मोहना पुलदेखि शहिदगेटसम्म यति घर सडकभित्र परेका छन्
![मोहना पुलदेखि शहिदगेटसम्म यति घर सडकभित्र परेका छन्](https://everestdainik.prixacdn.net/media/albums/6_Line_Photo-1-e1516170996427_JuBCEcPwN5.jpg)
कैलालीमा निर्माणधीन मोहना–अत्तरिया ६ सडक योजना अन्तर्गत मोहना पुलदेखि शहिद गेटसम्म १ सय २४ घर सडकभित्र परेका छन् । योजना कार्यालयले गरेको अनुगमनका क्रममा उक्त संख्यामा घर भत्किने भएका हुन् । तर हालसम्म उक्त घरमध्ये कमैमात्र भत्किएका छन् ।
अहिले ६ लेन सडकको सामान्य कार्य बाहेक अन्य काम अगाडी बढ्न नसकेको मोहनापुल–अत्तरिया ६ लेन सडक योजनाका सव–इन्जिनीयर भुपेन्द्रसिंह बडालले बताए । यसैगरी सडक निर्माण कार्यमा अवरोध आएमा दुई वर्षभित्र ६ लेन सडक निर्माण कार्य सम्पन्न गर्न चूनौति रहेको सडक योजनाले जनाएले जनाएको छ ।
मोहना पुलदेखि शहिदगेट चटकपुरसम्मको सडकभित्र १ सय २४ घर भत्किने भनेर सडक योजनाले तथ्यांक समेत निकालेको समयमा सर्वोच्चले कार्य अगाडि नबढाउन निर्देशन दिएपछि अब योजना कार्यालय माघ ९ गतेको पर्खाइमा छ ।
केही दिनअघि सडकभित्र घर पर्ने १३ जना घर धनीले सर्वोच्चमा रिट दायर गर्दा सडक निर्माणको कामले गति लिन सकेको छैन । सर्वोच्च अदालतले सडकको निर्माण कार्य रोक्न निर्देशन दिएपछि निर्माण कार्य रोकिएको हो ।
सर्वोच्चमा रिट दायर हुनुअघि सडक योजनाले सडकभित्र पर्ने भौतिक संरचना हटाउन सुरु गरेको थियो । मोहना पुलदेखि शहिदगेट चटकपुरसम्मको सडकभित्र १ सय २४ घर भत्किने भनेर सडक योजनाले तथ्यांक समेत निकालेको समयमा सर्वोच्चले कार्य अगाडि नबढाउन निर्देशन दिएपछि अब योजना कार्यालय माघ ९ गतेको पर्खाइमा छ ।
चौराहा–चटकपुर क्षेत्रका १३ जना स्थानीयले हालेको मुद्दाको पेशी पुस २५ गते तोकिएको थियो । उक्त पेशी सरेर माघ २ गते सारिएको छ । मंगलबार दुवै पक्षका वकिलको बहस भएको र उजुरी दिने पक्षलाई उपस्थित गराउने गरि माघ ९ गते अर्को पेशी तोकिएको मोहना पुल धनगढी–अत्तरिया ६ लेन सडक योजनाका प्रमुख मनिषकुमार शाहले जानकारी दिए ।
सरकारले बि.सं २०३४ सालमा राजमार्गको चौडाई सडकको बीचको बिन्दुदेखि दायाँ–बायाँ २५–२५ मिटर कायम गर्ने राजपत्रमा नै उल्लेख गरेको छ । तर, घरधनीले भने संरचना भत्काउन विभिन्न बहाना गरिरहेको योजना कार्यालयको आरोप छ । चौराहादेखि भन्सार रोडसम्म अधिकांश स्थानीयले सडक क्षेत्रमा बनाएका संरचना आफै हटाएर सहयोग गरेका भए पनि चौराहादेखि चटकपुरसम्म भने संरचना हटाउने कार्यमा स्थानीयले अवरोध गरेका छन् । जसका कारण अहिलेसम्म पाँच प्रतिशतमात्रै निर्माण कार्य भएको सडक योजना कार्यालयका सव–इन्जिनीयर बडालले बताए ।
सरकारले बि.सं २०३४ सालमा राजमार्गको चौडाई सडकको बीचको बिन्दुदेखि दायाँ–बायाँ २५–२५ मिटर कायम गर्ने राजपत्रमा नै उल्लेख गरेको छ । तर, घरधनीले भने संरचना भत्काउन विभिन्न बहाना गरिरहेको योजना कार्यालयको आरोप छ ।
तत्कालिन धनगढी नगरपालिकाले सडकको बीच भागदेखि दाँयाबाँया २३ दशमलव ७ मिटरभित्रै घर नक्सा पास गरेकोले नक्सा पास गरि बनाइएका संरचना हटाउन नहुने भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेका छन् । बि.सं २०६१ सालमा सडक ७५ फिटको कायम हुने तत्कालिन नगरपालिकासँग सहमति भएको र उपमहानगरपालिकाले त्यस समयमा तोकेको सीमाना अनुसारकै संरचना बनाउनुपर्ने घर धनीहरुको माग छ ।
अदालतको आदेशपछि सडक क्षेत्र खाली गर्न नसक्दा आयोजनाको काम अझै ढिलाई हुने देखिएको छ । यो योजना डेढ अर्ब बराबरको लागतमा दुई बर्ष भित्र निर्माण गर्ने सम्झौता गरिएको छ । ६ लेन सडकको कुल लम्बाई १४ दशमलव २ किलोमिटर पुरै ६ लेन भने हुने छैन । भन्सार, बोराडाँडी ब्यारेक र गेटा जंगलमा गरि कुल ४ किलोमिटरमा भने ४ लेन मात्र बन्ने छ । ट्राफिक घनत्व कम भएका ठाउँमा करिब साढे १४ मिटर चौडाईको ४ लेन सडक रहने सडक योजनाले जनाएको छ ।
जसपाका पूर्व प्रदेश अध्यक्षसहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
फागुन । जसपा नेपाल प्रदेश नम्बर १ का पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट सयौं नेता कार्यकर्ता प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा जसपाका दमक नगरका पूर्व अध्यक्ष खेम दाहाल, उपाध्यक्ष अनिल तामाङ, दीपक न्यौपान सहित पूर्व प्रदेश सदस्यहरु, याम लावतीसहितका जसपका विभिन्न तहका नेता कार्यकर्ता, एमाले पूर्वजिल्ला सदस्य मेघप्रसाद दाहालसहित दमक नगर सदस्यसहितका विभिन्न तहका नेता कार्यकर्ता, क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला सदस्य गोविन्द भट्टराईसहितका नेता कार्यकर्ता, राप्रपाबाट इन्द्रबहादुर तामाङसहितका नेता कार्यकर्ता, कांग्रेसबाट राजेश ठकुरीसहित विभिन्न तहका नेता कार्यर्ता, रास्वपाका प्रेमप्रसाद दाहाल सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । दमन नगरपालिका वडा नम्बर ४ बाट मात्रै १२९ जनासहित पाँच सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र दमक नगर समितिले जनाएको छ । उहाँहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउनुभएको हो । अध्यक्ष प्रचण्डले केहीवेरमा खबरदारीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । आजै उहाँले विराटनगरमा पार्टीको प्रदेश बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ
सत्ता पक्षीय दलको बैठक बालुवाटारमा जारी
काठमाडौँ । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले जारी रहेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी छन् । बैठकमा विचाराधीन विभिन्न अध्यादेशहरूलगायत विषयमा छलफल भएको छ । यसअघि शुक्रबार एमाले र काँग्रेसका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न थियो ।
महान जनयुद्ध: एक टिप्पणी
अर्धसामन्ती शोषण र अर्धऔपनिवेशिक उत्पीडनबाट पिल्सिएका नेपाली जनताको वर्गीय,जातीय, क्षेत्रीय र लैङ्गिक असमानता र विभेदका विरुद्धको सचेत र संगठित पहलकदमी थियो- जनयुद्ध। स्वतन्त्रता र मुक्तिको वकालत गर्ने नेपाली जनतामाथि थोपरिएको सामन्ती, दलाल र नोकरशाही वर्गीय अत्याचार, आतंक र निरंकुश दमनका विरुद्धको जनविद्रोह थियो- जनयुद्ध। रोल्पा, रुकुम लगायतका देशका दर्जनौं जिल्लामा वैचारिक आस्थाकै कारण वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरुलाई समाप्त गर्ने उद्देश्यले शुरु गरिएको रोमियो अप्रेसन, कम्बिङ्ग अप्रेसन जस्ता जनदमन, झुट्ठा मुद्दा, जेलनेल, राज्यआतंक र निहत्था जनताको नरसंहारका विरुद्धको सशस्त्र जनप्रतिरोध थियो- जनयुद्ध। यो हिंसा थिएन- राज्यआतंक र नरसंहारका विरुद्धको जनप्रतिरोध थियो- जनप्रतिरोध !! जनयुद्ध नेपाली इतिहासमा नेपाली जनताको एक अद्दितिय त्याग, अकल्पनीय समर्पण र वलिदानको गौरवगाथा थियो- जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर बिहानीमा पुर्याउने मातृत्व प्रदान गर्यो। जनयुद्धले आफुलाई राजनीतिक परिवर्तनको आधार बनाउदै राजतन्त्रका विरुद्ध लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउन सकारात्मक योगदान गर्यो। फलस्वरूप नेपाली जनक्रान्तिले मौलिक रूपमा आफुलाई संयुक्त जनआन्दोलनमा विकास गर्दै संविधानसभाको बाटोमा अघि बढ्यो। आज जनयुद्धले नेपालको क्रान्ति र शान्ति प्रक्रियाको विशिष्ट र मौलिक बाटो पार गर्दै संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र यसको कार्यान्वयनको चरणमा विकास गरेको छ। परिवर्तनको यो प्रक्रियामा जनयुद्धको भुमिकालाई सहि ढंगले बुझ्ने, बुझाउने र यसका आदर्शलाई राजनीतिमा आत्मासाथ गर्ने कुराले राजनीतिलाई स्वार्थसिद्धीको हतियार र नाफाको व्यापार बनाउनबाट बचाउछ। उद्देश्यमुलक यात्रा र निष्ठापुर्ण समर्पणको लागि तयार बनाउछ। त्यसले म भन्छु, आउ सबैले एकसाथ भनौं:- * महान् जनयुद्ध- जिन्दावाद ✊ * महान् सहिद तथा वेपत्ता योद्धाहरू- लाल सलाम ✊ * जनक्रान्तिका घाइते तथा अपांग योद्धाहरू र सम्पुर्ण क्रान्ति योद्धामा- लाल सलाम ✊ * सहिद तथा वेपत्ता योद्धाका परिवारजनमा- हार्दिक नमन 🙏 * गणतन्त्र नायक अध्यक्ष क. प्रचण्ड लाल सलाम
सुनको मूल्य एक लाख ७० हजार नाघ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक लाख ७० हजार रुपैयाँ नाघेको छ । मंगलबार तोलामा ८०० रुपैयाँ बढेर एक लाख ७० हजार रुपैयाँमाथि पुगेको हो । सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७५ रुपैयाँ थियो । आज ३० रुपैयाँले घटेर एक हजार ९४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।