु पर्दछ । यस क्रममा महिनावारी, यौनाङ्गमा पीडा वा कुनै यौन समस्या वा पहिलोपटकको यौन सम्पर्क पछि कुनै तनाव, पीर, चिन्ता तथा उदासीपना छ, छैन बुभ्mनुपर्छ ।

कुनै पनि समस्या उत्पन्न भएको खण्डमा आफ्नो यौनसाथीलाई भरपुर सहयोग गर्नुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि आपूmले साथ दिने ढाडस दिनु पर्छ । सारांशमा पहिलोपटकको यौनसम्पर्क तुलनात्मकरूपमा असुरक्षित हुनसक्छ । त्यसैले सदैव सुरक्षित सेक्सको पालना गर्नुपर्छ ।

सुरक्षित चक्र
यौन सम्पर्क कायम हुनेबित्तिकै गर्भ रहिहाल्ने होइन । प्रेमिल जोडीलाई महिनावारी (मासिक श्राव) को कति औं दिनदेखि शारीरिक सम्पर्क भएमा गर्भ रहन सक्छ भन्ने ज्ञान नहुन सक्छ ।

प्राकृतिक रूपमा परिवार नियोजन गर्न चाहने तथा परिवार नियोजनका अन्य साधन अपनाउन नचाहने दम्पतीहरूका लागि सुरक्षित चक्र एउटा राम्रो विकल्प हो । क्यालेण्डर विधि पनि भनिने यो विधि नियमितरूपमा महिनावारी हुने महिलामा मासिक श्रावको १२ औं देखि १६ औं दिनसम्म डिम्ब निस्कन्छ भन्ने सिद्धान्तमा आधारित छ ।

त्यसो त महिलापिच्छे महिनावारी चक्र फरकफरक हुन सक्छ । अधिकांश महिलामा २६ देखि ३४ दिन सम्ममा महिनावारी हुन सक्छ ।

नियमितरूपमा (प्रत्येक २८ दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं (२८–१० दिन) दिन देखि अठारौं (२८–१० दिन) दिनमा यौन सम्पर्कमा रहे गर्भ रहन सक्दछ । र, मासिक श्राव नियमित नहुने महिलाको छोटो चक्रमा १८ दिन घटायो भने गर्भ रहने पहिलो दिन निस्कन्छ भने लामो चक्रमा १० दिन घटायो भने गर्भ रहन सक्ने अन्तिम दिन निस्कन्छ ।

उदाहरणका लागि २५ देखि ३४ दिन सम्म महिनावारी हुने महिलामा सातौंं (२५–१८ दिन) दिनदेखि चौबीसौं (३४–१० दिन) दिन सम्म गर्भ रहन सक्छ ।

माथिको हिसाब झण्झटिलो छ वा हिसाब प्रस्ट भएन भने महिनावारी भएको आठौंदेखि बाइसौं दिनसम्म यौन सम्पर्क राख्दा कण्डम एवं कमल चक्कीजस्ता अस्थायी साधनहरू अपनाउनु पर्दछ ।

असुरक्षित सेक्स
आफ्नै जीवनसाथीसँग भन्दा अन्यसँग पहिलोपटक यौन सम्पर्कको अनुभव लिन अविवाहित युवाले व्यावसायिक यौनकर्मी कहाँ जाँदा स्वास्थ्य जोखिमको अलावा निम्न कठिनाइ भोग्नुपर्ने हुन्छ ।

तुरुन्त यौनसम्पर्क राख्ने क्रममा शीघ्र स्खलन हुने तथा लिङ्ग उत्तेजित नहुने हुनसक्छ । हतारमा कण्डम नै नलगाउने तथा सही तरिकाले कण्डम नलाउँदा फुट्ने डर हुन्छ । यौन कार्य अगाडि पाकक्रीडाका लागि यथेष्ट समय दिन नसक्दा दुवैजनाले बराबरी यौन सन्तुष्टी पाउन कठिन हुन्छ ।

डर, त्रासका कारण पनि यौन कार्यबाट बढी मज्जा लिन नसकिने हुन्छ । एचआईभी÷एड्स, हेपाटाइटिस बी सी डी, भिरिङ्गी, धातुमेह, टोक्जोप्लाज्मालगायतका यौन रोग सर्ने डर हुन्छ ।

असुरक्षित यौनसम्पर्क नराख्नु बुद्धिमानी हुन्छ भने राख्नै परेको बेलामा कण्डमको सही प्रयोग गर्नु राम्रो हुन्छ । आफ्नो विश्वासिलो यौनसाथी बाहेक आशंकित अवस्थामा टङ किस वा फ्रेन्च किस वा डिप किस, गुदद्वार मैथुन, मुख मैथुन गर्नु हुँदैन । शंका लाग्नेबित्तिकै रगत परीक्षण वा स्वास्थ्य जाँच गर्ने गर्नु पर्दछ ।

कण्डमको उचित प्रयोग
कण्डमको प्याकेटको एक छेऊमा समातेर खुँडे भएको ठाउँतिरबाट नङको प्रयोग नगरी बिस्तारै प्याकेट च्यात्नु पर्छ । योनिमा पुरुष लिङ्ग छिराउनु अगाडि नै कण्डम सुल्टो पारी राख्नु पर्दछ । खतना नगरेको भए अग्रचर्म पुरुष लिङ्ग ढाक्ने छालालाई पछाडितिर तान्नु पर्दछ । लिङ्गको टुप्पोमा नफुकाइएको कण्डम राख्नुहोस् ।

यसपछि कण्डमको टुप्पातिर रहेको हावा बूढी औंला र चोर औंलाले च्यापेर निकाल्नु पर्छ । कण्डम बिस्तारै फुकाउँदै उत्तेजित लिङ्गको टुप्पाबाट लिङ्गको फेदतिर लगाउँदै जानु पर्दछ । यसरी कण्डम सुल्टो लगाएमा फुकाउँदै लैजान अप्ठ्यारो हुँदैन । यसको सट्टा कण्डम लगाउनुपूर्व नै फुकाएर लगाएमा लगाउन पनि गाह्रो हुन्छ र प्रभावकारी पनि हुँदैन ।

कण्डममा चिप्लो पदार्थ राखिएको हुँदा थप चिल्लो पदार्थ राख्नुपर्ने आवश्यकता पर्दैन । थप चिल्लो पदार्थहरूले कण्डम फुट्ने सम्भावना बढाउँछ । विर्य स्खलन भएपछि लिङ्ग शिथिल नहुँदै कण्डम नफुस्किने गरी राम्ररी समातेर योनिबाट बाहिर निकाल्नु पर्छ । योनि क्षेत्रमा विर्य नपोखिने गरी, बिस्तारै कण्डमलाई लिङ्गबाट फुकाल्नुपर्छ ।

प्रयोग गरिसकेको कण्डमको फेदलाई गाँठो बनाउनु पर्दछ । कण्डमलाई बिसर्जन गर्नुभन्दा अगाडि फुटे नफुटेको राम्ररी जाँच गर्नु पर्दछ । यदि कण्डम फुटेको भए वा योनिभित्र नै अड्केमा आकस्मिक परिवार नियोजनका साधन प्रयोग गर्नु पर्दछ ।

इमर्जेन्सी कन्ट्रासेप्सन अर्थात् आपतकालीन गर्भ निरोधक विधि
नेपालमै पनि नेपाल सरकारले हालै गरिएको किशोरकिशोरी तथा युवा सर्वेक्षणअनुसार करिब ६२ प्रतिशत युवक तथा २७ प्रतिशत युवतीले डेटिङका बेला यौनजन्य गतिविधि गर्ने गरेको र ४० प्रतिशत युवक तथा ९ प्रतिशत युवतीले डेटिङका बेला यौनसम्पर्क राख्ने गरेको तथ्यबाट पछिल्लो नेपाली पिँढि सेक्सका मामिलामा उदारपन हुन थालेको देखिन्छ ।

कतिपय नेपाली युवायुवतीले कण्डम प्रयोग गर्न झिँजो मान्ने तथा कतिपयका कण्डम अप्रत्यासित तवरले फुट्ने कारणले यसको परिणामस्वरूप सम्पर्कको केही दिनपछि पिसाब जाँचको क्रममा प्रेगनेन्सी पोजिटिभ देखियो भने पार्टनरबीच झगडा उत्पन्न हुने र सम्बन्ध बिग्रिन बेर लाग्दैन ।

र, त्यही सर्वेक्षणमा पनि केवल २१ प्रतिशत युवक र १६ प्रतिशत युवतीलाई मात्र आकस्मिक चक्कीबारे ज्ञान रहेको पाइयो । त्यसैले पनि इमर्जेन्सी कन्ट्रासेप्सन अर्थात् आपतकालीन गर्भ निरोधक विधिबारे थाहा पाउनु जरुरी छ ।

कानुनी तवरले नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने भए पनि यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव एवं सफा ठाउँमा गर्भपतन नगराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने, संक्रमण हुन सक्ने कारणले गर्दा सुरक्षित यौन सम्पर्कको अभ्यास गर्नु बुद्धिमानी हुन्छ ।

असुरक्षित यौन सम्पर्कको ५ दिनपछि अर्थात् आपतकालीन गर्भ निरोधकका लागि उपयुक्त समय घर्किसकेपछि सुरक्षित गर्भपतनको बाटो देखाइदिनु सिवाय अर्को विकल्प हुँदैन । गर्भ रहने क्रममा डिम्ब निष्कासन, यौन सम्पर्क, वीर्य स्खलन, डिम्ब निशेचन तथा डिम्बारोपणको तारतम्य मिल्नुपर्दछ ।

तर कण्डम फुट्नाले, कण्डम लगायतका अस्थायी साधन अपनाउन अल्छी गर्नाले, नियमितरूपमा पिल्स चक्की खान बिर्सिनाले तथा बलात्कार ९बलजफ्ती करणी० जस्तो असुरक्षित यौन सम्पर्कका कारणले अनिच्छित गर्भ रहन सक्छ । अविवाहिता केटीमा अनिच्छित गर्भ रहन गएमा स्थिति धेरै तनावपूर्ण हुन्छ ।

माथि उल्लेखित परिस्थितिहरूको परिणामस्वरूप गर्भ रहन नदिनका लागि गरिने उपायलाई आकस्मिक परिवार नियोजन (आपतकालीन गर्भ निरोध) विधि अर्थात् मेडिकल भाषामा ‘इमर्जेन्सी कन्ट्रासेप्सन’ भनिन्छ ।

आजकल आपतकालीन गर्भ निरोधका लागि प्रोजेस्टेरोन नामक हर्मोन मात्र भएको पिल्स चक्की पनि पाइन्छ । यसअघि इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हर्मोन भएको पिल्स चक्की पाइन्थ्यो । इमर्जेन्सी कन्ट्रासेप्सनअन्तर्गत दुवै हर्मोन भएको पिल्स चक्की शारीरिक सम्पर्क भएको यथाशक्य चाँडो दुई चक्की खानुपर्दछ ।

त्यसको १२ घण्टापछि पुनः थप दुई चक्की खानुपर्छ । त्यसैगरी लेभोनोरजेस्ट्रेल ९प्रोजेस्टेरोन मात्र० भएको पिल्स चक्की दुई मात्रा १२ घण्टाको अन्तरालमा खानुपर्छ । पहिलो मात्रा असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टाभित्र खाइसक्नुपर्छ । यो १२ घण्टाको फरकमा दुई पटक वा एकै मात्रा गरेर पनि खान सकिन्छ ।

यस्ताखाले हर्मोनयुक्त औषधि असुरक्षित यौन सम्पर्क अगाडि वा शारीरिक सम्पर्कको ७२ घण्टाभित्र गरिसक्नुपर्ने भए पनि विश्व स्वास्थ्य संगठनका अनुसार परिवार नियोजनका साधन फेल खाएको परिस्थितिमा ५ दिनसम्म पनि यी साधन प्रयोग गर्न सकिन्छ ।

नेपालमा पनि ईकोन नामक आकस्मिक गर्भ निरोधक चक्की असुरक्षित यौन सम्पर्कको १२० घण्टा (५ दिन) सम्म खान सकिन्छ । जुन एक प्याकेटमा २ चक्की हुन्छ । इमर्जेन्सी कन्ट्रासेप्सनकै रूपमा असुरक्षित यौन सम्पर्कको ७२ घण्टाभित्र माथि उल्लेखित पिल्स चक्की खान भ्याइएन भने पाँचौं दिनभित्र पाठेघरमा राखिने कपर टी राख्न सकिन्छ ।

माथि उल्लेखित पिल्स चक्कीहरूले ठ्याक्कै कसरी काम गर्छ भन्न नसके पनि असुरक्षित यौन सम्पर्कको केही घण्टाभित्रै यी औषधिहरूको सेवन गरेको खण्डमा डिम्बासयबाट डिम्ब निस्कन नदिने वा ढिलाइ गर्ने, शुक्रकिट र डिम्बबीच निषेचन हुन नदिने तथा डिम्ब र शुक्रकिटबीच निषेचित भइसकेको भए पनि पाठेघरको भित्री तहमा बस्न नदिने विश्वास गरिएको छ ।

कपर टीले शुक्रकिट र डिम्बलाई मार्नुको अलावा निषेचित भइसकेको डिम्बलाई पनि प्रतिकूल असर पु¥याउने अनुमान छ ।

एकैपटक धेरै मात्रामा हर्मोन पिल्स चक्की बाध्यतावश खानुपर्दा वाकवाकी लाग्ने, उल्टी हुने, पेट दुख्ने, आलस्य हुने, टाउको दुख्ने, चक्कर लाग्ने, स्तन भारी हुने हुन्छ । यदि यी औषधि खाएको दुई घण्टाभित्र उल्टी भएमा यथाशक्य चाँडो अर्को मात्रा खानु पर्दछ ।

यी साधनको प्रयोगपश्चात् केही समयसम्म अस्थायी तवरले महिनावारीमा गडबडी आउन सक्छ । डिम्ब निष्कासन हुनु अगाडि नै यी हर्मोनयुक्त पिल्स सेवन गरेको खण्डमा हल्का रगत देखिने वा महिनावारी हुन अलि ढिलो हुने हुनसक्छ ।

आपतकालीन गर्भ निरोधमा प्रयोग गरिने औषधिहरू परिवार नियोजनको प्राथमिक उपाय नभई अरू उपाय फेल खाँदाको अवस्थामा एउटा विकल्प हो । आपतकालीन गर्भ निरोधका साधनहरूले कुनै यौनजन्य संक्रमणबाट भने बचावट गर्दैन ।

यदि आपतकालीन गर्भ निरोधका प्रयोगको तीन हप्तासम्ममा पनि महिनावारी खुलेन भने गर्भ रह्यो कि भनेर जाँच गराउनु पर्छ । असुरक्षित यौन सम्पर्क अगाडि नै सतर्कता अपनाउनु वा यौन सम्पर्कको दौरान उपयुक्त साधन अपनाउनु बुद्धिमानी हुन्छ ।

ब्राजिल सरकारको आग्रहः विवाह अघि यौनसम्पर्क नगर्नुहोस्

एजेन्सीः ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई संयमता अपनाउन सल्लाह दिँदै भन्छिन्, ‘हाम्रा देशका युवा सामाजिक दबाबमा आएर शारीरिक सम्बन्ध स्थापित गरिरहेका छन् । तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ ।’ डामारेसका अनुसार आफ्नो नीति बनाउनका लागि उनले ‘आई चुज टू वेट’ नामको एउटा अभियान सुरु गरेकी छिन् । उक्त अभियानमा उनले ती चर्चका फादर्सबाट सल्लाह लिएकी छिन् जसका सोसल मिडियामा ठूलो मात्रामा फलोअर्स छन् । यसका साथै डामारेसले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे निकै ठूलो बहस सुरु गरेकी छिन् । लेफ्ट पार्टी र आलोचकका अनुसार सेक्समा संयमता अपनाउन भन्दै युवालाई सेक्सबारे गलत तरिकाले सिकाइँदैछ जुन उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । ब्राजिलमा कानूनका प्राध्यापक र सामाजिक कार्यकर्ता देबोरा डिनिजले सेक्समाथि अहिलेसम्म बनेका सबै संयम नीति त प्रभावशाली हुन सकेको न नै किशोर गर्भावस्था तथा यौन रोगबारे जानकारी दिन सफल भएको बताएका छन् । डिनिजले आफूहरुले धार्मिक मान्यतालाई आधार मानेर सरकारी नीति बनाउने कोसिस गरिरहेको जानकारी दिएका छन् । राष्ट्रपति जेयर बोलसोनारो र उनका सहयोगीले उनका वामपन्थी प्रतिद्वन्द्वीले कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नका लागि किशोरलाई प्रोत्साहित गरेको आरोप लगाएका छन् । यस्तै विशेषज्ञले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् । ब्राजिलको किशोर गर्भावस्था दर संसारभरी सबैभन्दा धेरै छ । जहाँ अन्तर्रा्ष्ट्रिय स्तरमा किशोर गर्भावस्था दर ४४ प्रतिशत छ भने ब्राजिलमा यो दर लगभग ६२ प्रतिशत छ । ब्राजिलमा यौन संक्रमण पनि तीब्र रुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१८ मा यौन सम्बन्धि रोगमध्ये ४३ हजार ९ सय ४१ नयाँ घटना सार्वजनिक भएका छन् जुन सन् २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो । क्याबिनेट मन्त्री एल्विसका अनुसार सरकारले त्यहाँ भएका गर्भ्निरोधकबाहेक अन्य उपाय पनि अवलम्बन गर्नेबारे जोड दिइरहेका छन् । एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित गर्ने हो । ब्राजिलमा १५ वर्षका थुप्रै किशोरीहरुको बच्चा छन् र यी किशोरी आमाहरुका लागि विभिन्न प्रकारका होम स्कूलिङ कार्यक्रम चलाइँदै छ । यसमार्फत् उनीहरुले आफ्नो बच्चाको लालनपोषणका साथै पठन पाठन पनि गर्न सक्छन् । १५ वर्षकी लारिसा परेराले गत वर्ष एक बच्चा जन्माएकी थिइन् । लारिसाका अनुसार किशोरावस्थामा सरकारको गर्भ्निरोधक सन्देश निकै काम लाग्दो छ । यति हुँदा हुँदै पनि मानिसहरु यो मान्न चाहँदैनन् । लारिसाका अनुसार उनका स्कूलका लगभग सबै साथी गर्भवती छन् । लारिसाका अनुसार जन्मदरमा नियन्त्रणका लागि यहाँका मानिसहरुमाझ गर्भ्निरोधक औषधी तथा सामग्री सहजताका साथ पुर्याउन आवश्यक छ । ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान अर्को महिनादेखि सुरु हुनेछ । क्याबिनेट मन्त्री एल्विसका अनुसार संयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको छ ।

किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ? कसरी सन्तुष्ट पार्न सकिन्छ ?

काठमाडौंः महिलाहरु के चाहन्छन् ? सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमा लामोचौडा चर्चा, हजारौँ किताब, वर्षौँको अनुसन्धानका बाबजुत पनि महिलाहरुको इच्छाको कुनै एक परिभाषा तथा कुनै दायरा तय हुन सकेको छैन । महिलाहरुको मनभित्र कस्तो इच्छा जाग्दछ भन्ने कुरा पत्ता लाग्न पनि सकेको छैन । साथै महिलाहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने पनि थाहा पाउन सकिएको छैन । के त्यसो भए वर्षौँसम्म यस विषयमा भएका अध्ययनहरु बेकम्मा भएका हुन् त ? होइन । अहिले यिनै अध्ययनहरुका कारण हामीले महिलाहरुको सेक्स सम्बन्धी चाहनाको बारेमा धेरै हदसम्म बुझ्नसक्ने भएका छौँ । महिलाहरुको कामेच्छाको चर्चा यसअघिको संकुचित विचारको दायरा भन्दा बाहिर आएको छ । पहिले भनिन्थ्यो की महिलाहरुको चाहना कहिल्यैपनि पूरा गर्न सकिँदैन । उनीहरु सेक्सका भोका हुन्छन् र उनीहरुमा जबरजस्त कामवासना हुन्छ । तर अहिले वैज्ञानिकहरुले यो मान्न थालेका छन् की महिलाहरुको यौन चाहनालाई कुनै एक परिभाषाको दायरामा समेट्न सकिँदैन । यो विभिन्न महिलामा फरक फरक हुन्छ । र कहिलेकाहीँ त एउटै महिलामा पनि यौन चाहना फरक फरक पाइन्छ । अमेरिकाको रटगर्स विश्वविद्यालयका प्राध्यापक बेवर्ली व्हिपल भन्छन्ः हरेक महिलाहरु केही फरक चाहन्छन् । तमाम नयाँ अनुसन्धानबाट यो प्रष्ट भएको छ की सेक्सको मामिलामा महिला र पुरुषहरुको चाहना तथा आवश्यकतामा खासै फरक हुँदैन । जबकी पहिले पुरुषमा महिलामा भन्दा बढि यौन इच्छा हुन्छ भन्ने धारणा थियो । क्भहपहिले जब कसैलाई महिनामा तपाइँलाई कति पटक यौन सम्पर्कको आवश्यकता महसुस भयो ? भनेर सोधियो तब त्यसबाट प्राप्त हुने जवाफबाट निकालिने निष्कर्षले पुरुषहरुलाई यौन सम्पर्कको बढि आवश्यकता महसुस हुने देखायो । तर जब यो प्रश्नलाई घुमाएर सोधियो र खास बेलामौकामा, साथीसँग नजिक भएको बेलामा, कुराकानीका बेलामा तपाइँलाई सेक्सको चाहना कत्तिको हुन्छ ? भन्ने प्रश्न गरियो तब त्यसबाट आउने उत्तरले महिला र पुरुषमा लगभग उस्तै खाले यौन चाहना रहने गरेको देखायो । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक लोरी ब्राटोका अनुसार यसबाट महिलालाई सेक्समा कम रुची हुन्छ भन्ने धारणा गलत सावित भएको छ । हो, महिलाहरुको यौन चाहना फरक प्रकारको हुन्छ । त्यस्तै महिलाहरुमा पलाउने यौन चाहना उनीहरुको रजश्वला चक्रसँग पनि सम्बन्धित हुन्छ । रजश्वला सुरु हुनुभन्दा केही दिन पहिले उनीहरुको यौन चाहना बढ्दछ । अमेरिकाको भर्जि्निया विश्वविद्यालयका मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्ः सेक्स हाम्रो आधारभुत जिम्मेवारी अर्थात् बच्चा पैदा गर्ने कुरासँग सम्बन्धित छ । त्यसैले जब महिलाहरुको सरीरभित्र डिम्ब परिपक्व बन्न सुरु गर्छ उनीहरुमा यौन चाहना बढ्दछ । आजकल सेक्स तथा बच्चा जन्माउने कार्यलाई फरक फरक ढंगले विश्लेषण गर्ने गरिएको भएपनि प्राकृतिक रुपमा यी दुई एउटै कार्यको रुपमा रहेको उनी बताउँछिन् । कतिपय महिलाहरुमा यौनइच्छा नै उत्पन्न नहुने समस्या पनि हुन्छ । विज्ञहरुका अनुसार महिलाहरुमा भित्रैदेखि कामेच्छा पैदा गराउनका लागि मनोवैज्ञानिक रुपमा पहल गर्नु आवश्यक हुन्छ । उनको आसपासको माहौललाई राम्रो बनाउनु पर्छ र तनावको कारक तत्वलाई हटाउनु पर्दछ । जसका कारण उनले राम्रो महसुस गर्दछन् र भित्रैबाट यौनइच्छा जाग्दछ । कभह षिभयद्यपि महिलाहरु आफुमा यौनइच्छा कम भएको कुराबाट तबसम्म दुखित हुँदैनन् जबसम्म उनीहरु कोही पुरुषसँग सम्बन्धमा गाँसिन्छन् । यौन पार्टनरको सेक्सको मागको दबाबका कारण उनीहरुमा आफ्ना न्यून कामेच्छाको पीडाको अनुभुति हुन थाल्दछ । जरुरी छैन की पार्टनरको इच्छा बराबर नै महिलामा पनि उत्तिकै यौन इच्छा हुनुपर्छ भन्ने । राम्रो त यो हुन्छ की दुबैजना पार्टनर सँगै बसेर यो विषयमा कुराकानी गर्ने र एक अर्काको आवश्यकता तथा इच्छालाई बुझ्ने । जहाँसम्म यौन इच्छाको कुरा छ यसको कुनै सिमाना नै हुँदैन । फरक फरक मानिसमा मात्र होइन कहिलेकाहीँ त एउटै मानिसमा पनि परिस्थिति अनुसार यौन इच्छामा फरकपना आउँदछ । कसैमा कम हुन्छ र कसैमा बढि हुन्छ भन्नु पनि गलत हुन्छ । किनकी कतिलाई कम भन्ने र कतिलाई बढि भन्ने भन्ने कुरा नाप्ने कुनै स्केल हुँदैन । बीबीसीको सहयोगमा

कुनै–कुनै महिला यौनसम्पर्कपछि किन रुन्छन्?

जीवनलाई सबैतिरबाट सफल र सुन्दर बनाउन चाहनुहुन्छ भने तपाईको यौन जीवन पनि सफल हुनैपर्छ । यौन जीवन ठिक नभए विविध किसिमका तनावबाट गुज्रिनुपर्ने हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’ । यौन सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ । यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर तपाईलाई थाहा छ, यौन सम्पर्क पछि महिलाहरु किन निराश हुन्छन् ? हालैमात्र एउटा अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ । क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ । २ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ । –एजेन्सीको सहयोगमा

Bedtime Mistake: सेक्स गर्दा पाद त आउँदैन ?

कतिपय अवस्थामा आफ्नो यौन जीवन आफूलाई पूर्ण लागे पनि भित्र भित्रै यसमा केही जटिलताहरू रहेका हुन्छन् । धेरै जसो अवस्थामा शयन कक्षमा गरिने सामान्य गल्तीले पनि यौन जीवन बिस्तारै बिस्तारै तहस नहस पारिरहेको हुनसक्छ । सामान्यतया शयनकक्षमा सामान्य जस्ता लाग्ने केही गल्तीका कारण लज्जित मात्रै हुन पर्दैन बरु यसले यौनसाथीको हेलाको समेत शिकार बन्नु पर्ने हुनसक्छ । आज हामीले यस्तै केही सामान्य गल्तीहरूबारे चर्चा गरेका छौं जसलाई शयन कक्षमा गर्नाले समस्याहरू आइलाग्न सक्छन्: यौनक्रियाकै क्रममा शौच आउनु शौचलाई अंग्रेजीमा ‘नेचर्स कल’ पनि भन्ने गरिन्छ । शायद यो हाम्रो भन्दा पनि प्रकृतिको वशमा बढी हुने भएकाले यसो भनिएको होला । यौनक्रियाको क्रममा पिसाप लाग्नु सामान्य कुरा हो । विशेष गरेर महिलाहरूलाई ‘चरम आनन्द’ हुने अवस्थामा या त्यसभन्दा केही अगाडि पिसाब लागेजस्तो हुने गर्दछ तर यो पिसाब नै लागेको भने होइन । खासमा योनीभित्र लिङ्गको रहेका बेला मूत्रथैलीमा पर्ने दबाबका कारण यसो महसुस हुने हो । तर धेरै महिलाहरूले यसलाई पिसाब लागेको ठानेर शौचालय जाने गर्दछन् । जसले उनको यौन साथीलाई नराम्रो महसुस हुनसक्छ । यौन विशेषज्ञहरूका अनुसार यस्तो दबाबका कारण कतिपय अवास्त्थामा त केही थोपा तरलपदार्थ चुहिए जस्तो पनि लाग्न सक्छ तर त्यसलाई पिसाब नै मान्नु भने भूल हुने उनीहरू बताउँछन् । यस्तो समस्याबाट मुक्ति पाउन यौन सम्पर्क राख्नुभन्दा पहिले पिसाब फेर्ने गर्नु राम्रो हुन्छ । पुरुषका तर्फबाट पनि हुनसक्छन् यस्ता गल्ती यौनलाई कुनै पनि जोडीका बीच स्वास्थ्य सम्बन्धको आधार मान्ने गरिन्छ । यसले महिला र पुरुषबीच शारीरिक सामीप्यता मात्र बढाउँदैन बरु यसले भावनात्मक सम्बन्ध समेत सुद्रिध हुने गर्दछ । यौनको मामिलामा पुरुषहरू महिलाहरू भन्दा धेरै नै प्रयोगवादी हुने गर्दछन् । यसो गर्दा उनीहरूले थुप्रै यस्ता गल्तीहरू गर्न सक्छन् जसले उनीहरूको यौन जीवनलाई मात्र होइन आफ्नो महिला साथीसँगको सम्बन्धलाई समेत प्रभाव पार्न सक्छ । पुरुषहरूले यौनक्रियाको क्रममा निम्नानुसार गल्ती नगर्नु नै राम्रो हुन्छ: चरमसुखबारे सोध्नु: नारी शरीरको संरचना निकै जटिल हुने भएकाले हरेक महिलालाई चरमसुखको अनुभूति नहुन सक्छ । त्यसैले सेक्सको दौरान बारम्बार आफ्नो महिला साथीलाई ‘चरमसुख’को बारेमा प्रश्न गर्नाले उनी चिढिने सम्भावना हुन्छ । कतिपय पुरुष सेक्सका क्रममा निकै आक्रामक हुने गर्दछन् र उनीहरू आफ्नो आक्रामक खालको यौन क्रियाकलापले आफ्नो यौन साथीलाई बढी चरमसुख प्राप्त होला भन्ने भ्रममा रहेका हुन्छन् । यसो गर्दा कतिपय अवस्थामा महिला घाइते हुने अवस्था समेत आउन सक्छ । स्तन टोक्नु कतिपय मानिस यौनक्रियाको क्रममा महिलाको स्तन तोकेमा उनलाई बढी सन्तुष्टि हुन्छ भन्ने भ्रममा हुन्छन् तर यसो सोच्नु नितान्त गलत हो । यस्तो अवस्थामा आफैं निर्णय लिनुभन्दा आफ्नो महिला साथीको राय लिनु उचित हुने गर्दछ । पुरुषहरू स्वभावले नै बढी प्रयोगवादी हुन्छन् तर यसबारे महिला साथीको धारणा के छ भनेर बुझ्नु नै राम्रो हुन्छ । प्राक्क्रीडा नगर्नु यौन सम्बन्ध थाल्नुपूर्व प्राक्क्रीडा अत्यावश्यक भएपनि कतिपय पुरुष यसलाई अनावश्यक ठान्ने गर्दछन् । तर यसले यौन इच्छा बढाउने मात्र होइन दुबैलाई पूर्ण रूपमा चरमसुखको अवस्थामा पुग्न मद्दत गर्छ । सेक्सको दौरान पाद्नु कहिले काहीं यौन सम्पर्कका क्रममा दुवैमध्ये कुनै एक जनाले अपानवायु छोड्छ अर्थात पाद्छ यसले अर्को यौनसाथीको मनमा घृणाको भाव उत्पन्न हुन्छ र यसले यौनक्रियाप्रतिको समर्पण कम हुन जान्छ । त्यति मात्र होइन यदि यौनक्रियाको क्रममा पेट हुँडलिएर आउँदा पनि एकै छिनमा उत्तेजना समाप्त हुनसक्छ । यसको सबै भन्दा सरल समाधान भनेको यस्ता प्रक्रियालाई सामान्य प्राकृतिक प्रक्रिया मानेर अघि बढ्नु नै हो । यसैमा केन्द्रित भएर सोच्न थाले यौन जीवन नै बर्बाद हुन सक्छ । कण्डम भित्रै छुट्याे भने यौन सम्पर्कको क्रममा कण्डम चिप्लिएर भित्र छुट्न सक्छ । यदि यो बाहिर नै छ भने त यसलाई सजिलै झिक्न सकिन्छ तर यदि ‘पेनेट्रेसन’ निकै गहिरो थियो भने लिङ्ग बाहिर झिक्दा कण्डम भित्रै अड्केको हुनसक्छ । यो जटिल अवस्था पनि हुनसक्छ । यस्तो बेला महिलाले आत्तिएर योनीलाई झनै कसिलो बनाइन भने कण्डम झनै भित्र फस्न सक्छ । यसका लागि टुक्रुक्क बसेर औंला योनीभित्र पसालेर त्यसलाई झिक्न सकिन्छ । यदि यसो गर्दा पनि त्यो निस्किएन भने कुनै स्त्री रोग विशेषज्ञको सहायता लिनु पर्ने हुनसक्छ ।

लोकप्रिय