यस कारण चीन, उत्तर कोरियाको ढाल बनेर उभिन्छ

यस कारण चीन, उत्तर कोरियाको ढाल बनेर उभिन्छ
पिपल्स रिपब्लिक चाइना अर्थात् चीन एक यस्तो देश हो, जसको आफ्नो सानो उत्तर–पूर्वी छिमेकी देशको साथमा निकै गहिरो सम्बन्ध छ । यसको एउटा कारण दुवैबीच सम्पन्न दुई सन्धिमा गरिएको प्रतिबद्धता पनि हो ।

उत्तर कोरिया एक मात्र यस्तो देश हो, जसको चीनसित यस्तो सन्धि भएको छ । यसैअन्तर्गत दुवै राष्ट्रले एक–अर्कालाई सहयोग गर्नु जरुरी छ । जुलाई १९६१ म हस्ताक्षर भएको यस सन्धिमा जम्मा सात अनुच्छेद छन् ।

यसको दोस्रो अनुच्छेद निकै महत्वपूर्ण छ । यसमा लेखिएको छ– हस्ताक्षर गर्ने दुवै पक्ष संयुक्त रूपमा यसमा सहमत छन् कि कुनै पनि देशद्वारा हुने कुनै पनि आक्रामकतालाई रोकिनेछ ।

युद्धको स्थितिमा पनि सहयोग गर्नुपर्ने
यसमा अगाडि भनिएको छ कि यदि एउटा पक्षमाथि कुनै अर्को या कैयौँ अन्य राष्ट्र मिलेर आक्रमण गर्छन् र ऊ युद्धमा सामेल हुन्छ भने दोस्रो पक्षले यसलाई समाप्त गर्न तत्काल सैनिक र अन्य साधनबाट मद्दत गर्नेछ ।

संक्षिप्तमा यो बुझ्न सकिन्छ, यदि उत्तर कोरियामाथि अमेरिका या दक्षिण कोरियाले आक्रमण गरे भने चीनको भूमिका के हुन्छ ? भन्ने प्रश्नको जवाफ यही अनुच्छेदबाट अवश्यै प्राप्त हुन्छ । यस सन्धिअनुसार एक पक्ष दोस्रो पक्षको युद्धमा सामेल हुन बाध्य छ ।

चीन सामेल भएको थियो युद्धमा
यसका अतिरिक्त अरू पनि कैयौँ उदाहरण छन् । यस सन्धिभन्दा पहिले १९५० मा चीनले कोरियाली युद्धमा संयुक्त राष्ट्र संघको सेना उत्रिएपछि आफ्ना लाखौँ सैनिकलाई उतारेको थियो । उत्तर कोरियाको रक्षा र मध्यवर्ती क्षेत्रको आधारमा हेर्दा यो निकै ठूलो सैनिक सम्पत्ति थियो ।

यो सन्धि अहिले पनि अस्तित्वमा छ । यद्यपि जब यसमा हस्ताक्षर गरिएको थियो, त्यहाँदेखि यहाँसम्म चीनमा निकै ठूलो परिवर्तन भएको छ । सन् १९७६ मा चीनका शासक माओको मृत्युपछि यस देशले समाजवादको एक आदर्शवादी संस्करणको पालना गर्दै यसमा निकै ठूलो सुधार गरेको छ । यसैको परिणामस्वरूप आज चीनको प्रणाली निकै जटिल छ । यसको अर्थ व्यवस्था र भूराजनीतिक महत्व बढेको छ ।

उत्तर कोरियाबाट लगभग पूरैजसो निर्यात या त चीनका लागि हुन्छ या चीनको बाटो हुँदै हुने गर्छ । उसको ९० प्रतिशत सहयोग चीनबाटै आउँछ । चीन यस्तो एक्लो देश हो, जसको साथ उसको हवाई सम्पर्क र रेल्वे लाइनमा समेत छ ।

उत्तर कोरियाका लागि विषय निकै अलग भएका छन् । तीव्र प्रयासको बाबजुद पनि पछिल्ला तीन दशकमा नियन्त्रित सुधारमा निकै कम सफलता प्राप्त भएको छ ।

उत्तर कोरियाले चिनियाँ मोडल अपनाएन
२००० को सुरुवातमा चीनले उत्तर कोरियाका तत्कालीन शासक किम जोङ इलको स्वागत गरेको थियो । चीनले उनलाई सांघाईमा ‘स्पेसल इकोनोमिक जोन’ देखाएको थियो र उदाहरण दिएको थियो कि कसरी पुँजीवादी पश्चिमा देशको विनिर्माण र निर्यातलाई सेवा दिँदै माक्र्सवाद–लेनिनवादी प्रणालीलाई कायम राख्न सकिन्छ । चीनको यस प्रयासबाट उत्तर कोरियालाई कुनै सहयोग प्राप्त भएन । ऊ आफ्नो ‘जुसे’ विचारधाराअनुसार नै चलिरह्यो । यो एक राष्ट्रवादी विचारधारा हो, जसको उद्देश्य कुनै अर्काे मोडलको नक्कल गर्नुबाट रोक्नु हो ।

यसकारण उत्तर कोरियामा यस समय जुन बजार अस्तित्वमा छ, त्यो अत्यधिक सीमाबद्ध र देशको सैन्य उद्देश्य एवं शासनको सहायकको भूमिकामा छ ।

सोभियत संघ थियो संरक्षक
चीनको वर्तमानमा सबैभन्दा ठूलो शक्ति उसको व्यापार, सहायता र ऊर्जा हो । १९९१ मा जब सोभियत संघको विघटन भयो, तब उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण संरक्षक रातारात गायब भएको थियो । त्यसपछि उत्तर कोरियाको चीनमाथिको निर्भरता बढ्यो, जुन अब एकाधिकारका रूपमा उपस्थित छ ।

उत्तर कोरियाको ८० प्रतिशत तेल चीनबाटै आउँछ । कोइलाको आयात पनि चीनबाटै हुने गथ्र्यो । यद्यपि, उत्तेजक व्यवहारपछि पछिल्लो वर्ष जुलाईमा उसमाथि प्रतिबन्ध लगाइएको थियो । चीन आफ्नो यस सम्झौताका कारण आफू फसेको महसुस गर्ने गर्छ । उत्तर कोरियाले लगभग पूरैजसो निर्यात या त चीनका लागि हुन्छ या चीनको बाटो हुँदै हुने गर्छ । यसको ९० प्रतिशत सहयोग चीनबाटै आउँछ । चीन यस्तो एक्लो देश हो, जसको साथ उसको हवाई सम्पर्क र रेल लाइनमा समेत छ । (ब्राउन लन्डनस्थित किंग्स कलेजका प्राध्यापक हुन्)

– बिबिसी हिन्दी डट कमबाट

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

इजरायली आक्रमणका कारण हजारौंले लेबनान छाडे

काठमाडौं । बेइरूततर्फको सडकमा ठूलो जाम छ । सहरको नजिकै बम्परदेखि बम्परसम्मको ट्राफिक, मोटरवेमा लामो दूरीसम्म फैलिएको छ। धेरै मानिसहरू अझै दक्षिणबाट भागिरहेका छन्, जहाँ इस्रायली बमबारी रातभरि जारी छ।  सामान्य एक घण्टामा पुगिने सडकमा हजारौं गाडी सत्र घण्टादेखि जाममा छन् । एउटै मोटरसाइकलमा चार जनासम्म चढेर भागिरहेका छन् । इजरायले मुख्य सडकका ठाउँहरूमा बमबारी गरेका कारण यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही व्यवसाय खुलेका छन्, तर अरू बन्द छन्, भने विद्यालयहरू बमबारीबाट भाग्ने मानिसहरूलाई आश्रय दिने केन्द्रको रूपमा प्रयोग गरिएको छ। केही बासिन्दाहरूले इजरायली सेनाबाट आफूहरूलाई इरानद्वारा समर्थित समूहको स्थानहरू नजिक रहेका क्षेत्रहरू छोड्न एसएमएस र भ्वाइस मेसेजहरू पठाइरहेका छन् ।  टायरको दक्षिणी सहरमा मानिसहरू समुद्रकिनारमा हिँडिरहेका छन् भने आन्तरिक गाउँहरूमा हवाई आक्रमणबाट धुवाँ उठिरहेको छ । 

लेबनानमा इजरायली आक्रमणः कम्तीमा ४९२ जनाको मृत्यु, सोह्र सय बढी घाइते

काठमाडौं । लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी तीव्र र व्यापक इजरायली हवाई आक्रमणमा कम्तिमा ४९२ जना मारिएका छन् । इजरायली सेनाले सशस्त्र समूहले निर्माण गरेको पूर्वाधार नष्ट गर्नको लागि चलाएको अपरेशनमा सयौं रेकट प्रहार गरेपछि हजारौं परिवारहरू आफ्नो घर छोडेर भागेका छन्। सेनाका अनुसार हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ। विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गर्दै आएका छन् किनकि दुबै पक्षहरू सर्वव्यापी युद्धको लागि नजिक पुगेको देखिन्छ। लेबनानको स्वास्थ्य मन्त्रालयले मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको जनाएको छ भने १ हजार ६ सय ४५  जना घाइते भएको बिबिसीसले जनाएको छ ।  स्वास्थ्य मन्त्री फिरास अबियादले हड्तालका कारण हजारौं परिवार विस्थापित भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बढ्दो स्थितिमा चिन्ता व्यक्त गर्दै लेबनान ‘अर्को गाजा’ बन्न नदिन आग्रह गर्नुभएको छ । 

लोकप्रिय