रिभर फल्स पावरको आईपीओ खुल्यो, कहिलेसम्म खुला रहने ?
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज बुधवारदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो ।
सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ ।
कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी रहेको २५ लाख ३८ हजार नौ सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
निष्कासित शेयरमा लगानीकर्ताले आजदेखि छिटोमा आउँदो जेठ ४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा मागअनुसार आवेदन नआए आउँदो जेठ ११ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ ।
कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बीबी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्कासन र बाँडफाँटसमेत गरिसकेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
१४ अंकले बढेको नेप्सेमा कारोबार पनि बढ्यो
काठमाडौं । मंगलबार आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको छ । नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ । आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ । यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ।
नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् । दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।
नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो । दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ । २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ ।