बैंकले घटाउन थाले कर्जाको ब्याजदर
काठमाडौं, चैत ११ । उद्योग व्यवसायीले चर्काे ब्याजको व्यापक विरोध गरेपछि बैंकहरूले बिस्तारै कर्जाको ब्याजदर घटाउन थालेका छन् । पुसको सुरुदेखि नै ब्याजदर घट्ने भनिए पनि पुसको दोस्रो सातातिर मात्रै केही बैंकले कर्जाको ब्याजदर घटाउने प्रयास गरेका छन् । दुई महिनाअघि बैंकको आधार दर (बेसरेट) १० दशमलव ३० प्रतिशतको हाराहारीमा थियो भने अहिले घटेर ९ दशमलव ५० प्रतिशतमा झरेको छ । जसले गर्दा ब्याजदर घट्न थालेको छ । यतिबेला सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा सरकारी स्वामित्वमा सञ्चालित वाणिज्य बैंकहरूले बेसरेट सबैभन्दा तल झारेका छन् भने निजी बैंकहरूले पनि विस्तारै घटाउँदै लगेका छन् । राष्ट्रिय वाणिज्यको सबैभन्दा कम बेसरेट छ ।
यस बैंकको बेसरेट ५ दशमलव ६० प्रतिशत छ । ४ प्रतिशत प्रिमियम जोड्दा पनि यस बैंककोे ब्याजदर १० प्रतिशतभन्दा कमै हुन्छ । बैंकिङ प्रणलीमा तरलता केही सहज भएपछि बैंकहरूले विस्तारै बेसरेट घटाउँदा कर्जाको ब्याजदर घट्दै गएको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा सेन्चुरी कमर्सियल बैंकको बेसरेट सबैं बैंकको तुलनामा बढी छ । सयस बैंकको बेसरेट ११ दशमलव ५० प्रतिशत छ । यसमा प्रिमिय जोड्दा कर्जाको ब्याजदर १५ प्रतिशत हाराहारीमा पुग्छ ।
बैंकले बेसरेटमा ४ देखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन् । बेसरेट कम हुँदै जाँदा कर्जाको ब्याजदर कम र बेसरेट बढ्दा ब्याजदर पनि बढ्छ । सरकारी स्वामित्वको नेपाल बैंकको ६ प्रतिशत बेसरेट छ । त्यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकको ७ दशमलव ६७, नबिल बैंकको ७ दशमलव ९१ र नेपाल इन्भेस्टमेन्ट बैंकको ८ दशमलव ९६ प्रतिशत बेसरेट छ । त्यसैगरी, एभरेस्ट बैंकको ८ दशमलव २२ प्रतिशत, ग्लोबल आईएमई बैंकको ९ दशमलव ७, हिमालयन बैंकको ९ दशमलव १३, एनआईसी एसियाको ९ दशमलव ३० बेसरेट छ ।
बैंकको १०, बैंक अफ काठमाण्डुको १० दशमलव २८, प्राइम कमर्सियल बैंकको १० दशमलव १७, लक्ष्मी बैंकको १० दशमलव ३६, नेपाल बंगलादेश बैंकको १० दशमलव ४१, सिद्धार्थ बैंकको १० दशमलव ५९, सनराइज बैंकको १० दशमलव ६३, एनसीसी बैंकको १० लशमलव ७६, माछापुछ्रे बैंकको १० दशमलव ७८ प्रतिशत बेसरेट छ । त्यस्तै, जनता बैंकको १० दशमलव ७६, मेगा बैंकको १० दशमलव ८३, सिटिजन्स बैंकको ११, कृषि विकास बैंकको ११ दशमलव १५, सिभिल बैंकको ११ दशमलव २४ र कुमारी बैंकको ११ दशमलव ३८ प्रतिशत बेसरेट छ ।
केही वर्ष यता बैंकहरूले आक्रामक रूपले लगानी गर्दा बैंकिङ प्रणालीमा लगातार तरलता(लगानी योग्य पुँजी) अभाव भएको थियो । जसका कारण बैंकहरूले महँगो ब्याजमा निक्षेप उठाउनुपरेको थियो । महँगोमा निक्षेप उठाउँदा बैंकको बेसरेट बढ्ने भएकाले कर्जाको ब्याजदर पनि स्वतः बढ्ने गर्छ । त्यसैले बैंकले महँगोमा उठाएको निक्षेप ब्याजदर १५ प्रतिशतभन्दा बढी पुगेकोे भन्दै उद्योग व्यवसायीले आन्दोल नै चलाएपछि बैंकहरूलाई सरकारको दबाबपछि विस्तारै ब्याजदर घट्न थालेको हो । बेसरेट निर्धारण गर्दा बैंङको निक्षेप लागत (कस्ट अफ फन्ड), वैधानिक तरलता अनुपात (एसएलआर), अनिवार्य नगद अनुपात (सीआरआर) तथा सञ्चालन खर्च जोडेर गरिने व्यवस्था छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया १० र बिक्रीदर एक सय ७४ रुपैँया ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैँया ६५ पैसा र बिक्रीदर ८९ रुपँैया ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया ६३ पैसा र बिक्रीदर ९७ रुपैँया ६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैँया ५९ पैसा र बिक्रीदर एक सय २ रुपैँया ४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैँया ८१ पैसा र बिक्रीदर आठ रुपैँया ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८५ पैसा र बिक्रीदर १८ रुपैँया ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८२ पैसा र बिक्रीदर ३६ रुपैँया ९८ पैसा कायम भएको छ ।
गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह‐ विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्धारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेका र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो मातृभूमिमा लगानी भित्र्याउन आग्रह गर्नुभएको हो । सो कार्यक्रममा उहाँले भन्नुभयो “प्रकृतिले नेपाललाई धेरै कुरा दिएको छ । तर त्यसको उपयोग र उपभोग गर्न हामी सफल हुन सकेका छैनौँ । देशलाई यतिखेर यहाँहरुले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजीको जरुरत छ । अहिले हामी जहाँ र जस्तोसुकै काम विशेषमा रहेका भए पनि भोलिको सन्ततिका लागि नेपालमै केही गर्नुपर्छ ।” अध्यक्ष ढकालले संकटका बेला सबैलाई आफ्नै जन्मथलो चाहिने प्रसंग उल्लेख गर्दै भन्नुभयो “कोरोना महामारीका बेला हामी सहरमा बसेका गाउँ फर्कियौँ, विदेशमा विभिन्न कारणले बसेका नेपालीहरु घर फर्किए । त्यो अवस्थाको स्मरण गर्दा हामी अहिले जहाँ जुन रुपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ भन्ने लागेको थियो । त्यसैले पनि म यहाँहरुलाई यो आग्रह गर्दछु कि आफ्नै जन्मस्थानमा केही गर्नुपर्छ ।” उहाँले संसारका कैयौँ देशमा रहेर गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठूलो महत्व रहेको बताउनुभयो । त्यसैले त्यसको केही प्रतिशत छुट्याएर नेपालमा लगानी गर्नसके गैरआवासीय नेपाली तथा नेपालकै लागि फाइदा पुग्ने उहाँको भनाई थियो । गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा महासंघले आवश्यक सबै सहजीकरण गर्ने त छँदैछ नेपालका लगानीकर्ताहरु पनि सहकार्य गर्न इच्छुक रहेका उहाँको भनाई थियो । अध्यक्ष ढकालले नेपालमा अहिले जलविद्युत, पर्यटन, हस्पिटालिटी, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेका उल्लेख गर्नुभयो । कोरोना महामारीपछि मुलुकको अर्थतन्त्र लयमा फर्कने तरखरमा रहेको र नेपालमा अहिले पर्यटन क्षेत्र फस्टाउँदो अवस्थामा रहेकाले ती क्षेत्रमा लगानी गरेर मुनाफा आर्जन गर्न पनि आग्रह गर्नुभयो ।
लगानी सहजीकरणमा महासंघले सघाउँछ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय विविध कारण विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बनेको बताएका छन् । अमेरिकाको वासिंटनमा यूएस चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं ऊर्जा खरिद बिक्री सम्झौता मुख्य कारण रहेको बताए । नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरे । नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावनातर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए । उनले भारतसँग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युत्मा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरूलाई गराए । नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान गरे ।संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सीमाबाट औसत दुई घण्टाको दूरीमा शीतल र स्वस्थ वातावरणसहितको हिलस्टेसन विकास गर्न सकिने सम्भावना रहेको लगानीकर्ताहरुलाई देखाए । लगानी सहजीकरणका लागि महासंघले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडीआई हेल्पडेस्कमार्फत सहजीकरण गरिरहेको छ । नेपालमा पर्याप्त विदेशी मुद्राको सञ्चिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्यून हुँदै गएको जनाए । साथै सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए ।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।