बामदेव गौतमको सांसद सपना पूरा गर्न डोल्पाबाट फर्किए राज्यमन्त्री बुढा

बामदेव गौतमको सांसद सपना पूरा गर्न डोल्पाबाट फर्किए राज्यमन्त्री बुढा

दुनै (डोल्पा), भदौ १३ । गत निर्वाचनमा बर्दियाबाट नेपाली काँग्रेसका सञ्जय गौतमसँग हार व्यहोरेका नेकपाका सचिवालय सदस्य वामदेव गौतमको प्रतिनिधि सभा पुग्ने बाटो खुल्ने भएको छ ।

डोल्पाबाट प्रतिनिधिसभामा सांसद रहेका संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादुर बुढा गृहजिल्ला डोल्पामा नेकपा नेता वामदेव गौतमलाई भोट मागेर फर्किएपछि गौतमलाई बाटो खुलेको हो ।

प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने या नदिने दोधारमा परेपछि गृहजिल्ला पुगेका उनी मतदाताको राय लिएर काठमाडौं फर्किएको समाचार अन्नपूर्ण पोस्टका लागि टेकबहादुर शाहीले लेखेका छन्।

गौतमलाई नेकपाले डोल्पामा उठाउने चर्चा केही महिनादेखि चलिरहेको अवस्थामा राज्यमन्त्री बुढा राजीनामा दिने मनस्थिति बनाएर काठमाडौँ फर्किएका हुन् ।

बुढालाई राजीनामा गराएर वामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरिसकेका छन् । मतदातासँगको परामर्शपछि उपनिर्वाचनका लागि राज्यमन्त्री बुढाले बामदेवका लागि भोट मागेर काठमाडौं फर्किएका हुन्।

गृह जिल्लामा मतदाताको सुझाव लिन आएका बुढाले वामदेवका लागि भोट मागिदिँदै  काठमाडौं फर्किएका छन्। स्थानीय तहमा विशेष कार्यक्रम गर्ने योजना छाडेर बुढा बिमस्टेक बैठकमा सहभागी हुन बिहीबार काठमाडौं फर्किएको उनका स्वकीय सचिव भीमबहादुर बुढाले जानकारी दिए।

जिल्ला बसाइका क्रममा उनलाई मतदाताले राम्रो सुझाव र सल्लाह दिएकको भन्दै आफु राजीनामा दिने मनस्थितिमा पुगेको राज्यमन्त्री धनबहादुर बुढाले बताएका छन् ।

‘मैले गृह जिल्लामा मतदाताको राय लिएको छु, केन्द्रको निर्णय र मतदाताको राय अनुसार राजीनामा दिनेछु’, उनले भनेका छन् । राज्यमन्त्री बुडाले हाइप्रोफाइल शीर्ष नेता पाउनु डोल्पालीका लागि शौभाग्य भएको पनि दाबी गरे । बुढाले उपनिर्वाचनमा वामदेवलाई भोट हाल्न पनि मतदातालाई अनुरोध गरेका छन् । ‘हामीले वामदेव गौतमलाई जितायौं भने जिल्लाको मुहार फेरिनेछ, ढुक्‍क हुनुहोस्, पार्टीले घात गर्ने छैन’, उनले मतदातालाई फकाउँदै भने ।

‘वामदेव एक उच्च पदस्थ नेता हुन्, हामीले सम्मान गर्नुपर्छ, मैले राजीनामा दिएँ भने मन्त्री र राष्ट्रियसभाको सर्त राखेको छु, तपाईँहरुको मतको कदर गर्छौं’, उनले भने ।

यस्तो छ जनताको चासो

डोल्पाबाट भारी मतले विजयी राज्य मन्त्री बुढालाई राजीनामा दिन लगाएर उपनिर्वाचन गराई वामदेवलाई जिताउने निर्णय केन्द्रले कुन सर्तमा गरेको भन्ने कुरा डोल्पालीले जान्न चाहेका छन् । मतदाताले वास्तविक कुरा जान्न चाहे पनि राज्य मन्त्री बुढाले भने कुनै कुरा खोल्न मानेनन् ।

त्रिपूरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकास्थित जुफालमा भएको छलफलमा अधिकांशको प्रश्न नै केन्द्रको निर्णय के हो ? कुन सर्तमा राजीनामा गरी उपनिर्वाचन गराउने ? भन्ने थियो।

मतदाताहरुको प्रश्नको जवाफमा राज्यमन्त्री बुढाले केन्द्रले आधिकारिक निर्णय गरिनसकेको र मतदाताको राय सुझाव अनुसार राजीनामा दिने उत्तर दिएका छन्।

अन्नपूर्ण पोस्टबाट

पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस

रकुम । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट पुन सिफारिस हुनुभएको हो। नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीले बताउनुभयो । अध्यक्ष कामीका अनुसार १० जना आकाङ्क्षी मध्यबाट आपसी सहमतिमै पुन सिफारिस हुनुभएको हो ।  १० जना आकाङ्क्षीहरु आफै सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै विजयको सन्देश दिनु भएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताउनुभयो । माओवादीको आधार इलाकाले परिचित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रले काङ्ग्रेस एमालेको संयुक्त उमेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको मन्त्री पुनले बताउनुभयो  ।   गत महिना भाद्र २८ गते बाङ्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा परि पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, वडा नं. २ का वडा अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्षको आमा गोपीमायँ बुढासहित निधन भएका कारण उपाध्यक्ष पद र वडा अध्यक्ष पद रिक्त भएको थियो ।

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उहाँहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

पुटिनले राष्ट्रपती ट्रम्पलाई बधाई दिंदै के भने ?, हेर्नुहोस्

सोची, रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार पुटिनले ट्रम्पलाई बधाई दिएका हुन् ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बर ७ मा भल्दाई इन्टरनेशनल डिस्कसन क्लबको पूर्ण सत्रमा बोल्दै डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनले आफ्नो बधाई सन्देशमा भनेका छन्, “म उहाँ (डोनाल्ड ट्रम्प) अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा बधाई दिन चाहन्छु । मैले पहिले नै भनेको छु, हामी अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुखसँग काम गर्नेछौँ ।” बधाई दिएको भएपनि अहिलेसम्म औपचारिक रुपमा रुसी  राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पत्र भने पठाएका छैनन्। यसपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।  

बेपत्ता छानबिन र सत्य निरुपण आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

काठमाडौं । बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले आज सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ ले आयोगमा अध्यक्षसहित पाँच सदस्य रहने निर्धारण गरेको छ। त्यसमा कम्तिमा एकजना महिला अनिवार्य हुनुपर्ने भनिएको छ । अध्यक्ष तथा सदस्य बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, कुनैपनि राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानवअधिकार, शान्ति, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको, ३५ वर्ष उमेर पूरा भएको लगायतका योग्यता तोकिएको छ । अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको हुनुपर्ने उल्लेख छ।

लोकप्रिय