फेसबुकबाट साथीलाई हटाएपछि ज्यान गयो !

फेसबुकबाट साथीलाई हटाएपछि ज्यान गयो !

काठमाडौं, फागुन २४ । एक महिना अघि कुटपिटबाट मृत्यु भएका नुवाकोट सूर्यगढी गाउँपालिकाका १६ वर्षीय कुमार सूचीकारको उनकै साथीको कुटपिटबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो। बालाजु फूलबारीमा अचेत अवस्थामा माघ २७ गते नालीमा फेला परेका सूचीकारको उपचारका क्रममा गत माघ २९ गते ट्रमा सेन्टरमा मृत्यु भएको थियो । तर, सूचीकारको परिवारबाट सोमबार मात्र सनाखत (पहिचान) भएको हो।

अाजको अन्नपूर्णमा खबर छ-महानगरीय प्रहरी वृत्त बालालुले घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ गरेको छ। फेसबुक ग्रुपबाट हटाएको निउँमा सूचीकारलाई उनकै साथीले कुटपिटगरी हत्या गरेको जानकारी बालाजु वृत्तका प्रमुख डीएसपी विश्वराज खड्काले दिए। गोंगबुस्थित गणेश हिमाल बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत सूचीकारलाई कुटपिट गरेको आरोपमा प्रहरीले तार्केश्वर नगरपालिका समिर मर्हजन, सोही ठाँउका सुजन महर्जन, विशाल पुतुवार, विक्की पुतुवार, दिनेश नगरकोटी, निर्मल मर्हजन, नुवाकोटका आई सिंह तामाङ, सोलखुम्बुका राजन मगर र दोलखाका पेमा गेल्जे शेर्पालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सूचीकार लगायतका साथीले ‘गुहेश्वरी’ नामको फेसबुक ग्रुप बनाएका थिए। वृत्तका प्रमुख डीएसपी खड्काले भने,‘प्रहरीको प्रारम्भीक अनुसन्धानमा सूचीकारले आफूले बनाएको ग्रुपबाट साथीहलाई हटाएपछिको विवादमा उनीमाथि कुटपिट भएको र उनी अचेत भएपछि साथीहरु भागेको पाइएको छ।’ फेसबुक ग्रुपमै रहेकी एक युवतीले बोलाएपछि सूचीकार फूलबारी पुगेका थिए। पक्राउ परेकाले प्रहरीमा बयान दिए अनुसार सूचीकारले नसोधी ग्रुपबाट हटाएपछि उनीमाथि कुटपिट गरिएको थियो। सूचीकार अचेत भएपछि उनलाई नालीमा फालेर साथीहरु भागेका थिए।

‘सूचीकारको पहिला परिचय नै खुलेन। हामीले प्रहरीकै फेसबुक पेजमा समेत उनको फोटो राख्यौं। मृतकको आफन्त र परिचय नखुलेपछि शवको जाँच मुचुल्का गरेर फोरेन्सिक मेडिसिन विभाग टिचिङमा पोष्टमार्टम गरी शवघरमा सुरक्षित राखेका थियौं,’ डीएसपी खड्काले भने,‘ सोमबार मात्रै आमा (राधिका) छोरा हरायो भन्दै आएपछि शवको फोटो देखाएपछि कुमार छोरा भएको पुष्टि गरिन्।’ प्रहरीले सूचीकारले प्रयोग गर्ने मोबाईल र सीमकाट विक्की पुतुवारबाट फेला पारेपछि अनुसन्धान गरी थप व्यक्ति पक्राउ गरेको हो।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय