बौरिँदै छ वीर अस्पताल

बौरिँदै छ वीर अस्पताल

काठमाडौं । गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई कामको धम्मरधुस थियो ।

सघाउँदै हुनुहुन्थ्यो कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन हुँदैछ कि क्या हो ?’ अस्पताल पुगेका सर्वसाधारण आपसमा लख काट्दै थिए ।

अर्काथरिको अनुमान थियो, “होइन, यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन लागेका होलान् ।” शुक्रबारै प्रधानमन्त्री मोदी काठमाडाँँै आउदै हुनुहुन्थ्यो र उहाँको स्वागतका लागि पनि काठमाडौंँमा व्यापक सरसफाइ भइरहेको थियो ।

वीर अस्पतालको चौथो तलाको भित्तामा रङ लगाइरहेका धुर्मुसको देब्रेपट्टि शिशा पुछिरहेका थिए खेम शर्मा । शर्मालाई देखेपछि भने सबैको जिज्ञासा मेटियो, “ए यहाँ त सरसफाइ पो भइरहेको रछ ।” बिरामी भेट्न आएका एक जनाले भने, “त्यही त अस्पतालको ‘लिफ्ट’ आज किन यति सफा देखियो भन्ने त मलाई शुरुमै लागेको थियो ।”
अहिले रङरोगन गर्न धुर्मुस तथा अरु मर्मतसम्भार र सरसफाइ गरी अन्य संरचना टल्काउने काममा शर्मा आफैँ लाग्नुभएको छ । बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा काम भइरहेको छ, प्रायः रातिको सिफ्टमा उहाँहरु आफँै खट्नुहुन्छ । उहाँहरुका साथ करीब १०० मजदूर कार्यरत छन् । सरसफाइमा ३० र रङरोगनमा ७० कामदार खटेका छन् ।

स्वास्थ्य मन्त्रालयको अगुवाइमा गत आइतबारदेखि शुरु भएको वीर अस्पताल सरसफाइको नेतृत्व नेपालमा सफाइका क्षेत्रमा कार्यरत खेम्स क्लिनिङका अध्यक्ष एवम् वाग्मती सफाइ अभियानकर्मी खेम शर्मा र नेपाल सरकारद्धारा सरसफाइदूत घोषित कलाकार धुर्मुसले गर्नुभएको छ । अभियानका अन्य सहयोगी मा वाग्मती सफाइका अर्का अभियानकर्ता अर्जुन धरेल र टंक आचार्य हुनुहुन्छ ।

राज्यमन्त्री पदमा अर्यालसँगै शर्मा र धुर्मुसले गत आइतबार वीर अस्पतालको चर्पी सफाइ गरेर अभियानको शुरुआत गरिएको हो । अहिले अस्पतालको विशेषगरी चौथो तलामा काम भएको छ । भूइँतलाको भूइँ टल्किएको छ, चर्पीहरु प्रायः सबै सफा भएका छन् भने भित्तामा रङरोगन गरिँदैछ । लिफ्ट, झ्याल र अरु संरचना टल्काउन खेम्स क्लिनिङका दक्ष जनशक्तिले काम गरिरहेका छन् ।

राज्मन्त्री अर्यालले सो अभियानको शुरुआत गर्दै भन्नुभयो, “हामीले यो सफाइलाई अभियानकै रुपमा काठमाडौंँको मुटुमा रहेको र आम नेपालीको चासो रहेको वीर अस्पतालबाट शुरु गरेका छौँ र यसलाई नेपालका सबै सरकारी अस्पतालमा पु¥याउने हाम्रो योजना छ ।”

वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेत भन्नुहुन्छ, “ पन्ध्र दिनमा अस्पतालको सफाइ गरी नमूना बनाउने प्रणका साथ उहाँहरुले काम शुरु गर्नुभएको छ, विभिन्न सिफ्ट बनाएर दिनमा १८ घण्टासम्म काम गरिरहनुभएको छ, मलाई लाग्छ यसले वीर अस्पतालको अहिलेको अवस्थामा ठूलो सुधार ल्याउने छ । म यस कार्यबाट अत्यन्तै खुशी छु ।”

भूकम्पपीडितहरुलाई बस्ती बसाल्नेजस्तो अत्यन्त प्रशंसनीय काम गरेका कलाकार धुर्मुस र सुन्तली भन्नुहुन्छ, “वीरजस्तो मुलुकको जेठो र संवेदनशील अस्पताल सफाइ गरेर देशका अन्य सरकारी अस्पताल र अस्पताल मात्र नभएर अन्य क्षेत्रमा पनि नमूना पेश गर्न सकियोस् भनेर यो अभियान थालिएको हो । रातदिन काम गरेका छौँ, सक्दो बल लगाएका छौँ, हेरौँ कतिसम्म सम्भव हुन्छ ।” धुर्मुस सुन्तली फाउण्डेशनले रङरोगनका लागि सामग्री र मजदूरको प्रबन्ध गरेको छ र उहाँहरु आफैँले पनि काम गरिरहनुभएको छ । धुर्मुस ठट्टा गर्नुहुन्छ, “मान्छे खेद्नु अघिबाट, पशु खेद्नु पछिबाट’, भनेजस्तै कामको अगुवाइ आफँैले गर्नुपर्छ, बल्ल भनेजति काम हुन्छ ।”
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, सफा नेपाल उपसमितिका संयोजकसमेत रहेका शर्मा वीर अस्पताल अहिले प्रायः निम्नवर्गीय नेपाली नागरिकको आस्था र भरोसाको केन्द्र भएकाले यसको सफाइ गरी सबै नेपालीले उपचार गराउने अस्पतालका रुपमा विकास गर्ने प्रयासमा आफूहरु जुटेको बताउनुहुन्छ ।

“यो स्वयंसेवी कार्य हो र हामीले आवश्यक सामग्री तथा मजदूरहरु आफैँ जुटाएका छौँ”, उहाँले भन्नुभयो । आफूहरुको अभियान देशभरकै सरकारी अस्पताल सफा गर्ने रहेको उहाँको भनाइ छ । “धेरै नेपाली तथा पर्यटकको चासो र चाप रहने कार्यालय, संरचना वा स्थानको सफाइ अहिलेको प्राथमिकता हो र आफ्ना दक्ष जनशक्तिबाट नेपालमा सफाइ क्षेत्रमा सीप हस्तान्तरण गर्ने खेम्स क्लिनिङको उद्देश्य हो”, उहाँले भन्नुभयो ।

अष्ट्रेलियामा एक दशकदेखि सफाइ कार्यमा सफलता कमाएको सो कम्पनीले एक वर्षदेखि नेपालमा काम गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्रलगायतमा सफाइ गरी ती कार्यालयका सफाइ मजदूरलाई सीप हस्तान्तरण गर्ने काम सो कम्पनीले गरेको छ । गैरआवासीय नेपाली संघमा समेत सफाइ उपसमितिको संयोजकका रुपमा रहेर शर्माले नेपालमा सफाइका क्षेत्रमा नेपालीले नै विदेशमा सिकेको सीप र ज्ञान भित्र्याउन संस्थागत रुपमा काम गर्न लागेको बताउनुहुन्छ ।

हाल स्वयंसेवीका रुपमा नेपालका विभिन्न क्षेत्रमा सफाइ जारी राखिएकोे र आगामी दिनमा यस कार्यलाई कम्पनीमार्फत संस्थागत गरी देशव्यापी रुपमा सीप सिकाउने अभियान सञ्चालन गरिने योजना रहेको खेम्स क्लिनिङका प्रबन्ध निर्देशक विश्वास अधिकारी बताउनुहुन्छ । हाल वीर अस्पतालमा कम्पनीका १५ दक्ष कामदारले काम गरिरहेका र वीरकै थप १५ जनालाई सीप सिकाइरहेका छन् । “भोलि तिनै सीप सिकेका कामदारबाट सो अस्पतालका अरु कामदारमा सीप हस्तान्तरण हुनेछ”, अधिकारी भन्नुहुन्छ ।

वाग्मती सफाइ अभियानकर्मी धरेल पनि प्रायः सफाइ मजदूरसँगै हुनुहुन्छ । उहाँ कुन रङ कता सुहाएको छ हेर्नुहुन्छ, कहाँ के पुगेन सुझाउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“ वीर अस्पताल नेपालको अस्पतालकै पर्याय र इतिहास हो, यहाँ अन्यत्र नभएका उपकरण र अनुभवी चिकित्सक छन्, त्यसैले यसलाई सबै नेपालीको भरोसायुक्त अस्पताल बनाउन यो सफाइ अभियानले थप सहयोग गर्नेछ ।” रासस

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ।  यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?  २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका  केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।  

नेपाल र चीनको आतंकवादविरोधी संयुक्त सैन्य अभ्यास सुरु

चीन र नेपालले आतंकवाद विरोधी संयुक्त सेना अभ्यासको सुरुवात गरे, जसमा एक प्रकारको बलाकार अन्वेषण ड्रोनको पहिलो प्रदर्शन गरिएको छ। चिनियाँ समाचार एजेन्सी शिन्हुआका अनुसार, चोंगकिङ नगरपालिका, दक्षिण-पश्चिम चीनमा एक प्रशिक्षण आधारमा सगरमाथा मित्रता-२०२४ संयुक्त सेना अभ्यासको उद्घाटन समारोह आयोजना गरिएको थियो। यो चीन र नेपालका सैन्य बलबीचको सगरमाथा मित्रता श्रृंखलाका अभ्यासहरूको चौथो संस्करण हो, अघिल्लो अभ्यास २०१९ मा पाँच वर्ष पहिले गरिएको थियो। शहरका खण्डमा संयुक्त आतंकवाद विरोधी अपरेशन्सको विषयमा, संयुक्त प्रशिक्षणमा हल्का हतियार प्रहार, आतंकवाद विरोधी समूहका रणनीतिहरू, ड्रोन अपरेसन, आपतकालीन उद्धार र एक समग्र आतंकवाद विरोधी अभ्यास समावेश हुनेछ, जसको उद्देश्य बहुआयामिक खोज, मोबाइल प्रवेश र संयुक्त अपरेसनमा सशस्त्र उद्धारको क्षेत्रमा क्षमताहरूलाई वृद्धि गर्नु हो, शिन्हुआका अनुसार। अभ्यास अक्टोबर १ सम्म जारी रहनेछ, रिपोर्टमा भनिएको छ। उद्घाटन समारोह पछि, चिनियाँ पक्षले तीन श्रेणीमा २० भन्दा बढी उपकरण प्रदर्शन गर्यो, जसमा हल्का हतियार, आतंकवाद विरोधी मिशनका लागि अन्वेषण गियर र उपकरणहरू समावेश छन्, चीन सेंट्रल टेलिभिजनले रिपोर्ट गरेको छ। बुद्धिमान अन्वेषण उपकरणले विशेष ध्यान आकर्षित गर्यो, जसमा एक प्रकारको रोबोट कुकुर, एक प्रकारको भित्ता चिर्ने रडार र एक प्रकारको आत्म-प्रेरित बलाकार अन्वेषण ड्रोन समावेश छन्, रिपोर्टमा भनिएको छ। साना ड्रोनको लागत कम हुने अपेक्षा गरिएको छ, तर यसले खतरनाक वातावरणमा जनशक्ति उजागर हुने जोखिमलाई महत्वपूर्ण रूपमा कम गर्न सक्छ, विशेषज्ञले भने। अभ्यासको दौरान, दुवै पक्षले प्राकृतिक विपदहरू जस्तै भूकम्प, हिमपात र ढुंगा बग्ने घटनाहरूमा राहत अपरेशन्सको बारेमा आदान-प्रदान पनि गर्नेछन्, साथै आपसी विश्वास र बुझाइलाई सुदृढ गर्नका लागि विभिन्न सांस्कृतिक आदानप्रदानको श्रृंखला पनि हुनेछ, शिन्हुआले रिपोर्ट गरेको छ।

लोकप्रिय