यी हुन् बेलायत जान अन्तर्वार्ताका लागि छनोट भएका ७१ जना नर्स

यी हुन् बेलायत जान अन्तर्वार्ताका लागि छनोट भएका ७१ जना नर्स

काठमाडौँ । रोजगारीका लागि बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताको लागि बोलाएको हो ।

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायतबिच सम्झौता भएको थियो । सोही आधारमा विभागले १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरेको थियो । जसमा मागभन्दा कम नर्सहरूको मान्य आवेदन परेको थियो । अनलाइन आवेदन दिएकाहरूलाई तोकिएको मापदण्डको आधारमा प्रारम्भिक सूची प्रकाशित गरेको हो । उनीहरूलाई डिसेम्बर ४ देखि ७ तारिखसम्म अन्तर्वार्ताको लागि बोलाइएको छ । अन्तर्वार्ता लैनचौरस्थित बेलायती दूतावासमा हुनेछ ।

नर्सका लागि तोकिएको कडा मापदण्डका कारण थोरै आवेदन परेको थियो । बेलायतले आईएलटीएसमा सात ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो । जसमा पुरानाहरूको हकमा भाषागत समस्या देखिएको थियो भने नयाँमा कार्यानुभवको अभाव देखिएको थियो । अनलाइन मार्फत सात सय भन्दा बढीले रजिस्ट्रेसन गरेका थिए । तर, ७५ जनाको मात्रै मान्य कागजपत्र पेस गरिएको थियो । तिनीहरूबाटै विभागले ७१ जनाको प्रारम्भिक सूची तयार पारेको हो ।

गोरखापत्र संस्थानमा विभिन्न पदमा जागिरको अवसर

काठमाडौँ । गोरखापत्र संस्थानले लोक सेवा आयोगबाट स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका अनुसार रिक्त विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न इच्छुक नेपाली नागरिकहरूले संस्थानको वेबसाइटबाट दरखास्त फारम डाउनलोड गरी ए४ साइजको कागजमा प्रिन्ट गर्नुपर्नेछ । फारममा हालसालै खिचिएको पासपोर्ट साइजको ३ प्रति फोटो टाँसेर सम्पूर्ण विवरण भरी गोरखापत्र संस्थान, केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौँमा बुझाउन सकिनेछ ।

युट्युबबाट पैसा कमाउन चाहनुहुन्छ ? मोनेटाइजेशनका महत्वपूर्ण टिप्स र ट्रिक्स जान्नुहोस्

युट्युब च्यानल मोनेटाइजेशन टिप्स र ट्रिक्स युट्युबमा करियर बनाउने सपना धेरैको हुन्छ । तर, धेरै प्रयास गर्दा पनि कतिपयले युट्युबबाट कमाई गर्न सक्दैनन् । प्रश्न उठ्छ— केही व्यक्ति युट्युबबाट लाखौं कमाउँछन्, तर कतिपयको च्यानल मोनेटाइज नै हुँदैन ? यो लेखमा यसको जवाफ दिन्छौं । युट्युब च्यानल मोनेटाइज गर्न केही कुरामा ध्यान दिनुपर्छ ।  धेरैले युट्युबबाट मोटो कमाई गरिरहेका देखेर च्यानल खोल्छन्, तर मोनेटाइज हुन नसकेर कमाई पनि हुँदैन । कसैको च्यानल राम्ररी चल्छ, कसैको मोनेटाइज नै हुँदैन— यो किन ? यसको मुख्य कारण तपाईंको कन्टेन्ट र च्यानलको गुणस्तर हो । यदि तपाईं नयाँ च्यानल बनाउन चाहनुहुन्छ वा बनाइसक्नुभएको छ तर मोनेटाइज भएको छैन भने, यी कुरामा ध्यान दिएर सुरु गर्नुहोस् : सही विषय छान्नुहोस् सबभन्दा पहिले सही टपिक छान्नुहोस् । तपाईंले के बनाउन चाहनुहुन्छ भन्दा पनि दर्शकले के हेर्न रुचाउँछन्, त्यो महत्वपूर्ण छ । धेरैको चासो भएको र विज्ञापन मूल्य (ऐड भ्यालु) उच्च हुने विषयमा भिडियो बनाउनुहोस् । नेपाल र भारतमा टेक, फाइनान्स, शिक्षा र स्वास्थ्यसम्बन्धी भिडियोबाट राम्रो कमाई हुन्छ । मोनेटाइजेशनका शर्तहरू के हुन् ? च्यानलमा विभिन्न किसिमका कन्टेन्ट पोस्ट गर्दा दर्शक अलमलिन सक्छन् । मोनेटाइजेशनका लागि कम्तीमा ५०० सब्सक्राइबर र ३००० घण्टा वाच टाइम चाहिन्छ । यदि शर्ट्स अपलोड गर्नुहुन्छ भने, ९० दिनमा शर्ट्समा ३० लाख भ्यूज हुनुपर्छ । लामो फर्म्याटका भिडियो बनाउनुहोस् राम्रो वाच आवरका लागि ६ देखि १० मिनेटका लामो भिडियो बनाउनुहोस् । शर्ट्सलाई मुख्य रूपमा रिच (पहुँच) बढाउन प्रयोग गर्नुहोस्— यसले चाँडै सब्सक्राइबर र भ्यूज बढाउँछ । युट्युबले भ्यूजभन्दा वाच आवरमा आधारित कमाई दिन्छ । थम्बनेल बनाउँदा यी कुरामा ध्यान दिनुहोस् भिडियोले दर्शकलाई लामो समय बाँधेर राखोस् । थम्बनेलमा ३–४ शब्द मात्र लेख्नुहोस्, भावना (इमोसन) धेरै देखाउनुहोस् र टेक्स्ट कम राख्नुहोस् । टाइटल र थम्बनेलको संयोजन प्रभावकारी हुन्छ । उदाहरण: "iPhone 15 Review" को सट्टा "८०,००० को iPhone... यो गल्ती नगर्नुहोस्" जस्तो आकर्षक टाइटल प्रयोग गर्नुहोस् । निरन्तरता कायम राख्नुहोस् धेरैले एक–दुई भिडियो बनाउँछन् तर निरन्तरता राख्दैनन् । हप्तामा २–३ भिडियो अपलोड गर्नुहोस् र अपलोड समय एकै राख्नुहोस् । ६०–९० दिनसम्म यो जारी राख्नुभयो भने फाइदा हुन्छ । युट्युबले नयाँ च्यानललाई पहिले परीक्षण गर्छ, अनि मात्र प्रमोट गर्छ । सब्सक्राइबर कसरी बढाउने ? शर्ट्सलाई सब्सक्राइबर बढाउन प्रयोग गर्नुहोस् । लामो भिडियोबाटै छोटा शर्ट्स बनाउनुहोस् र कमेन्टमा लामो भिडियोको लिङ्क राख्नुहोस् । यसबाहेक SEO मा ध्यान दिनुहोस्— टाइटलमा कीवर्ड र डिस्क्रिप्सनको पहिलो दुई लाइनमा कीवर्ड राख्नुहोस् । कुनै सर्टकट छैन समग्रमा युट्युब मोनेटाइजेशनमा सर्टकट छैन । सही योजना र निरन्तर मेहनत चाहिन्छ । यदि ३–६ महिनासम्म सही दिशामा काम गर्नुहुन्छ भने, तपाईंको च्यानल सजिलै मोनेटाइज हुन्छ ।

विश्वविद्यालय सुधार्ने प्रधानमन्त्रीको संकल्प : कसैलाई बन्देज नहुने गरी त्रिविको उपकुलपतिमा खुल्यो दरखास्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने लगायत विभिन्न मापदण्ड तोकिएकी पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सूचना सच्याउन निर्देशन दिएका थिए । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डको विश्वविद्यालय सुधार गर्ने चाहान अनुसार विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन भएको हो । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गर्दै योग्य र इच्छुक जोसुकै उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने गरी सुचना जारी गरेको हो ।  

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी नियुक्तिका लागि आवेदन

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । अस्पतालले आठौंदेखि चौथो तहसम्मका लागि लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकले १५ दिनभित्र लिखित दरखास्त दिन सक्ने बताइएको छ ।

लोकप्रिय