बालकृष्णको गिरफ्तारीबारे नबोलेपछि प्रचण्डलाई पूर्व जनमुक्ति सेनाका कमाण्डरको पत्र

बालकृष्णको गिरफ्तारीबारे नबोलेपछि प्रचण्डलाई पूर्व जनमुक्ति सेनाका कमाण्डरको पत्र

प्रचण्ड कमरेड अभिवादन,

१२ बुँदै दिल्ली सम्झौता, बृहत शान्ति सम्झौताको मर्मविरुद्ध तपाईँले भन्दै गरेको विश्वको उत्कृष्ट संविधानले बालकृष्ण ढुङेललाई अपराधि भन्दै जेल पठाउँदा कहाँ हुनुहुन्थ्यो थाहा भएन । तपाईँ जहाँ भएपनि खबर सुन्‍नु नै भयो होला । यसमा तपाईँले केही नबोलेको देख्‍दा पत्र लेख्‍न बाध्य भएँ । तपाईँकै दाबीअनुसार तपाईँकै नेतृत्वमा बनेको संविधानले गणतन्‍त्रको लागि ज्यानको बाजी थापेर लड्‍ने योद्धालाई जेल हाल्दा तपाईँलाई पनि पक्कै चित त बुझेको छैन नै होला । तरपनि कुनै प्रतिक्रिया नजाउँदा तपाईँमाथि लाग्दै अाएका अारोप झन् पेचिलो बन्दै गएका छन् ।

तपाईँकै अादेशमा ज्यानको बाजी राखेर जनयुद्धमा होमिएँ तर तपाईँ हामीलाई बीच सडकमा छोडेर लाजिमपाट दरबारमा छिर्नु भो । जीवन अन्धकार भयो ।

प्रचण्ड कमरेड, म पनि एक जनयुद्धको सिपाही हुँ । तपाईँकै अादेशमा ज्यानको बाजी राखेर जनयुद्धमा होमिएँ तर तपाईँ हामीलाई बीच सडकमा छोडेर लाजिमपाट दरबारमा छिर्नु भो । जीवन अन्धकार भयो । मुक्ति र मृत्युको लागि खाएको कसम, देश र समाज परिवर्तनको चिन्ता र सपना सबै तपाईँले उडाएपछि केही वर्ष खाडीमा बिताए । अाजभोली नेपालबाटै तपाईँका गतिविधिलाई नियालिरहेको छु ।

टिकाराम ओली

जनयुद्धमा भएका घटनाकै कारण ढुंगेल अपराधी हुने भए तपाईँ अपराधी हो कि होइन ? बालकृष्णले लडेर ल्याएको लोकतन्त्रमा सत्ता चलाउनेहरु काङ्ग्रेस, राप्रपाहरु अपराधी हो कि होइनन् ? बालकृष्णलाई गिरफ्तार गर्नेहरु जनयुद्धका कुने पनि घटनामा संलग्‍न छैनन् ? अाफैले लडेर ल्याएको गणतन्त्रमा बालकृष्णहरु अपराधी हुने भए तपाईँले नै गणतन्त्रलाई लिएर नागार्जुनको जंगलमा लिएर बुझाईदिनुस् । के तपाईँ शान्ति सम्झौता भंग भएको घोषणा गरेर जनतामा अाउन सक्नुहुन्छ ? यदि त्यो हिम्मत गर्नु हुन्‍न भने हजारौं बालकृष्णहरु जेलको लाइनमा छन् । सुरुमा साना बालकृष्ण र अन्तिममा ठूला बालकृष्ण (प्रचण्ड-बाबुराम) हरुलाई पनि त्यही जेलमा पुर्‍याउने योजना हुनेछ ।

प्रचण्ड कमरेड, बालकृष्ण एउटा ब्यक्ति मात्र होइन तपाईँले नेतृत्व गरेको मुक्ति र परिवर्तनको सपना देख्‍ने महान् योद्धा हो। बालकृष्णलाई  जेल हाल्‍नु भनेको जनयुद्धका उपलब्धीहरुको हत्या गरिनु हो । किरण र विप्लव कमरेडले भनेको साम्राज्यवाद र विस्तारवादले माओवादी आन्दोलनलाई घेराबन्दी गर्दैछ भनेर धेरै पहिला भन्‍नु भएको थियो । त्यही सत्य साबित हुँदैछ । बालकृष्णमाथीको हमला क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, १२ बुँदै सम्झौता, बृहतशान्ति सम्झौता र गणतन्त्रमाथिकै प्रहार हो । अदालतले भ्रष्ट-ठगहरु गरेकाहरु चुनाव लड्‍न पाउने, गणतन्त्र ल्याउने योद्धा जेलमा हाल्‍ने गणतन्त्र तपाईंलाई मान्य छ ? राजतन्त्र ढाल्ने योद्धालाई जेलमा राखेर चुनावमा जानु हुन्छ भने ? जनयुद्ध, १२ बुँदै दिल्लीसम्झौता, बृहतशान्ति सम्झौता बिपरित प्रतिक्रियावादीहरुको घेराभित्र हजारौं बालकृष्णहरुलाई जेलमा हाल्ने षड्‍यन्त्रमा फस्दै हुनुहुन्छ कमरेड ।

प्रतिक्रियावादीहरुले आफ्नो लुटको शासन कायम गर्न माओवादी आन्दोलन र बालकृष्णमाथि हमला गर्न पुगेका छन् । अब कम्युनिस्ट आन्दोलनको रक्षा र बालकृष्णलाई न्याय दिन क्रान्तिकारी अान्दोलनको अावश्‍यकता बढेर गएको छ । बालकृष्ण माथिको हमलाले आर्को क्रान्तिको माग गरेको छ । अब चुनावको मोर्चाबन्दी होइन क्रान्तिको मोर्चाबन्दीको अावश्‍यकता भएको छ ।

प्रचण्ड कमरेड, बालकृष्ण एउटा ब्यक्ति मात्र होइन तपाईँले नेतृत्व गरेको मुक्ति र परिवर्तनको सपना देख्‍ने महान् योद्धा हो। बालकृष्णलाई  जेल हाल्‍नु भनेको जनयुद्धका उपलब्धीहरुको हत्या गरिनु हो ।

प्रचण्ड कमरेड, संसदीय व्यवस्थालाई साम्राज्यवादहरुले आफ्नो फाटेको लगाैंटी बनाइ सकेका छन् । बालकृष्णजस्ता हजारौं योद्धाहरुले रगत-पसिना बगाएर ल्याएको गणतन्त्रमाथि खेलवाड गरेर सत्तामा बस्ने अधिकार दिनु हुँदैन । अब बालकृष्णमाथीको प्रहार रोक्न अर्को क्रान्तिकारी अान्दोलनको अावश्‍यकता भएको छ । यो अावश्‍यकता तपाईँको महसुश गर्नु भएन भने अरु हजारौं बालकृष्णहरुले जेल भरिने छन् ।

अन्तमा, प्रचण्ड कमरेड उज्जनलाई त बालकृष्णले हत्या गरे । अरु १७ हजारको हत्यारा को हुन् ? रुकुमको खारा, रोल्पा,कालिकोटलगायत देशभर माओवादीको नाममा सर्वसाधारणको हत्या कसले गरेको हो ? दिलबहादुरहरुको हत्यारा को हुन् ? कृष्णसेनका हत्यारा को हुन् ? तपाईँले भन्‍न सक्नुहुन्छ ? सबैभन्दा ठूलो युव परिवर्तन गर्ने मेरो सपनाको हत्यारा को हो ? यसको उत्तर तपाईँबाट पाउने अाशा गर्दछु । अहिलेलाई विदा ।

– उही टिकाराम ओली, जयनुद्धको सिपाही- १५ कात्तिक २०७४

पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा  विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी,  राप्रपाका चित्रबहादुर सोती लगायत रहनभएको छ। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा थालेको अभियानका कारण देशव्यापी जनाकर्षण बढेको बताउनुभयो ।

शिक्षकका माग समेटेर शिक्षा विधेयक पारित हुन्छ : अध्यक्ष प्रचण्ड

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा  समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ। नवज्योति माध्यमिक विद्यालय गोरखा नगरपालिका ७, डण्डीडाँडा, गोरखाको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। आफूले सरकारको नेतृत्व गरेको बेला असाध्यै मेहनत गरेर विद्यालय शिक्षा विधेयक ल्याए पनि अझै पारित हुन नसकेको उल्लेख गर्दै उहाँले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने बताउनुभयो ।  संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिए पनि आवश्यक कानुन र बजेटको अभाव रहेको उल्लेख गर्दै उहाँले राज्यको तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षा विधेयक पारित भयो र शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म बजेट छुट्याउन सकियो भने यो क्षेत्रलाई अघि बढाउन सकिने बताउनुभयो। आफूले निरन्तर देश र जनताका लागि नयाँ थालनी गर्ने गरेको उल्लेख गर्दै उहाँले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो अभियान निरन्तर अघि बढ्ने बताउनुभयो ।  सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्नुपर्छ भनेर अभियान चलाउँदा नै भ्रष्ट र बिचौलियाहरुले सरकारबाट हटाएको उल्लेख गर्दै उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको बताउनुभयो । गोरखा क्याम्पसको निरीक्षण यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले गोरखा ५ स्थित गोरखा क्याम्पसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसको भौतिक विकास र दरबन्दी थपका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

बजेटको बीस प्रतिशत शिक्षा क्षेत्रमा लगाउन आवश्यक : अध्यक्ष प्रचण्ड

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताउनुभएको छ। सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उहाले यस्तो धारणा राख्नुभएको हो। आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उहाँले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारिएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उहाँले ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगलेअघि बढाउँदा बिचौलिया र भ्रष्टहरुले सरकारबाट हटाएको बताउनुभयो । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उहाँले गोरखामो समग्र विकासका लागि सक्दो योगदान गर्ने बताउनुभयो ।

गोरखामा विभिन्न पार्टीबाट दजनौं माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डद्धारा स्वागत

गोरखा । गोरखामा विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश प्रवेश गरेका छन् । गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि.र डण्डी डाँडाको नव ज्योति मा.वि.को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन गोरखा आउनु भएका अध्यक्ष प्रचण्डले कार्यक्रममा सहभागी हुनुपूर्व गोरखा नगरपालिका वडा नम्बर ८ आमडाँडा गाउँमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने मुस्लिम अगुवासहित विभिन्न व्यक्तिलाई स्वागत गर्नुभएको हो । अध्यक्ष प्रचण्डले विश्राम कुवँर,धनबहादुर कुवँर, अब्दुर करिम मियाँ,नासिर मियाँ,रिवल बहादुर सुनुवार लगायत दजनौं सामाजिक व्यक्तित्वलाई खादा,माला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ 

लोकप्रिय