मनोनयनमा जाँदा एमाले, फर्किँदा माओवादी

मनोनयनमा जाँदा एमाले, फर्किँदा माओवादी

गुल्मी – २० वर्षपछि हुन लागेको स्थानीय चुनावको मनोनयनको दिन । धुर्कोट गाउँपालिका २, पिपलधाराका शेरबहादुर केसी बडो खुसीयालीका साथ आफ्ना उम्मेदवारलाई हौसला दिन उत्साहपूर्वक गाउँपालिका केन्द्र पुगे ।

तर जव केही घण्टा आफ्ना साथीहरुसंग भलाकुसारी गरे, अनि उम्मेदवारी दर्ताको समय भयो उनको उत्साह एकाएक निराशामा परीणत भयो । ‘२० वर्ष पछि आएको चुनाव हो, भोट किन खेर फाल्नु जित्ने उम्मेदवारलाई दिने निर्णय गरेँ’ बेलुकी फर्कँदा उनले साथीहरुसंग भने ‘सबै वार्डका मान्छे भेला भएको ठाउँमा थाहा भयो भुपाल पोखरेल गाउँको विकासका लागि राम्रो मान्छे रहेछन् ।’ भुपाल माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुन् ।

बिहानसम्म अर्कै पार्टीको प्रचार गर्दै गएका यूवा एकाएक माओवादी उम्मेदवारको समर्थन गर्दै फर्केका उनीमात्र होईनन् । धेरै यूवाले उम्मेदवारको वास्तविकता बुझेपछि जित्ने राजनीतिका लागि भन्दापनि विकासका लागि भोट दिने सल्लाह गरे । ‘हाम्रा उम्मेदवार पनि नराम्रा होईनन् तर अहिलेसम्मको विकासको कुरा तुलना गर्दा उनी अब्बल देखिए, जसले जनताको काम गर्छ उसैलाई भोट हाल्ने हो’ हाडहाडेका मनोज थापाले भने ‘स्थानीय चुनाव हो, वडामा हाम्रै आस्थाको पार्टीलाई जिताउँछौँ तर गाउँपालिकामा काम गर्नेलाई चुन्छौँ ।’

बिहान उम्मेदवारी दर्ता गर्न जाँदा फरक कुरागर्नेहरु साँझ फर्कँदा फरक व्यक्तिको बारेमा कुरा गर्दै फर्केको धुर्कोट २ का नरबहादुर खनालले बताए । ‘राजनीति हो, यस्ता कुरा भैरहन्छन तर अहिलेका यूवाले काम गर्नेलाई चुन्छौँ भन्न राम्रो हो’ उनले भने ।

काँग्रेस माओवादी तालमेल संग एमाले एक्लै भिड्ने

धुर्कोट गाउँपालिमा एमाले एक्लै र काँग्रेस माओवादी केन्द्र संयुक्त रुपमा चुनावमा भिड्दैछन् । तालमेल अनुसार गाउँपालीका अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट भुपाल पोखरेल र उपप्रमुखमा काँग्रेसका शिव केसी भिड्दैछन् । संयुक्त प्यानलसंग एमाले एक्लै भिड्दै छ । एमालेका कृष्ण घिमीरे प्रमुख र रीता थापा उपप्रमुखका उम्मेदवार छन् । घिमीरे अघिल्लो स्थानीय निकायको चुनावमा ईलाका सदस्य समेत हुन् । उनलाई पनि कुनै दाग नलागेका उम्मेदवारको रुपमा एमालेले प्रमुखका प्रतिस्पर्धी बनाएको हो ।

मनोनयन नै विजयउत्सव जस्तै

आईतबार भएको मनोनयन दर्तामा दुवै तर्फका उम्मेदवारका समर्थक बाजागाजा र जुलुस सहित सहभागी थिए । उनीहरुको नाचगान हेर्दा विजयउत्सव जस्तै देखिएको ६ नंबर वडाका बलबहादुर पछाईले बताए । तालमेलका संयुक्त उम्मेदवार र विकासप्रेमी यूवाप्रतिको आकर्षणका कारण पनि काँग्रेसमाओवादी उम्मेदवारको जुलुस १० गुणा धेरै भएको उनको धारणा छ । ‘उम्मेदवारी दर्ता नै जुलुसमय बनाउन तछाडमछाड देख्दा चुनापप्रति नै उत्साह लाग्यो’ उनले भने ‘कस्ले जित्ने छिनोफानो त १५/१६ तिर भईहाल्ला तर, यहि उत्सवलाई आधार मान्नेहो भने चाहिँ माओवादीले हजारौँ कार्यकर्ता उतारेर मनोबल उच्च राख्यो ।’

काममा पोख्रेल अगाडी

धुर्कोटमा लामो समयदेखि एमाले राजनीति हुँदै जनप्रतिनिधीसम्म भएका घिमीरे र जनयुद्धकालदेखि जिल्लामै विद्यार्थीको नेतृत्व गर्दै पार्टी राजनीतिमा प्रवेश गरेका भुपाल पोखरेल बिचको चुनावी प्रतिस्पर्धा छन् । दशक भन्दा बढी उमेर अन्तर भएका यी दुई प्रतिस्पर्धि दुवै निश्कलंक उम्मेदवार भएपनि कामको हिसावले भने पोख्रेल निकै अगाडी भएको स्थानीयको भनाई छ । ‘दुवैमा खोट छैन, तर यो बेला काम पनि हेर्ने बेला रहेछ’ धुर्कोट गाउँपालिका ६ का यूवराज पाण्डेले भने ‘एकपटक ईलाका सदस्य भईसकेको व्यक्ति र जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा आएका व्यक्तिको काममा पोखरेलको काम धेरै राम्रो छ ।’ उनले उम्मेदवार चुन्ने अधिकार जनताको आफ्नो स्वतन्त्रा भएपनि अहिले गाउँमा विकासको कामप्रति जनलहर चलेको बताए ।

पोखरेललाई छाडिदिने भण्डारी पनि संगसंगै

पहिला आफू गाउँपालिका अध्यक्ष उम्मेदवार उठेका नेपाली काँग्रेसका महेन्द्र भण्डारी पनि चुनावमा संगै हिँडेका छन् । उनले गाउँको मुहार फेर्न कस्सिएका यूवालाई जिताउन आफू पनि लागेको बताए ।े ‘हामीलाई राजनीतिक कुरा भन्दा पनि गाउँको विकास चाहिएको हो’ उनले भने ‘गाउँपालिकाको विकासका लागि राम्रो र जनप्रिय यूवालाई मैले साथ दिन पाउँदा खुसी छु ।’ भण्डारी काँग्रेसको तर्फबाट उम्मेदवार भई गाउँमा चुनाव प्रचार शुरु गरेपनि पछि माओवादीसंग तालमेलमा महत्वपूर्ण भूमिका निर्वाह गरी पोख्रेललाई प्रमुख पद छोडिदिएका हुन् ।

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

दुर्गा प्रसाई पक्राउ

काडमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।  असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।  प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । के थियो प्रकरण ?  आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ। गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।  

लोकप्रिय