माओवादी केन्द्रबाट प्रतिनिधि र प्रदेश सभाका उम्मेद्वारको विस्तृत विवरण

माओवादी केन्द्रबाट प्रतिनिधि र प्रदेश सभाका उम्मेद्वारको विस्तृत विवरण

काठमाडौं, कात्तिक १६ । नेकपा माओवादी केन्द्रले असन्न चुनाबमा पार्टीका तर्फबाट प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारी दिएका उम्मेदवारको विवरण सार्वजनिक गरेको छ ।

माओवादीका तर्फबाट प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार विवरण यसप्रकार छः

प्रदेश नं. १
जिल्ला प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवार
ताप्लेजुङ
१.(२) टंक आङबुहाङ

पाँचथर
१.(२) इन्द्र आङवो

संखुवासभा
१.(१) पूर्णप्रसाद राई

भोजपुर
१ सुदन किराँती

सोलुखुम्बु
१ हेमकुमार राई १.(१)

ओखलढुंगा
१.(२) मोहन खड्का

खोटाङ
१.(२) रामकुमार राई

इलाम
२.(२) धीरेन्द्र शर्मा

उदयपुर
१ सुरेशकुमार राई
१.(२) रामबहादुर थापा
२.(१) भेषकुमारी राउत

सुनसरी
२. डम्बर सुवेदी २.(१)
४.(२) मोहम्मद जाकिर हुसैन

झापा
१. सुरेन्द्र कुमार कार्की १.(१)
३. ३.(१) पूर्णसिंह राजवंशी
४ ४.(१) झलकसिंह दर्लामी

मोरङ
१.(१) कुलप्रसाद साम्वा
२.(१) गणेशकुमार उप्रेती
३.(१) गीता तिमिल्सिना
४. अमनलाल मोदी
५. शिवकुमार मण्डल
५.(१) देवेन्द्र कुमार गुप्ता
६.(१) जीवन आचार्य

प्रदेश नं. २
सप्तरी
१. अशोक कुमार मण्डल
१.(२) मोहमद सकिल मिया
२. उमेश कुमार यादव
२.(१) सरोज कुमार मण्डल
२.(२) महेन्द्र प्रसाद यादव
४.(१) शशीप्रसाद यादव

सिरहा
२. सुरेशचन्द्र दास
२.(१) जीवछ यादव
३.(१) रामकुमार यादव
४. अजयशंकर नायक
४.(१) दीलिप साह

धनुषा
१. मातृका प्रसाद यादव १.(१) रामचन्द्र मण्डल
२. रामचन्द्र झा
२.(१) नवल साह
३. रामसिंह यादव
३.(२) कामेश्वर प्रसाद महतो

महोत्तरी
१. गिरीराजमणि पोखरेल
१.(१) भरतप्रसाद साह
१.(२) राजु खड्का
४. रजी हैदर
४.(१) रामबाबु चौधरी

सर्लाही
२. दिनेश राय यादव २.(१)
३. रामेश्वर राय यादव ३.(१)
४. शिवपुजन यादव ४.(१)

रौतहट
१. सत्यनारायण भगत
१.(२) उपेन्द्र साह
२.(२) मनोज यादव
३. प्रभु साह
३.(२) कुन्दन कुशवाह
४.(१) देवेन्द्र पटेल

बारा
१.(२) स्लाम अन्सारी
२. शिवचन्द्र कुशवाहा
२.(१) गणेश साह
३. ३.(१) ज्वालाकुमारी साह
४.(२) उमेश कुशवाह

पर्सा 
१.(२) रहवर अन्सारी
२.(१) छोटेलाल यादव
४. उर्मिला अर्याल ४.(१)

प्रदेश नं. ३

दोलखा
१.(१) विशाल खड्का

रामेछाप
१. श्यामकुमार श्रेष्ठ १.(१)

रसुवा
१.(२) इन्द्रप्रसाद गोतामे

सिन्धुली
१.(१) लेखनाथ दाहाल (राजन)
२. हरिबोल गजुरेल
२.(२) बुद्धिमान माझी

सिन्धुपाल्चोक
१. अग्निप्रसाद सापकोटा
१.(१) युवराज दुलाल
२.(२) दावा लामा

काभ्रेपलाञ्चोक
१. गंगाबहादुर तामाङ
१.(१) रत्नप्रसाद ढकाल

भक्तपुर
१. मिलन सुवाल
१.(१) देवीप्रसाद ढकाल
१.(२) रोमन सिलाकार

मकवानपुर
१.(१) प्रेमबहादुर पुलामी
२. २.(१) कुमारी मोक्तान

नुवाकोट
१. हितबहादुर तामाङ
१.(१) राधिका तामाङ
२.(२) हिरानाथ खतिवडा

धादिङ
१.(२) शालिकराम जमरकट्टेल
२.(२) जगत सिम्खडा

ललितपुर
१.(१) लालकुमारी पुन
३. पम्फा भुसाल
३.(१) राजकाजी महर्जन

चितवन
३. पुष्पकमल दाहाल

काठमाडौं
१. अनिल शर्मा १.(१)
३.(१) रुद्र बराइली
६. झक्कुप्रसाद सुवेदी ६.(१)
८.(१) उमेश स्थापित
१०. हितमान शाक्य
१०.(१) दीलिप महर्जन

प्रदेश नं. ४

लमजुङ
१. देवप्रसाद गुरुङ १.(१)

म्याग्दी 
१.(१) विनोद के.सी.

पर्वत
१.(१) नेत्रनाथ अधिकारी

गोरखा
१. हरिराज अधिकारी
१.(१) लेखबहादुर थापा
२. नारायणकाजी श्रेष्ठ
२.(१) कमला नहर्की
२.(२) अमर बहादुर गुरुङ

तनहुँ 
१.(२) हरिबहादुर चुमान
२.(१) आशा कोइराला

स्याङजा
१.(१) दीपक चर्तिमगर

बाग्लुङ
१.(१) चन्द्रबहादुर बुढा
२. देवेन्द्र पौडेल

नवलपरासी पूर्व
१. भविश्वर पराजुली
१.(१) सूर्य न्यौपाने

कास्की
१.(१) दीपक कोइराला
२.(२) राजकाजी गुरुङ
३ ३.(१) रामजी प्रसाद बराल

प्रदेश नं. ५

अर्घाखाँची
१. टोपबहादुर रायमाझी १.(१)

प्यूठान 
१.(२) कृष्णध्वज खड्का

रोल्पा
१. वर्षमान पुन
१.(१) कुलप्रसाद के.सी.
१.(२) दीपेन्द्र कुमार पुन

रुकुम पूर्व
१. कमला रोका
१.(१) तेजबहादुर ओली
१.(२) पूर्ण बहादुर घर्ति

गुल्मी
१.(१) सुदर्शन बराल
२.(२) दिनेश पन्थी

पाल्पा
२.(२) वसन्त घर्ती

नवलपरासी पश्चिम
२. घनश्याम यादव २.(१)
२.(२) कन्हैया कहार

बर्दिया
१.(१) तिलकराम शर्मा
२. सन्तकुमार थारु २.(१)
२.(२) दिनेश थारु

कपिलवस्तु
१. चक्रपाणि खनाल
३.(२) जावेद आलम खान

दाङ
१.(१) इन्द्रजीत थारु
२. कृष्णबहादुर महरा २.(१)
३. ३.(१) जगप्रसाद शर्मा

बाँके
१. महेश्वर गहतराज
१.(१) कृष्णा के.सी.
२.(१) कामता खटिक
३.(१) इन्द्रप्रसाद खरेल

रुपन्देही
१.(२) दयाराम न्यौपाने
३. ३.(१) विश्वास बराल
४. ४.(१) सहबुद्धिन देवान
५. डिलाराम आचार्य ५.(१)

प्रदेश नं. ६

डोल्पा
१.(२) वीरबहादुर शाही

जुम्ला
१. गजेन्द्र महत
१.(१) नरेश भण्डारी

कालिकोट
१. दुर्गाबहादुर रावल १.(१)
१.(२) महेन्द्रबहादुर शाही

हुम्ला
१. छिमी लामा
१.(२) विजय भण्डारी

सल्यान
१. टेकबहादुर बस्नेत
१.(१) गणेश सिंह

जाजरकोट
१. शक्तिबहादुर बस्नेत

रुकुम पश्चिम
१. जनार्दन शर्मा
१.(१) रातो कामी
१.(२) गोपाल शर्मा

सुर्खेत
१.(१) ठम्मरबहादुर बिष्ट
२.(२) विन्दमान विष्ट

दैलेख
१.(१) धर्मराज रेग्मी

प्रदेश नं. ७
बझाङ
१.(२) देवकी मल्ल

डोटी 
१.(२) त्रिलोचन भट्ट

डडेल्धुरा
१. खगराज भट्ट १.(१)

बैतडी 
१.(१) प्रेमप्रकाश भट्ट

दार्चुला
१.(२) मानबहादुर धामी

अछाम
१.(२) झपड बोहरा
२. २.(१) अक्कल रावल

कञ्चनपुर
१. विना मगर
२. २.(१) महेश दत्त जोशी
३.(२) मानबहादुर सुनार

कैलाली
१.(२) नेपबहादुर चौधरी
२.(२) नन्दबहादुर सावद
३. गौरीशंकर चौधरी
३(१) वीरमान चौधरी
४. लेखराज भट्ट

पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा  विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी,  राप्रपाका चित्रबहादुर सोती लगायत रहनभएको छ। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा थालेको अभियानका कारण देशव्यापी जनाकर्षण बढेको बताउनुभयो ।

शिक्षकका माग समेटेर शिक्षा विधेयक पारित हुन्छ : अध्यक्ष प्रचण्ड

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा  समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ। नवज्योति माध्यमिक विद्यालय गोरखा नगरपालिका ७, डण्डीडाँडा, गोरखाको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। आफूले सरकारको नेतृत्व गरेको बेला असाध्यै मेहनत गरेर विद्यालय शिक्षा विधेयक ल्याए पनि अझै पारित हुन नसकेको उल्लेख गर्दै उहाँले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने बताउनुभयो ।  संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिए पनि आवश्यक कानुन र बजेटको अभाव रहेको उल्लेख गर्दै उहाँले राज्यको तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षा विधेयक पारित भयो र शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म बजेट छुट्याउन सकियो भने यो क्षेत्रलाई अघि बढाउन सकिने बताउनुभयो। आफूले निरन्तर देश र जनताका लागि नयाँ थालनी गर्ने गरेको उल्लेख गर्दै उहाँले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो अभियान निरन्तर अघि बढ्ने बताउनुभयो ।  सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्नुपर्छ भनेर अभियान चलाउँदा नै भ्रष्ट र बिचौलियाहरुले सरकारबाट हटाएको उल्लेख गर्दै उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको बताउनुभयो । गोरखा क्याम्पसको निरीक्षण यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले गोरखा ५ स्थित गोरखा क्याम्पसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसको भौतिक विकास र दरबन्दी थपका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

बजेटको बीस प्रतिशत शिक्षा क्षेत्रमा लगाउन आवश्यक : अध्यक्ष प्रचण्ड

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताउनुभएको छ। सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उहाले यस्तो धारणा राख्नुभएको हो। आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उहाँले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारिएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उहाँले ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगलेअघि बढाउँदा बिचौलिया र भ्रष्टहरुले सरकारबाट हटाएको बताउनुभयो । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उहाँले गोरखामो समग्र विकासका लागि सक्दो योगदान गर्ने बताउनुभयो ।

गोरखामा विभिन्न पार्टीबाट दजनौं माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डद्धारा स्वागत

गोरखा । गोरखामा विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश प्रवेश गरेका छन् । गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि.र डण्डी डाँडाको नव ज्योति मा.वि.को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन गोरखा आउनु भएका अध्यक्ष प्रचण्डले कार्यक्रममा सहभागी हुनुपूर्व गोरखा नगरपालिका वडा नम्बर ८ आमडाँडा गाउँमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने मुस्लिम अगुवासहित विभिन्न व्यक्तिलाई स्वागत गर्नुभएको हो । अध्यक्ष प्रचण्डले विश्राम कुवँर,धनबहादुर कुवँर, अब्दुर करिम मियाँ,नासिर मियाँ,रिवल बहादुर सुनुवार लगायत दजनौं सामाजिक व्यक्तित्वलाई खादा,माला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ 

लोकप्रिय