रिङरोडको अतिक्रमण हटाइयो

रिङरोडको अतिक्रमण हटाइयो

काठमाडौं, भदौ १० । चक्रपथ सफाइको २० औँ हप्तामा आज चक्रपथको नारायण गोपाल चोकदेखि गोंगबु नयाँबसपार्कसम्मको मूल सडकका दायाँ बायाँ बनाइएका टहरा भत्काइएको छ । यो क्षेत्रको दायाँ बायाँ बालुवा, गिटी, ढुंगा, रडलगायत निर्माण सामग्री थुपारिएको थियो ।

टहरा भत्काउन महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्रनाथ खनाल, पूर्व श्रम तथा यातायात मन्त्री रबिन्द्र खनाल, काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दीपक केसी, संयुक्त राष्ट्र संघका लागि पूर्व नेपाली स्थायी प्रतिनिधि डा जयराज आचार्य, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन लगायत ८ सयभन्दा बढी अभियन्ताको सहभागिता थियो ।

चक्रपथ क्षेत्रको आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइ कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले राजधानी शहर काठमाडौँलाई सुन्दर बनाउन भाषण भन्दा काम गर्ने समय आएको बताए ।

आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २२४ औँ हप्तामा आज पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, न्यानो स्पर्श, पहिलो पाइला, नेपाल नदी संरक्षण संस्था, जीवन विज्ञान, हलेसी डेकोर, युरेसिया रेयुकाई, गायत्री परिवार, नेपाल विज्ञापन संघ, साया समूह, कुपण्डोल फ्रेण्ड्स् क्लब, प्राकृतिक प्रकोप नियन्त्रण, भूकम्प तथा दैवी प्रकोप संरक्षण संस्था, गुण हाउजिङ, ब्लु क्रस अस्पताल एम्बुलेन्स सहित लगायत २० संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मतीका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, वाग्मती अभियन्ताहरु अर्जुन धरेल, टंकराज आचार्य, नारायणकुमार श्रेष्ठ, हेमराज कार्की, मेघ आलेलगायत ५०० जनाको सफाइमा सक्रियता थियो ।

गुह्येश्वरी माथिको वाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले १८५ औँ हप्ताको सफाइ गोठाटार पहेँलो पुलमुनि र हनुमान वाटिका क्षेत्रमा गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० भन्दा बढीको उपस्थिति थियो ।

रुद्रमती सफाइको १८३ औँ हप्तामा आज रातोपुलदेखि शहिद मार्ग हुँदै सानो गौचरण–ज्ञानेश्वर हुँदै पुनः रातोपुलसम्म सफाइसहित जनचेतनामूलक घरदैलो कार्यक्रम गरियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वडा सदस्यसहित १५० भन्दा बढीको सहभागिता थियो ।

विष्णुमती सफाइको १५५ औँ हप्तामा आज मनमैँजु पुलमा जम्मा भई तारकेश्वर मन्दिरसम्म जनचेतनामूलक अभियान गरी मन्दिर परिसरमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ४०० भन्दा बढी सहभागी थिए ।

यसैबीच सकारात्मक मातृशक्ति आवाजले आलोकनगर मीनभवन क्षेत्रमा गरेको २० औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

तिलगंगास्थित वाग्मती नदी किनारमा तिलगंगा महिला समूहले आयोजना गरेको सफाइमा करिब एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

अर्को शनिबार २२५ औँ हप्ताको वाग्मती सफाइ सिनामंगल पुलस्थित वाग्मती नदी किनारमा गरिने सफाइ अभियन्ता नारायणकुमार श्रेष्ठले जानकारी दिए । रासस

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय