भूकम्पपीडितका नाममा विद्युत चोर्ने पक्राउ

भूकम्पपीडितका नाममा विद्युत चोर्ने पक्राउ

काभ्रे, भदौ २१ । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी हुने गरेको छ।

जिल्लाको दाप्चा, कटुञ्जे, तीनघरे, रोहीणी, उग्रचण्डीनालाको घिमिरे गाँउ, मण्डनदेउपुर क्षेत्रमा टहरामा बस्नेले विद्युत् प्राधिकरणको अनुमति नलिई विद्युत् उपभोग गरेको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिए। मिटर जडान नगरी विद्युत् उपभोग गर्नु नै हुकिङ हो ।

विद्युत् चोरी बढेपछि पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको र उनीहरुले पनि विद्युत् चोरी हुन नदिन प्रतिबद्धता व्यक्त गरेको जनाउँदै वितरण केन्द्र प्रमुख यादवले पुनः निर्माण प्राधिकरणलाई समेत जानकारी दिइएको बताए। उनले भने, “चेतनाको कमीले कानुनी अपराध गरेको देखियो यसको अन्त्य जरुरी छ।”

आर्थिक वर्ष २०७३÷७४ मा विद्युत् चोरीको आरोपमा विभिन्न क्षेत्रबाट ४९ जना पक्राउ गरेको उल्लेख गर्दै यादवले ग्रामीण क्षेत्रमा विद्युत् चोरी गर्दैनौँ भन्ने मानसिकताको विकास हुनुपर्ने बताए ।

केन्द्र प्रमुख यादवले विद्युत्लाई पनि मौलिक हकका रुपमा व्याख्या गर्नुपर्ने तर्क गर्दै मिटरबाट मात्रै चोरी भएका ग्राहकको सङ्ख्या ५१ पुगेको जानकारी दिए। उनले विद्युत् चोरीमा कडाइ गरेपछि हुकिङ घट्दो अवस्थामा देखिएको छ भने। यसैबीच नमोबुद्ध नगरपालिकाको भकुण्डेमा त्यस क्षेत्रका ग्राहकलाई लक्षित गरी विद्युत् प्राधिरकरणको काउण्टर स्थापना हुने भएको छ। त्यसका लागि सबै प्रक्रिया पूरा भइसकेको छ, तिहारसम्ममा सञ्चालन हुन्छ केन्द्र प्रमुख यादवले जानकारी दिए। त्यस्तै जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारि क्षेत्रका लागि विद्युत् सबस्टेसन बनाउने तयारी भएको छ।

त्यस क्षेत्रमा विद्युत् लाइन विस्तारको कामसमेत भएको बताइएको छ। ‘प्राविधिक हिसाबले विद्युत् वितरणको विषय यो जिल्लामा मिलेको छैन, त्यसको गम्भीरतालाई ध्यानमा राखेर काठको पोल हटाउने तयारी पनि भएको छु, केन्द्र प्रमुख यादवले भने ।
रासस

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय