रुपान्तरण अभियान उद्घाटन गर्दै प्रचण्डले भने -‘माओवादी सवैभन्दा ठूलो पार्टी बन्नेछ'(पूर्णपाठ)

रुपान्तरण अभियान उद्घाटन गर्दै प्रचण्डले भने -‘माओवादी सवैभन्दा ठूलो पार्टी बन्नेछ'(पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र शान्तिको नेतृत्व गर्दै माओवादी केन्द्र सवैभन्दा ठूलो पार्टी बन्ने बताएका छन् । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको आज केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ वडामा भर्चुअल उद्घाटन गर्दैै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई पार्टी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनले विश्वाससमेत व्यक्त गरे ।

सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो । ‘माओवादी एकताबद्ध भए फेरी बलियो शक्ति बन्छ । इतिहासमै पार्टी कठिन अवस्थामा उभिएकाले विशेष अभियानले विचार र संगठन निर्माणमा महत्त्वपूर्ण हुने विश्वास लिएको छ’, उनले भने, ‘नक्कली शरणार्थी, ललिता निवास प्रकरण, सुन काण्डमा सरकारले चालेको निष्पक्ष कारबाही गरिएकाले सबैतिर प्रशंसा भइरहेको छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘मेरो बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्नेछु ।

समाजवादी आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नेछु ।’ उनले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई माओवादी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनको भनाई छ । सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो । उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे ।

उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे । सरकारले गरेका राम्रो कमबाट अत्तालिएकाले भ्रम छर्ने काम गरिरहेको उनको भनाइ छ । ‘एकाथरि मानिस परिवर्तनलाई उल्टो गतिमा हिँडाउन खोज्दैछन् । सरकारले गरेको राम्रो कामबाट अत्तालिएर विभिन्न भ्रम छर्ने काम भइरहेको छ । त्यसका विरुद्ध एकताबद्ध हुन सबैलाई आग्रह गर्छु’, उनले भने ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भको यो ऐतिहासिक अवसरमा यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु।
नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरुले पुनः शीर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा हामी यो अभियानको सुरूआत गर्न गइरहेका छौं। गत महिना सम्पन्न हाम्रो पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले देशको राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षालाई ठोस रूपमा सम्बोधन गर्न संगठन निर्माण र जनपरिचालनका कार्यक्रमहरू बनाई अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। पार्टीको सोही निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आज भदौ १६ गते देशका ६ हजार ७ सय ४३ वडाहरूबाट एकैसाथ अभियानको उद्घाटन भइरहेको छ। सर्वप्रथम म यो अभियान सफलताको शुभकामना दिँदै अभियानले पार्टीभित्र नयाँ उर्जा सिर्जना गर्ने र जनतासँगको सम्बन्धलाई पुनः बलियोसँग स्थापित गराउने विश्वास व्यक्त गर्दछु।

आदरणीय जनसमुदाय,

परिवर्तनको नेतृत्व गरेको हाम्रो पार्टी यतिबेला इतिहासकै चुनौतीपूर्ण अवसरका बीच खडा छ। इतिहासले हामीमाथि ठूलो जिम्मेवारी सुम्पेको छ। हाम्रो पार्टीको नेतृत्वमा भएको जनयुद्ध र १२ बुँदे समझदारीका आधारमा भएको जनआन्दोलनका बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्ने जिम्मेवारी इतिहासले हामीलाई सुम्पेको छ। परिवर्तनको रक्षा गर्दै संविधानमा उल्लेखित समाजवाद निर्माणको आधार खडा गर्ने, सुशासन, सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। हो, इतिहासको यही अत्यन्तै गम्भीर, संक्रमणकालीन र संवेदनशील जिम्मेवारी पूरा गर्ने मोडमा हामी छौं।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन गरिरहँदा मैले के देखेको छु भने सिंगो पार्टी एकढिक्का भएर अगाडि बढने हो भने हाम्रा अगाडि खडा भएका सबै चुनौती सामना गर्न सक्नेछौँ र पार्टीलाई देशकै बलियो र भरोसायोग्य पार्टीका रूपमा रूपान्तरण गर्न सक्नेछौं। समाजवादका आधार तयार पार्ने नयाँ चरणको आन्दोलनको नेतृत्व लिन पार्टीलाई सक्षम बनाउने अठोटका साथ यो अभियानले सफलता प्राप्त गर्ने मैले विश्वास लिएको छु।

आज हामी देशका सबै वडामा अभियानको नेतृत्व गर्दै भेला भएका छौँ। आजको दिन पार्टीको जीवनका लागि, देशको उज्ज्वल भविष्यका लागि र जनताका सपना पूरा गर्ने ऐतिहासिक दिनसमेत हुनेछ। जनसम्बन्धबाट पार्टी विमुख हुँदै जाने परिस्थितिसँगै सिर्जना भएको संकटलाई चिर्न समेत यो अभियानले नयाँ प्राणको काम गर्ने आशा हामीले लिएका छौँ। त्यसैले यो अभियानले एकातिर आजको युगको नेतृत्व गर्ने विचार निर्माणका लागि आधार तयार गर्नेछ भने अर्कोतर्फ त्यो नेतृत्वका लागि आवश्यक क्रान्तिकारी र सबल संगठनको निर्माण गर्नेछ। यसका साथै यो अभियानले जनतामाझ पुगेर आजको युगसापेक्ष अग्रगामी सभ्य राजनीतिक संस्कार र चिन्तनको समेत विकास गर्न मद्दत पुग्नेछ।

अहिले मेरो नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको छु। सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छ। एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ।

राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको छ। तर हामीले आफैले गरेका राम्रा काम पनि जनतासम्म पु¥याउन सकेका छैनौँ। यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीचको एकता सुदृढ गर्नेछ।

सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत् भएका अपराधकर्मको पर्दाफास गरेको छ। मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवम् स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अब्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निशुल्क शैयाको व्यवस्थादेखि स्वास्थ्यक्षेत्रमा सुधार र सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रसंशा भइरहेको छ।

जनयुद्धका शहीद घोषणालाई राजपत्रमा प्रकाशन गर्नु र बाँकी रहेकाहरूलाई शहीद घोषणा, जनयुद्ध दिवसमा दिइएको सार्वजनिक विदा लगायतका निर्णयहरूले राजनीतिक आन्दोलन र परिवर्तनमा योगदान गर्नेहरूको सम्मान भएको छ। लघुवित्त पीडितहरूको आन्दोलनलाई सरकारले सम्बोधन गर्न पहल गरेको, इतिहासमा पहिलो पटक पाठ्यपुस्तक समयमै विद्यालयहरूमा पठाइएको, किसानहरूलाई रासायनिक मल समयमा उपलब्ध गराइएको, बिपन्न र असहायका निम्ति निशुल्क स्वास्थ्य सेवा प्रभावकारी तुल्याइएको, आर्थिक सुधार लगायतका कामहरूले सरकारको संकल्प र प्रतिवद्धता व्यवहारमा रूपान्तरण भएको छ।

वित्तीय तथा मौद्रिक नितीको सन्तुलनमार्फत् निजि क्षेत्रलाई समेत विश्वासमा लिई सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको छ। उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार, अर्थतन्त्रका सूचकांकहरू सकारात्मक दिशातर्फ उन्मुख छन्। २०८० असार मसान्तसम्म शोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ।

विदेशी विनिमय सरुञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २६।६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्रुन पुग्ने अवस्था रहेको छ। विप्रेषण आयमा २१।२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको छ। जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलाउने निर्णय भएको छ। यही भाद्र ११ गते मात्रै नेपाल राष्ट्रबैंकले लचिलो वजार नीति अनुसार चालुपुँजी कर्जासम्वन्धी मार्गदर्शन संशोधन गरेको छ। यसबाट उद्योग, व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्वि र बजारमा आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यसैगरी सरकारले चालेका जनमुखी कदमहरूले जनतामा परिवर्तनप्रति असन्तोष बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने तथा प्रमुख राजनीतिक दल र नेताहरूलाई बदनाम गरी राष्ट्रलाई नै असफल बनाउने षडयन्त्रहरूलाई गतिलो जवाफ दिएर जनतामा आशा जगाएको छ। जनतामा “अब चाँहि केही हुन्छ” भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार भएको छ। यो आजको कामको परिणाम मात्र नभई नेपाली जनताको न्याय र मुक्तिको उद्देश्यमा आधारित महान जनयुद्ध र जनआन्दोलनको क्रममा खाएको मुक्ति या मृत्युको सपथ र नयाँ परिवेशमा हामीबाट गरिएको संकल्पको निरन्तरता हो।

“दृढ इच्छाशक्तिका साथ अभेद्य सङ्कल्प गरे के हुँदैन र” भन्ने मान्यता आज व्यवहारमा पुष्टि भएको छ। सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा वर्तमान सरकारले गरेका कामहरूले पार्टीको आन्तरिक जीवनमा देखिएका आशंका र अविश्वासहरू पनि मेटाउँदै एकतालाई सुदृढ गर्न सहयोग पु¥याएको छ। देशभरिका जनता र कमरेडहरूमा आशा र उत्साह बढेको छ। अभियानका क्रममा यी सबै विषयहरु जनतामाझ सम्प्रेषण गर्ने र जनताका आशा, अपेक्षा, आलोचना, सुझाव तथा प्रतिक्रियालाई ग्रहण गर्दै सुशासन र सामाजिक न्यायका पक्षमा सरकारले चालेको अभियानलाई अझै सशक्त बनाइनेछ।

कमरेडहरू,

यी उपलब्धीका बाबजुद परिवर्तनलाई नरूचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्वहरूले सरकारविरूद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने, यो वा त्यो रूपमा सरकारका कामको प्रशंसा र चर्चाबाट जनताको ध्यान विमुख गर्ने षड्यन्त्रहरू भइरहेका छन्। सरकारलाई काम गर्न नदिन बिभिन्न कोणबाट भइरहेका यी हर्कतहरू गलत त छन् नै, तर, यो घेराबन्दीले झनै जिम्मेवार ढंगले सबल, सक्षम भएर क्रान्तिकारी आन्दोलनमा अविचिलित रूपमा अघि बढ्नैपर्ने कार्यभार समेत हाम्रोसामु थपिदिएको छ। त्यसैले हाम्रो अस्तित्व हामीमा नै निर्भर छ भन्ने कुरा विर्सिनु हुँदैन। हामीले कस्तो विचार विकास गर्छौं, हामीले कस्तो संगठन निर्माण गर्छौं, हामीले जनताका मुद्दाहरूलाई के–कसरी र कुनस्तरमा उठान गर्छौ, हामीले आफ्ना कमजोरीप्रति कस्तो आत्मालोचना र आत्मसमीक्षा गर्छौ, हामीले हाम्रा राम्रा कामहरूको प्रचार के कसरी गर्न सक्छौं भन्ने जस्ता कुराले हाम्रो र सिङ्गो कम्युनिस्ट आन्दोलन एवम् समाजवादी क्रान्तिको आधार तयार पार्ने आन्दोलनको भविष्य निर्भर गर्दछ। वर्तमान सरकारले गरेका लोकप्रिय र जनमुखी कामहरूबारेमा आमपार्टी पंक्ति र जनतामाझ व्यवस्थित प्रचार प्रसार गर्न नसक्दा भ्रमपूर्ण प्रचार गर्नेहरूले ठाउँ पाएकाले सरकारबाट भएका कामहरूलाई एकीकृत माध्यमबाट जनताका बीचमा पुर्याउन सिङ्गो पार्टी एकजुट भएर लाग्न जरूरी छ। यी कामलाई जनतामाझ स्थापित गर्ने जिम्मेवारी र चुनौतीसमेत तपाई हाम्रासामु छ।

मैले केन्द्रीय समितिको बैठकमा समेत यो कुरामा विशेष जोड दिँदै तीन महिने अभियानका माध्यमबाट हाम्रो पार्टी आठौं महाधिवेशनको मूल स्पिरिटका आधारमा विचारको विकास, संगठन निर्माण र सांस्कृतिक रुपान्तरण गर्न सक्षम हुने विश्वास व्यक्त गरेको थिएँ। पार्टीको आठौं महाधिवेशनमा हामीले नयाँ परिस्थितिले निम्त्याइरहेको नयाँ संकटको सामना गर्न सर्वाधिक महत्वको कुरा वैचारिक–राजनीतिक स्पष्टता कायम गर्ने निष्कर्ष निकालेका थियौँ। आठौं महाधिवेशनको दस्तावेजमा सांस्कृतिक रूपान्तरणका लागि हाम्रो आजको अवस्था सुहाउँदो सांस्कृतिक क्रान्तिको प्रक्रिया अगाडि बढाउनुपर्ने प्रस्ताव गरिएको छ। यस दृष्टिबाट समाजवादको आधार तयार पार्नका लागि निश्चित योजनासहित सबै नेता र कार्यकर्ताहरू जनतासँग जोडिएर उत्पादन कार्यमा सहभागी हुनुका साथै सामूहिकरूपमा विचार, संस्कृति र समाजवाद निर्माणको विषयमा गम्भीर बहस छलफलको प्रक्रियाबाट अगाडि बढ्न जरूरी छ।

अभियानका क्रममा हामीले सबै जनताका घरमा पुग्ने योजना निर्माण गरेका छौँ। यसको अर्थ हामी लाखौं जनतासँम्म पुग्नेछौँ। जनताका कुरा सुन्नेछौँ। जनताको सुझाव र आलोचना ग्रहण गर्नेछौँ। हिजो अत्यन्तै भीषण संघर्षका कठिन क्षणमा हामीलाई जनसमुदायले विश्वास गरेर साथ दिएकै कारणले हाम्रो आन्दोलनले सफलता प्राप्त गरेको हो। आज जनतासँगको सम्बन्ध कमजोर भएको स्थिति छ। तर, विर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनको पक्षमा छन्, जनता समृद्धि चाहन्छन् र जनता सुशासन चाहन्छन्। अनि यो सँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ – नेपाली समाजको परिवर्तन र रूपान्तरण केवल माओवादीले मात्रै गर्न सक्छ। माओवादीकै नेतृत्वमा मात्रै समृद्ध नेपाल सम्भव छ। तसर्थ कमरेडहरु, जनतासँग हामीले भन्न सक्नुपर्दछः हाम्रा गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौँ, हामी सुध्रिन चाहन्छौँ, त्यसका लागि अभियानसहित तपाईहरूको घरदैलोमा छौँ। कमरेड लेनिनले भन्नुभएको छ, ‘‘यदि तपाई इमान्दार हुनुहुन्छ भने आलोचनाबाट डराउनु हुन्न, बरु जहाँ–जहाँ जनता छन्, त्यहाँ गएर काम गर्नुपर्दछ। र आफूलाई रूपान्तरण गर्नुपर्छ। इमान्दार मानिसले मात्रै साँचो अर्थमा वास्तविक आत्मालोचना गर्न सक्छ।

आदरणीय जनसमुदाय एवं कमरेडहरू,

हामीले अभियानका क्रममा स्थानीय सन्दर्भमा समेत सुशासन, सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच र सामाजिक न्यायसहितको विकासका लागि जोड दिन जरूरी छ। अहिले स्थानीय तहहरू केही श्रोत र साधनबाट सम्पन्न छन्। प्रदेशहरूमा आफ्नै सरकार निर्माण भएका छन्। हाम्रै संघर्षको फलस्वरूप केन्द्रीकृत राज्यसत्ता विकेन्द्रीत भई संघीयता कार्यान्वयनको तहमा गएको छ। तर स्थानीय तह र प्रदेशहरूले जनताको अपेक्षाअनुरूप जनताका मुद्दाहरूको सम्बोधन गर्न सकेनन्, सुशासन कायम गर्न सकेनन्, विकास निर्माणका कामहरु अघि बढाउन सकेनन् र सामाजिक न्याय कायम गर्न सकेनन् भने यसको बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्ने तत्वहरूले टाउको उठाउने मौका पाउनेछन्। त्यसैले अभियानकै क्रममा स्थानीय तहमा समेत जनतासँग जोडिएका सुशासन, सामाजिक न्याय र विकासका कामहरूमा पार्टीले विशेष चासो दिन जरूरी छ।

मैले बारम्बार भन्दै आएको छु– अबको हाम्रो लडाईं स्थायित्वका निम्ति, समृद्धिका निम्ति, विकासका निम्ति हो। किनकि सर्वत्र हामीले विरासतमा राम्रो चीज प्राप्त गरेका छैनौं, यहाँ बेथितिको डङ्गुर छ। कुशासनका चाङ छन्, ठूला ठूला सेटिङहरू छन्। यी बेथितिहरूलाई सच्याउने, सेटिङहरू भत्काउने र देशलाई साँच्चै नै सुसंस्कृत, सभ्य र समृद्ध बनाउने लडाईंमा हामी छौँ। सरकारको नेतृत्वको नाताले मैले यो चुनौतीलाई स्वीकार गरेको छु। अब यसलाई गन्तव्यमा पु¥याउन सोहीअनुरूपको बलियो र क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता रहेको मैले केन्द्रीय समिति बैठकमा समेत उल्लेख गरेको थिएँ। त्यसैले यो तीन महिने अभियानले सरकारले अघि बढाएको पहलकदमी र पार्टीले अघि सारेको अभियानलाई लक्ष्यमा पु¥याउन ठोस भूमिका खेल्नेछ। यहाँहरू यही स्पिरिट र क्रान्तिकारी भावनाले जनतामाझ जानुहुनेछ, बलियो क्रान्तिकारी र सबैको भरोसाको माओवादी पार्टी निर्माण गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वास लिएको छु।

कमरेडहरू,

अहिले अभियानका क्रममा हाम्रो सक्रियता र जनतामाझ हामी पुग्ने अवस्थाले राजनीतिक प्रणालीप्रति जनताको गुम्दै गएको विश्वासलाई समेत फर्काउने र रूपान्तरणका लागि उर्जा प्राप्त गर्ने अवस्था सिर्जना हुनेछ। कमरेड लेनिनले भनेझैँ अत्यन्त उन्नत सिद्धान्तको आधारमा चल्ने पार्टीले मात्रै जनताको नेतृत्व गर्न सक्छ। अहिले नेपाली समाजको नयाँ चरणको क्रान्ति अर्थात समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो पार्टी यही अग्रदस्ता बन्नुपर्ने अनिवार्यता रहेकोमा पुनः जोड दिन चाहन्छु।

नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको छ। पहिलो संगठित राजनीतिक आन्दोलन २००७ साल वरिपरि सम्पन्न भयो। यसले राणाशासन समाप्त ग¥यो। दोस्रो महत्वपूर्ण आन्दोलन २०४६ सालको हो, जसले निरङ्कुश पञ्चायती व्यवस्था समाप्त गर्यो। तेस्रो १० वर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनको अवधि थियो। जसको बलमा राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना भयो।

अब नयाँ अर्थात् समाजवादको आधार निर्माणको चरणमा नेतृत्व गर्ने नयाँ राजनीतिक शक्ति आजको आवश्यकता हो। हाम्रै पार्टीले नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको समग्र पुनर्गठन र एकीकरणको नेतृत्व गर्नुपर्छ। यसका लागि कम्युनिस्ट आन्दोलनलाई युग, समय, चेतना र नयाँ पुस्ताको सपनाहरूसँग एकाकार गर्न सक्नुपर्दछ। साधारण नेतृत्वले पार्टी बनाउँछ। साधारण नेतृत्वले सरकार बनाउँछ। साधारण नेतृत्वले चुनावको पनि नेतृत्व गर्छ। तर, विशेष नेतृत्वले मात्रै आन्दोलन बनाउँछ, इतिहास बनाउँछ र बनाउँछ नयाँ युग। त्यसका लागि हामीले आफ्नै पुनर्गठन, सबलीकरण र रचनात्मक रूपान्तरण गर्नुपर्दछ। अनि मात्र यो पार्टीले नयाँ वैचारिक र राजनीतिक संश्लेषणको आधारमा समग्र वामपन्थीहरूको एकता र सुदृढीकरणको नेतृत्व गर्नसक्छ। युगको नेतृत्व गर्ने यो अवसरलाई गुम्न दिनुहुँदैन।

कमरेडहरू,

मैले बारम्बार भन्दै आएको छु, मेरो जीवन संघर्ष र आन्दोलनभन्दा पर छैन। देश र जनताप्रति सर्मपित हुँदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्नेबाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन। जीवनको युवा अवधिदेखि मेरो पूर्ण समय क्रान्ति, परिवर्तन र जनताका पक्षमा बित्यो। अब जनताले चाहेको सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा गरेको छु। हिजो क्रान्तिको क्षणमा होस् या आज शान्तिको क्षणमा होस्, मेरा हरेक पाइला, हरेक क्षण, हरेक समय देश र जनताकै पक्षमा बितेको छ। मेरो नेतृत्वले नेपाली समाजमा के–कति परिवर्तन ल्यायो वा ल्याएन, यसको समीक्षा जनता र इतिहासले गर्ने नै छन्। मैले यो पनि भन्ने गरेको छु, अबको मेरो बाँकी जीवन नेपाली समाजको चरित्र अनुरुप वैज्ञानिक विचारको विकास गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्नेतर्फ केन्द्रीत हुनेछ। समाजवादी क्रान्तिको तयारी गर्ने हाम्रो संकल्पसँगै हाम्रो काँधमा इतिहासले एउटा ठूलो जिम्मेवारी दिँदैछ। त्यसैले यो तीन महिने अभियान इतिहासले सुम्पेको यो जिम्मेवारीको ठोस आधार तयार पार्ने समयसमेत हो। हामीले अभियानमार्फत कस्तो विचारको विकास गर्छौं र कस्तो पार्टी निर्माण गर्छौं भन्ने कुरामा हाम्रो भविष्य, हाम्रा लाखौं नेता र कार्यकर्ताको भविष्य समेत निर्भर छ। तसर्थ, यो अभियानका क्रममा तपाइका हरेक पाइला, सोँच, चिन्तन, कार्यशैली समय हामी सबैको, नेपाली जनताको र विश्वका श्रमजीवी जनताको भविष्य निर्माणमा अघि बढ्नेछन् भन्ने विश्वास लिएको छु।

आदरणीय जनसमुदाय,

पार्टी रुपान्तरणको यो विशेष अभियानमा हामी तपाईको घरदैलौमा आउँदैछौं। मलाई राम्रैसँग बोध छ– माओवादी आन्दोलनसँग यहाँहरुको विशेष आत्मीयता छ, विशेष अपेक्षा छ र केही असन्तुष्टि पनि। अहिले माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनेपछि यहाँहरुमाझ अब केही हुन्छ, श्रमजीवि जनताले देखेको सपना पुरा हुन्छन्, शोषण र विभेद अन्त्य भई सामाजिक न्यायसहितको समाजको स्थापना हुन्छ भन्ने आशा पुनः पलाएको छ। सरकारले गरेका सुशासनमुखी कामबाट राजनीतिप्रति नै भरोसा जागेको छ। हामी वाचा गर्दछौं, हाम्रा कदमहरु अग्रगमनबाट विचलित हुने छैनन्। जनताले देखेका सपना, जनताका अपेक्षा पुरा गर्ने दिशामा हाम्रो राजनीति र हाम्रो संगठन गतिशील हुनेछ। कतिपय गल्ती, कमजोरी रहेपनि इतिहासबाट पाठ सिक्दै यो अभियानमार्फत हामी जनताको बलियो, क्रान्तिकारी र भरोसायोग्य पार्टी बन्ने छौं। अभियानका क्रममा यहाँहरुको रचनात्मक र उर्जाशील सहभागिताका लागि हार्दिक अपील गर्न चाहन्छु।

अन्त्यमा, सम्पूर्ण कमरेडहरू केन्द्रीय समितिको स्पिरिट र निर्णयअनुसार तोकिएको जिम्मेवारी र कार्यक्षेत्रमा खटौं, पार्टी र जनताबीच नङ–मासुको सम्बन्ध स्थापित गरौं। घेराबन्दी र चुनौतीहरू छिचोल्दै सकारात्मक भाष्य र सुनौलो भविष्य निर्माणमा केन्द्रित होऔं। समाजवादको भविष्य उज्ज्वल छ, हाम्रो जीत सुनिश्चित छ। धन्यवाद, अभिवादन।

कीर्तिपुरमा जित सुनिश्चित बनाउँदै माओवादी

कीर्तिपुर । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले जित सुनिश्चित बनाएको दावी गरेको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको बताइएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले नै आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गरेपछि माओवादीको जित थप सुनिश्चित भएको हो । माओवादीले मेयरमा प्राडा शिवशरण महर्जन र वडा अध्यक्षहरुमा १ नम्बरमा सरलगोपाल महर्जन र ४ नम्बरमा इन्जिनियर नारायण विष्टलाई अघि सारेको छ । धनबहादुर महर्जनका अनुसार दुवै वडा अध्यक्षको जित पनि सुनिश्चित भइसकेको छ ।   यसअघि माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीले समर्थन गर्दै साझा प्रतिवद्धता जारी गरिसकेका छन् । यस्तै डा.शिवशरणलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् ।  करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण पनि यसपटक उनीप्रतिको समर्थन बढ्दो छ । कीर्तिपुरका स्थानीय बासिन्दासमेत रहेका जसपाका पोलिटव्यूरो सदस्य पञ्चलाल महर्जन यस पटक कीर्तिपुरबासीले प्राडा शिवशरण महर्जनलाई जिताउनेमा आफूहरु विश्वस्त रहेको बताउँछन् । उनले यसअघि कीर्तिपुरको मेयरमा कांग्रेस र एमालेका उम्मेदवारले जितिसकेको र उनीहरुले जनता र कीर्तिपुरका लागि कुनै राम्रँे काम गर्न नसकेकाले यस पटक जनताले विकल्प खोजेको बताए । उनका अनुसार विगतमा कुनै पदमा नरहे पनि कीर्तिपुरका लागि शिक्षा, खानेपानी, यातायात, स्वास्थ्य र सामाजिक क्षेत्रमा धेरै राम्रा काम गरिसकेका, अति इमान्दार र निस्कलंक शिवशरण महर्जनलाई यसपटक मेयरमा जिताउने कीर्तिपुरबासीको अठोट छ । शिवशरणले अघि सारेका एजेण्डा र आफू जितेमा तलव भत्तासमेत समाजसेवामा लगाउने घोषणाले जनतालाई उत्साहित बनाएको उनको भनाई छ ।  यसैगरी कीर्तिपुरकै बासिन्दा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेश शाही पनि कीर्तिपुरको मेयर र वडा अध्यक्षमा आफूहरुको समर्थनमा माओवादीले अघि सारेका उम्मेदवारले जित्ने ठोकुवा गर्छन । उनले यसअघि पटक पटक अवसर पाउँदा पनि कांग्रेस र एमालेले कुनै काम नगरेकाले यसपटक काम गर्ने उम्मेदवार रोज्नुपर्ने जनताको मत रहेकाले माओवादीका उम्मेदवारले जित्ने दावी गरे । शाहीले आफूहरु शिवशरण जिताउन जनताको घरदैलोमा जाँदा पाएको समर्थनलाई हेर्दा पनि ठूलो मतान्तरले शिवशरणको टिमले जित निकाल्नेमा ढुक्क रहेको बताउछन् ।  कीर्तिपुरमा चुनावी अभियानको सुक्ष्म विष्लेषण गरिरहेका नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष निलकण्ठ तिवारी पनि यसपटक मेयरमा प्राडा शिवशरण महर्जनले करिव २ हजार मतान्तरले जित्ने विष्लेषण सुनाउँछन् । उनका अनुसार शिवशरणसँग प्रतिस्पर्धा कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको भए पनि कांग्रेसभित्रैवाट बागी उठेका ४ जना स्वतन्त्र उम्मेदवारमा भोट बाँडिँदा उनको विगतमा पाएको मत ९ हजार ४३ मा झण्डै आधा घट्ने छ । विगतमा उनलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसले कीर्तिपुरमा उपमेयर जितेको छले अहिले माओवादीलाई समर्थन गरेकाले कांग्रेसको २ हजार मत त स्वतः घटने देखिन्छ । त्यसबाहेक कांग्रेसका बागी स्वतन्त्र उमेदवार कविकुमार महर्जन एक्लैले कांग्रेसको १ हजारभन्दा बढी मत काट्ने छन् । कांग्रेसले मेयर जित्दा पनि कुनै काम गर्न नसकेको जनताको गुनासो सुनिएकाले यस पटक कांग्रेसले ५ हजार मत कटाउन नसक्ने स्वतन्त्र विष्लेषण छ ।  विष्लेषक तिवारीका अनुसार विगतको चुनावमा ५ हजार ५ सय ७ मत ल्याएको एमालेले पार्टीभित्रका ३ जना वागी उम्मेदवार मैदानमा खडा हुनु, पार्टीभित्र तीब्र मतभेद हुनु र विगतमा एमाले अध्यक्ष ओलीविरुद्ध गाली गलौजमा उत्रिएका सुरेन्द्र मानन्धरले टिकट पाउनु जस्ता कारणले ४ हजार मत कटाउन हम्मे हम्मे पर्ने देखिएको छ । विगतमा एमालेको राजनीतिमा रहेका राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेका कार्यकर्ताहरु नै उनको प्रचारमा खटेको देखिन्छ । स्थानीय सरकारको पहिलो निर्वाचनमा कीर्तिपुरमा मेयर जितेको एमालेले नगरपालिकामा बेथिति भित्र्याउँदा कीर्तिपुर धेरै पछि परेको छ । यस्तो अवस्थामा जनताले फेरि एमालेलाई भोट दिने रुची देखाएका छैनन ।  कीर्तिपुरको मेयर पदको प्रतिस्पर्धामा १० जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । यी मध्ये राजमान मानव र कविकुमार महर्जनको प्रचार शैली आक्रामक देखिएको छ । अन्य उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् । कुनै पनि स्वतन्त्र उम्मेदवारले २ हजार मत नकटाउने अर्का विष्लेषक डा.चन्द्रकान्त पौडेलको विष्लेषण छ । उनले पनि यस पटक गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्ह लिएका माओवादीका उम्मेदवार प्राडा शिवशरण महर्जनले कीर्तिपुरको मेयरमा र वडा न १ मा शरल योपाल र ४ मा इन्जिनियर नारायण विष्टले बाजी पार्ने विष्लेषण सुनाए ।

बीआरआई र नयाँ विश्व व्यवस्था: पश्चिमी प्रभुत्वको विकल्प ?

पछिल्ला दुई शताब्दीमा पश्चिमी राष्ट्रहरूले अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्रमा आफ्नो पकड मजबुत बनाए। यो पकड खासगरी औपनिवेशिक शासन, वैश्विक वित्तीय संस्थाको स्थापना, र सहायता कूटनीतिको माध्यमबाट स्थापित भयो। यसले अफ्रिका, ल्याटिन अमेरिका, र एशिया–प्रशान्तका देशहरूलाई सहयोग र आधुनिकीकरणका नाममा आर्थिक निर्भरता र विकासको सट्टा असमानताको चक्रमा फँसाउन प्रेरित गर्‍यो। यही सन्दर्भमा चीनले नयाँ विश्व व्यवस्थाको वैचारिक आयाम भन्दै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अघि सारेको छ। विकासशील देशहरूका लागि नयाँ विकल्पका रूपमा प्रस्तुत भएको बिआरआई विश्वव्यापी पूर्वाधार र आर्थिक सहकार्य परियोजना हो। यो केवल आर्थिक पहल नभई बहुध्रुवीय विश्व व्यवस्था निर्माण गर्ने एउटा प्रयास हो, जसमा साझा समृद्धि र परस्पर सहकार्यलाई प्राथमिकता दिइएको छ। गत महिना अफ्रिकाका चार दर्जनबढी राष्ट्रप्रमुखहरु चीनमा भेला भए । उनीहरुको सामूहिक आवाज थियो- हिजो उपनिवेशविरुद्ध सँगै लड्यौ अब साझा मानव भविष्य र समृद्धिका लागि सँगै अघि बढ्छौ । उनीहरुको तात्पर्य विकास र आधुनिकीकरणका नाममा हिजो पश्चिमी देशहरुले जसरी तेश्रो विश्वलाई झनै परनिर्भर बनाए, बीआरआई मार्फत साझा सबै पक्षको जीत हुने नयाँ विश्व व्यवस्था स्थापना गर्न हातेमालो गर्ने थियो। यद्यपी यो नयाँ विकल्प कत्तिको प्रभावकारी हुनेछ भन्ने कुरा बीआरआईमा सहभागी देशहरूको क्षमता, योजना, र कूटनीतिक कौशलमा निर्भर हुनेछ। विशेष गरी नेपालजस्ता साना विकासशील देशहरूले यो अवसरलाई कसरी सदुपयोग गर्छन् भन्ने प्रश्न महत्त्वपूर्ण छ। पश्चिमी प्रभुत्वको जालो: औपनिवेशिक युगदेखि सहायता कूटनीतिसम्म १. औपनिवेशिक शासन र आर्थिक शोषण पश्चिमी शक्तिहरूले १६औँ शताब्दीदेखि २०औँ शताब्दीको सुरुवातसम्म उपनिवेशको निर्माण गरेर तेश्रो विश्व भनिने क्षेत्रहरूको स्रोत र श्रम शोषण गरे। (क) स्रोतसाधनको दोहन अफ्रिका: खनिज, सुन, हिरा र दास श्रमको अत्यधिक दोहन। भारत: कपास, नुन, चिया र अन्य कच्चा पदार्थको उत्पादन पश्चिमी उद्योगहरूको कच्चा पदार्थ आपूर्ति गर्ने माध्यम बन्यो। दक्षिण–पूर्वी एशिया: रबर, चिनी र अन्य कृषि उत्पादनले युरोपेली अर्थतन्त्रको सुदृढीकरण गर्‍यो। (ख) सांस्कृतिक उपनिवेशवाद स्थानीय परम्परा, धर्म, र संस्कृतिलाई कमजोर पारेर पश्चिमी शिक्षा, धर्म, र जीवनशैली थोपथाप गरियो। भारतमा लागू गरिएको "एङ्ग्लो–इण्डियन शिक्षा प्रणाली" यसको प्रमुख उदाहरण हो। २. ब्रेटन वुड्स प्रणाली: आर्थिक नियन्त्रणको नयाँ रूप दोस्रो विश्वयुद्धपछि स्थापित ब्रेटन वुड्स प्रणालीले पश्चिमी राष्ट्रहरूको आर्थिक प्रभुत्वलाई संस्थागत गर्‍यो। ब्रेटन वुड्स प्रणाली दोस्रो विश्वयुद्धपछि सन् १९४४ मा अमेरिकाको न्यु ह्याम्पसायर राज्यको ब्रेटन वुड्स भन्ने ठाउँमा भएको एक अन्तर्राष्ट्रिय सम्मेलन (ब्रेटन वुड्स सम्मेलन) बाट स्थापित भएको एक आर्थिक व्यवस्था थियो। यस प्रणालीको मुख्य उद्देश्य दोस्रो विश्वयुद्धपछिको आर्थिक पुनर्निर्माण, स्थायित्व कायम गर्नु, र अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउनु भनिएको थियो यो प्रणालीले अन्तर्राष्ट्रिय वित्तीय सम्बन्धहरूलाई व्यवस्थित गर्नका स्थिर विनिमय दर प्रणाली, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको स्थापना (IMF र विश्व बैंक) तथा सुन र अमेरिकी डलरमा आधारित अर्थतन्त्रलाई अघि सार्यो । ३. सहायता राजनीतिले ल्याएको निर्भरता विकास सहायता पश्चिमी राष्ट्रहरूको प्रभुत्व विस्तार गर्ने अर्को माध्यम बन्यो। ब्रेटन वुड्स प्रणालीले विकासशील देशहरूलाई सहायता र सहयोगको नाममा परनिर्भर बनायो। यी देशहरू आर्थिक रूपमा आत्मनिर्भर हुन नसक्दा पश्चिमी संस्थाहरूको निर्देशनमा आफ्नो नीति परिवर्तन गर्न बाध्य भए।  ब्रेटन वुड्स प्रणाली अन्तर्गत स्थापित अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंक जस्ता संस्थाहरूले विकासशील देशहरूलाई पूर्वाधार विकासका लागि ऋण उपलब्ध गराए। तर यी ऋणहरूले सहयोगभन्दा निर्भरता बढायो। एकपटक बिस्तारमा हेरौं। IMF र विश्व बैंकका सर्तहरू: ऋण दिने क्रममा यी संस्थाहरूले कठोर नीतिगत सर्तहरू लागू गरे, जसले देशहरूको आन्तरिक नीति निर्माण क्षमतालाई कमजोर बनायो। उदाहरण: सन् १९८० को दशकमा अफ्रिका र ल्याटिन अमेरिकामा "Structural Adjustment Programs (SAPs)" लागू गरियो। यी कार्यक्रमले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा लगानी घटाएर ऋण तिर्ने प्राथमिकता दिन बाध्य गरायो। जाम्बियाले आफ्नो तामाको उद्योग निजीकरण गरेपछि, यसको मूल्यमा गिरावट आयो, जसले देशको अर्थतन्त्रलाई झनै कमजोर बनायो। ऋणको चक्र: देशहरूले ऋण तिर्न थप ऋण लिनुपर्दथ्यो, जसले दीर्घकालीन विकासमा अवरोध पुर्‍यायो। नेपालको परिप्रेक्ष्यमा: नेपालले सन् १९७०-८० को दशकमा विश्व बैंक र IMF बाट शिक्षा र पूर्वाधार विकासका लागि ठूलो मात्रामा ऋण लियो। यी परियोजनाहरूले खासै आर्थिक प्रतिफल दिएनन्, तर ऋणको बोझ बढ्दै गयो। आर्थिक नीतिमा बाह्य हस्तक्षेप ब्रेटन वुड्स प्रणालीले आर्थिक स्वतन्त्रता समाप्त गर्दै विकासशील देशहरूको आन्तरिक नीतिमा हस्तक्षेप गर्‍यो। निजीकरण र उदारीकरणको दबाब: IMF र विश्व बैंकले ऋण दिने सर्तमा सरकारका स्वामित्वमा रहेका उद्योगहरू निजीकरण गर्न र खुला बजार नीति अपनाउन दबाब दिए। उदाहरण: भारतमा, १९९१ को आर्थिक संकटपछि IMF र विश्व बैंकले खुलेर उदारीकरण लागू गर्न लगायो। यसले अन्तर्राष्ट्रिय लगानीकर्ता प्रवेश त गरायो, तर साना उद्योग र कृषि क्षेत्र संकटमा पर्‍यो। नेपालमा १९९० को दशकमा IMF को दबाबमा सार्वजनिक संस्थानहरू जस्तै चिनी उद्योग र कपडा कारखाना निजीकरण गरिए। निजीकरणपछिका यी उद्योगहरू घाटामा गए र रोजगार गुम्यो। बजार र व्यापार नियन्त्रण: विकासशील देशहरूलाई निर्यातमा आधारित अर्थतन्त्र निर्माण गर्न दबाब दिइयो। यसको कारण, तिनीहरूको कृषि र उद्योगको दिशा केवल पश्चिमी बजारको मागमा निर्भर हुन पुग्यो। उदाहरण: अफ्रिकाका कफी उत्पादक देशहरूलाई कफी उत्पादनमा केन्द्रित गर्न लगाइयो, जसले अन्य उत्पादनहरू कमजोर बनायो। जब कफीको मूल्य घट्यो, तिनीहरूको अर्थतन्त्र संकटमा पर्यो। विकासको नाममा शोषण ब्रेटन वुड्स प्रणाली अन्तर्गत पश्चिमी राष्ट्रहरूले विकासशील देशहरूलाई आर्थिक सहायता प्रदान गरे। तर, यी सहयोगहरू प्रायः दातृ राष्ट्रको स्वार्थमा केन्द्रित थिए। तथाकथित विकास परियोजनाहरू: विकासको नाममा अनुदान वा ऋण दिन पश्चिमी देशहरूले आफ्ना कम्पनी र ठेकेदारलाई फाइदा पुग्ने परियोजनाहरूमा मात्र जोड दिए। उदाहरण: विश्व बैंकको निर्देशनमा "अरुण तेस्रो जलविद्युत परियोजना" नेपालको लागि डिजाइन गरिएको थियो। तर, यसको लागत उच्च थियो र स्थानीय आवश्यकताभन्दा बढी विदेशी विशेषज्ञ र उपकरणमा निर्भर थियो। परियोजना रद्द भए पनि, यसले नेपालको जलविद्युत् क्षेत्रमा विदेशी नियन्त्रणको खतरालाई उजागर गर्‍यो। सामाजिक क्षेत्रमा असर: सहायता मार्फत विकासशील देशहरूको शिक्षा, स्वास्थ्य, र सांस्कृतिक नीतिमा पश्चिमी प्रभाव हावी भयो। नेपालमा, पश्चिमी संस्थाहरूले ग्रामीण विकासका नाममा सांस्कृतिक परिवर्तन र धार्मिक संस्थाहरूको प्रभाव विस्तार गरे। व्यापारमा असमानता ब्रेटन वुड्स प्रणालीले व्यापारका लागि खुला बजार नीतिलाई प्रोत्साहित गरे पनि यसले विकासशील देशहरूलाई पश्चिमी राष्ट्रहरूको लागि मात्र कच्चा पदार्थ आपूर्तिकर्ता बनायो। न्यायोचित मूल्यको अभाव: तेश्रो विश्वका देशहरूले निर्यात गरेका वस्तुहरूको मूल्य घटिरहँदा, उनीहरूले आयात गरेका औद्योगिक वस्तुहरूको मूल्य उच्च रह्यो। उदाहरण: नेपालले जडीबुटी, चिया, र अन्य कच्चा पदार्थ निर्यात गरेर अल्प आय आर्जन गर्‍यो। तर, ती वस्तुहरू प्रशोधन गरेर पश्चिमी बजारमा महँगो मूल्यमा बेचियो। विश्व व्यापार संगठन (WTO) को पक्षपात: WTO ले खुला व्यापारका नाममा औद्योगिक देशहरूलाई लाभ पुर्‍यायो। कृषिमा सब्सिडी जस्ता मुद्दामा, WTO का नीतिहरू विकासशील देशहरूको प्रतिकूल रहे। सांस्कृतिक र शैक्षिक प्रभुत्व ब्रेटन वुड्स प्रणालीले आर्थिक मात्र नभई सांस्कृतिक प्रभुत्व पनि फैलायो। पश्चिमी शिक्षा प्रणालीलाई प्राथमिकता दिँदै, स्थानीय ज्ञान र परम्परागत पद्धतिहरूलाई कमजोर बनाइयो। नेपालको सन्दर्भमा: पश्चिमी सहायता र शिक्षा कार्यक्रमले ग्रामीण इलाकाहरूमा पारम्परिक प्रणाली विस्थापित गर्दै पश्चिमी मान्यता विस्तार गर्‍यो। उदाहरणका लागि, USAID का परियोजनाहरूले नेपालमा कृषि सुधारका नाममा विदेशी बीउ र प्रविधि आयात गरे, जसले स्थानीय परम्परागत खेती प्रणालीलाई कमजोर बनायो।   नेपालमा पश्चिमी प्रभुत्वका नकारात्मक प्रभावहरू १. आर्थिक निर्भरता र ऋणको बोझ पश्चिमी संस्थाहरूबाट लिइएका ऋणहरूले नेपालको वित्तीय प्रणालीलाई थिच्यो। उदाहरण: १९९० को दशकमा आर्थिक उदारीकरण र निजीकरणका कारण नेपालका सरकारी उद्योगहरू कमजोर भए। २. जलस्रोत विकासमा हस्तक्षेप पश्चिमी सहयोगले नेपालका रणनीतिक परियोजनाहरूमा प्रभुत्व जमाउन खोज्यो। अरुण तेस्रो जलविद्युत परियोजना: विश्व बैंकका सर्तहरूले परियोजनाको कार्यान्वयनमा समस्या सिर्जना गरे। ३. सांस्कृतिक प्रभाव र सामाजिक असमानता पश्चिमी शिक्षाको विस्तारले स्थानीय ज्ञान प्रणालीलाई कमजोर बनायो। पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदा स्थानीय सांस्कृतिक मूल्य र परम्परामा क्षति पुगेको छ। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई): नेपालको लागि नयाँ अवसर? १. बीआरआई के हो? बीआरआई चीनको बहु–क्षेत्रीय पूर्वाधार परियोजना हो, जसले व्यापार, लगानी, र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिन्छ। (क) आर्थिक जोड व्यापारिक मार्गहरूको विस्तार। स्थानीय उद्योग र कच्चा पदार्थको प्रभावकारी उपयोग। (ख) राजनीतिक जोड साझेदारीमा आधारित विकास मोडेल। सहयोग र सहअस्तित्व। (ग) वैचारिक जोड साझा समृद्धिको अवधारणा। २. नेपालका लागि सम्भावना (अ) पूर्वाधार विकास रसुवागढी–केरुङ रेलमार्ग: व्यापारिक गतिलाई तीव्र बनाउने। कर्णाली र कालीगण्डकी करिडोर: आन्तरिक सम्पर्क सुधार। (ब) जलस्रोतको प्रभावकारी उपयोग बुढीगण्डकी जलविद्युत परियोजना: चीनको लगानीबाट ऊर्जा उत्पादन र निर्यात। (स) आर्थिक विविधीकरण र व्यापार विस्तार भारत र पश्चिमी राष्ट्रहरूको निर्भरता घट्दै अन्य बजारहरूमा विस्तार। (द) सांस्कृतिक आदानप्रदान पर्यटन, भाषा, र शिक्षा परियोजनामा द्विपक्षीय सहकार्य। पश्चिमी सहयोग र बीआरआईबीचको भिन्नता १. ऋणको सट्टा साझेदारी बीआरआई सर्तयुक्त ऋणको सट्टा सहकार्यमा आधारित छ। २. स्थानीय आवश्यकतामा आधारित विकास विकास परियोजनाहरू स्थानीय आवश्यकता र क्षमता अनुसार परिकल्पना गरिन्छ। ३. वैकल्पिक विश्व व्यवस्था निर्माण बीआरआईले बहुध्रुवीय अर्थतन्त्रको स्थापना गर्ने प्रयास गर्छ। नेपालले बीआरआईबाट कसरी लाभ उठाउन सक्छ? १. दीर्घकालीन योजना निर्माण बीआरआई परियोजनालाई नेपालको दीर्घकालीन आर्थिक रणनीतिमा समाहित गर्नु। २. कूटनीतिक सन्तुलन चीन, भारत, र पश्चिमी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्ने। ३. निजी क्षेत्रको संलग्नता परियोजनाहरूमा निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्नु। ४. पर्यावरणीय र सामाजिक प्रभावको विश्लेषण दीर्घकालीन प्रभावलाई ध्यानमा राखी योजनाहरू कार्यान्वयन गर्नु। निष्कर्ष पश्चिमी प्रभुत्वको इतिहासले नेपालजस्ता विकासशील देशहरूलाई परनिर्भर बनायो। बीआरआईले भने नेपाललाई आत्मनिर्भरता र आर्थिक प्रगतिका लागि नयाँ अवसर प्रदान गरेको छ। तर यो अवसर उपयोग गर्न नेपालको नेतृत्व क्षमतामा निर्भर रहनेछ। सही योजना, पारदर्शिता, र बहुपक्षीय कूटनीतिले मात्रै नेपाललाई नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको सक्रिय साझेदार बनाउन सक्छ। बीआरआई नेपालको आर्थिक पुनर्जागरण र दीर्घकालीन समृद्धिको माध्यम बन्न सक्छ, यदि यसलाई सावधानीपूर्वक र कुशलतापूर्वक कार्यान्वयन गरियो भने।  

कीर्तिपुरमा नेकपा एसको उम्मेदवारी निष्कृय, माओवादी केन्द्रलाई समर्थन

काठमाडौं ।  कीर्तिपुर नगरपालिकाको मेयर पदबाट नेकपा एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिउको छ । एकीकृत समाजवादीका उम्मेदवार भानु रिजालले विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।  रिजालले आफ्नो समर्थन नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई रहेको पनि बताएका छन् ।  ‘यही २०८१ मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदको लागि मैले उम्मेदवारी दिएकोमा पार्टी केन्द्रको निर्णयबमोजिम मेरो उम्मेदवारी निष्क्रिय गरेको छु,’ विज्ञप्तिमा भनिएको छ,‘अतः कीर्तिपुर नगर प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई र यसै नगरपालिका वडा नं. ४ मा हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार कमरेड रिता खड्कालाई मतदान गरी विजय गराउनु हुन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछु ।’

राहदानी विभागको सेवा ठप्प

काठमाडौँ । केही दिनदेखि राहदानी आवेदन प्रणाली अवरुद्ध हुन पुगेको छ । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्लारईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको जनाएको छ ।  विभागले एक सूचनामार्फत उक्त स्थानहरूमा सेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन १–२ हप्तासम्म लाग्न सक्ने जनाएको छ ।  विभागले समस्या समाधान गर्दै २ दिन भित्रमा नयाँ आवेदन फाराम भर्नका लागि भने बुकिङ खुला गरिने छ ।‘भाईरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनका लागि विभाग अनुरोध गर्दछ’, सूचनामा भनिएको छ।  सेवाग्राहीलाई पर्नजाने असुविधाप्रति आफूहरु संवेदनशील रहेको भन्दै विभागले यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको जनाएको छ । 

लोकप्रिय