बाढि पिडितको पिडामा मलम बन्दै ‘पहिलो पाईला नेपाल’

बाढि पिडितको पिडामा मलम बन्दै ‘पहिलो पाईला नेपाल’
काठमाडौं, भदौ ११ करिब १४ दिन अघिबाट आएको अबिरल बर्षाका कारण तराईका विभिन्न क्षेत्र डुबानमा परि तराईबासिको जनजिवन अत्यन्तै कष्टकर भएको छ। राष्ट्रको यस बिपद् घडिमा देश, बिदेश बाट पिडितको उद्धार, संरक्षण र खाद्य ब्यवस्थापनको लागी विभिन्न निकाय, संघसंस्थाहरु निरन्तर स्वंम लागिपरिरहेका छन्। यश दुखको समयमा सरकारको फितलो कार्यशैलिमा मात्रै निर्भर नरहेर विभिन्न संघसंस्थाहरु लागिपरिरहेका छन्।

गृहमन्त्रालयको ञएकद्वार, एक नीति प्रणालिझ मार्फत सरकारले उचित पिडितलाई मध्यनजर गरेर सहयोग गर्ने कुरा भएता पनि अन्ततः यस प्रणालि समयसापेक्षिक नहुदा सर्बोच्च अदालतले यस प्रणालिलाई खारेज गरिएको घोषणा गरेको छ। सरकारको कछुवा गतिको कार्यशैलिले पिडितले सहि समयमा राहत नपाउदा विभिन्न संघसंस्थाले तत्काल पिडित पक्षलाई राहतको आह्वान गर्दै सहि ब्यवस्थापन पश्चात् हस्तान्तरण गर्दै आएका छन्। यिनै कुराहरूलाई मध्यनजर गर्दै २ हप्ता देखि बाढीको चपेटामा परि घरबार विहिन भएका बाकेका बाढी पिडितहरूको घाउमा ञपहिलो पाईला नेपालझमलम बनेर आएको छ। विमल घर्ति क्षेत्रीको नेतृत्वमा आएको यो समुहमा भिम घिमिरे, विजय खड्का ृभुतको भिनाजुे, सुरज गिरी अभास,मनिशा साहनी क्षेत्री,संस्कार उपाध्याय, मोनिका अधिकारी, विशाल जंग कार्की , राकेश ढकाल,आरती, विशाल तमाङ्ग, मोहन श्रेष्ठ,रोजि ,अनिश बस्नेत लगायत १४ जनाको उपस्थिति मा बाकेको राप्ती सोनारी गाउपालिका वडा नं ७ का बाढिपिडितहरूलाई ञपहिलो पाईला नेपालझ काठमाडौले राहत सामाग्री बितरण गरेको छ।

सामाजिक क्षेत्रमा निरन्तर लागि परिरहेको संस्था पहिलो पाईला नेपालले बुधबार झगाडिया गाउँका बाढि प्रभावित १४० घरपरिवारलाई राहत सामाग्री बितरण गरेको हो।
बाढि प्रभावित क्षेत्रको प्रति घर परिवारलाई १५ केजि चामाल, दाल १ केजि, चिउरा ५ केजि, आयो नुन १ केजि, खाने तेल १ लिटर, चाउचाउ १ कार्टुन, बिस्कुट १ बन्डल९१२ पिस०, ओछ्याउने म्याट १ थान, साबुन २ ओटा,भुजा १ केजि, त्रिपाल १ थान, झुल १ थान, कपडा ४ थान, जिवनजल ५ थान, सेनेटरी प्याड ३ थान, बाल्टिन १ थान, जग १ थान र अन्य अौषधि पनि राहत स्वरुप पिडितको हातहातमा बितरण गरिएको पहिलो पाईला नेपालका संस्थापक बिजय खड्का ९भुतको भिनाजु० ले बताउनु भएको छ, साथै २ बर्ष बितिसक्दा पनि सरकारी तहबाट भुकम्प पिडितको नाममा संकलन भएका राहत सामाग्री अझैपनि पिडित पक्षले प्राप्त गर्न नसकेको कुरालाई खण्डन गर्दै ञनेपालिको पीडा, नेपालिकै मलमझ, ञजनताको बिपद्, जनताबाटै राहतझ भन्ने मनशायको साथ सरकारी पक्षलाई नसुम्पिकन, पहिलो पाईला नेपाल आफै राहत सामाग्री बितरणका लागि लागीपरेको खड्काले बताए ।
यश अभियानमा विभिन्न सहयोगी दाताहरु, ञपहिलो पाईला नेपालझ सिन्धुलि, पहिलो पाईला अमेरीका, पहिलो पाईला कतार लगायत अष्ट्रेलिया, कोरीया र जर्मनी बाट पनि सहयोग प्राप्त भएको जानकारी प्राप्त भएको छ। पहिलो पाईला नेपालको आयोजना र Student Room Reoladed, channel IMG को सहकार्यमा ६० घरदुरीलाई २ महिनासम्म खान, बस्न र लगाउन पुग्ने गरि करिब ६ लाख बराबरको राहत सामाग्री बितरण गरिएको छ।
सरकारलाई हस्तान्तरण नगरी वास्तविक पिडित छनौट गरि आयोजक आफैले पारदर्शी ढङ्गबाट पिडित परिवारको हातहातमा राहत सामाग्री हस्तान्तरण गरेका छन्। जथाभावी रुपमा बितरण गर्दा वास्तविक पिडितको हातमा राहत नपुगी सामान्य पिडितलाई दोब्बर, तेब्बर राहत पुगेको जानकारी भएको हुदा यस्तो लापरबाही हुन नदिन आयोजक स्वंम लागिपरेर हस्तान्तरण गरेका जानकारी प्राप्त भएको छ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय