रोल्पाका सबै स्थानीय तह जित्छाैँ: माओवादी नेताहरु

रोल्पाका सबै स्थानीय तह जित्छाैँ: माओवादी नेताहरु

रोल्पा, असार ७  । स्थानीय तहको निर्वाचनमा मतदानको मिति नजिकिदै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेताहरु रोल्पाका गाउँगाउँमा पुगेर पार्टीका उम्मेदवारलाई मत मागिरहेका छन् ।

माओवादी केन्द्रका कार्यालय सदस्य एवम् उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, कार्यालय सदस्य एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त, कार्यालय सदस्यहरु कुलप्रसाद केसी सोनाम, जयपुरी घर्तीलगातका नेताहरु रोल्पाका विभिन्न गाउँगाउँमा पुगेका छन् ।

माओवादी केन्द्रले रोल्पाका १० वटै पालिकामा जित हाँसिल गर्ने योजना बनाएको छ । रोल्पामा एक नगरपालिका र नौ गाउँपालिका छन् । माओवादीका नेताहरुले अधिकांश स्थानमा सहजै र केहीं स्थानमा प्रतिस्पर्धाकाबीचबाट जित हाँसिल गर्ने दावि गरेका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेता महरा सुनछहरी नगरपालिकाको पोबाङमा आयोजित चुनावी सभाको सम्बोधन, सुवर्णावती र लुंग्री गाउँपालिकाको अगुवा कार्यकर्ता भेलालाई संबोधन गरेर प्यूठानतिर लागेका छन् । उनले सुलीचौर थबाङ सडकको बहुचर्चित खण्ड सिरक्याङ भीरमा नेपाली सेनाले खोलेको ट्रयाकको अवलोकनसमेत गरेका छन् ।

माओवादी केन्द्रका अर्का प्रभावशाली नेता वर्षमान पुन अनन्त मनोनयन दर्तादेखि रोल्पामै छन् । उनले रोल्पा नगरपालिकाको लिबाङ, माडी गाउँपालिकाको घर्तिगाउँ, सुनछहरी गाउँपालिकाको पोबाङ, रोल्पा नगरपालिकाकै कोटगाउँ, त्रिवेणी गाउँपालिकाको त्रिवेणीमा चुनावी सभा र सुवर्णावती र लुंग्री गाउँपालिकाको अगुवा कार्यकर्ता भेटघाटलाई संबोधन गरेका छन् । उनले साना ठूला भेटघाट गर्दै पार्टीका उम्मेदवारलाई भोट मागिरहेका छन् । उनी आज रुन्टीगढी गाउँपालिकाको चुनावी सभालाई संबोधन गरेर दाङ झर्दैछन् ।

अर्का युवा नेता कुलप्रसाद केसी सोनाम रुन्टीगढी गाउँपालिकाको होलेरी, त्रिवेणी गाउँपालिकाको जुँगारलगायतको चुनावी सभालाई संबोधन गरेका छन् । अर्का कार्यालय सदस्य जयपुरी घर्तीले दुईखोली गाउँपालिकाको दुईखोली, पोलिट्व्यूरो सदस्य झक्कु सुबेदीले थबाङ गाउँपालिकाको थबाङ, पोलिट्व्यूरो सदस्य जोखबहादुर महराले सुवर्णावती गाउँपालिकाको सुलीचौर र लुंग्री गाउँपालिकाको बडाचौर, पोलिट्व्यूरो सदस्य दीपेन्द्र पुन सिजलले सुकीदह गाउँपालिकाको जिनाबाङ, मानबहादुर बुढा विकल्पले सुनछहरी गाउँपालिकाको पोबाङको चुनावी सभालाई संबोधन गरिसकेका छन् ।

माओवादीका स्थापित नेताहरुले गाउँगाउँमा पुगेर आफ्नो पार्टीले देशैभर र रोल्पाका लागि आफ्नो पार्टीले गरेको कामहरु जनतालाई सुनाईरहेका छन् । रोल्पाका नेताहरुले जिल्लाको विकासको लागि माओवादीले कुनै कसर बाँकी नराखेको बताईरहेका छन् । घोराही थबाङ सहिदमार्ग निर्माण, प्यूठान रोल्पा सडक कालोपत्रे, लिबाङ दारबोट सडक, माडीचौर जिनाबाङ सडक, सुलीचौर गाम सडक, घर्तिगाउँ राँक सडक, दर्जनौँ पक्की पुलको निर्माण लगायतका सामरिक महत्वका सडकहरु माओवादीको पहलमा निर्माण भएको नेताहरुले बताएका छन् ।

माओवादीकै पहलमा अहिले उवा बाहेक रोल्पाका स्थानीय तहका हरेक वडालाई सडक सञ्जालले जोडेको र प्राय सबै वडामा रिङरोड बनेको जनतालाई प्रष्ट पारिरहेका छन् त्यसैगरी लिबाङमा प्राविधिक शिक्षालय, रेउघाको जिल्ला अस्पतालको स्तरउन्नती, माडीचौरमा कृषि क्याम्पस निर्माण सुरुजस्ता माओवादीले गरेको कामको पनि प्रचार गरिरहेका छन् । स्थानीय उद्योग, कृषिको व्यवसायीकरण, जिल्लाका सहकारीमार्फत स्वरोजगार कोषको कार्यक्रम लागू गरेर स्वरोजगारको सृजना जस्ता कार्यक्रमको बारेमा जनतालाई सुनाईरहेका छन् । माओवादी नेताहरुले रोल्पाली जनताले निर्वाचित गरेका र रोल्पामा जन्मिएका माओवादीका नेताहरु नै अहिले देशको महत्वपूर्ण स्थानमा रहेकोले रोल्पामा माओवादीको कुनै विकल्प नभएकोसमेत बताइरहेका छन् ।

‘हामीले रोल्पाको विकासका लागि कुनै कसर बाँकी राखेका छैनौँ, विकासका धेरै काम पूरा भएका छन्, धेरै काम सुचारु छन् र, धेरै काम सुरु हुनेवाला छन्,’ माओवादीका जिल्ला ईन्चार्ज दीपेन्द्र पुन सिजलले भने, ‘तर हामी हामीले गरेका काम जनतामा भन्न सकिरहेका छैनौँ, अरु पार्टीकाले सिन्को नभाँचेको कामलाई पनि पहाड फोर्यौँ भनेर प्रचार गरिरहेका छन् ।’ उनले यसपाली जनतालाई सबै कुरा प्रष्ट पारिएको बताए । जिल्ला ईन्चार्ज पुनले रोल्पाका सबै गाउँपालिकामा माओवादीले जित्ने दावि गरे ।

‘हामीले जितिसकेका छौँ, अब त्यो व्यालेट बक्समार्फत प्रमाणित गर्नमात्रै बाँकी छ,’ पुनले भने, ‘अब हामी रोल्पाका सबै तहमा विजयी हाँसिल गरेर माओवादीको वास्तविक जनपक्षीय एजेण्डा लागू गर्न चाहान्छौँ ।’ जिल्लामा माओवादीका शिर्ष नेताहरु नै मैदानमा उत्रिएर भोट माग्न थालेपछि आफ्ना कार्यकर्ताहरु झनै उत्साहित भएको र विपक्षी पार्टीहरुको मनोबल कम्जोर हुँदै गएको माओवादी केन्द्रका स्थानीय नेताहरुले दावि गरे ।

वैकल्पिक माध्यमबाट पत्रकार महासंघको चुनाव गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौँ। नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग गरिएको छ ।  रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरिएको छ । यस्तै अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेश आदेश जारी गर्न पनि माग गरिएको छ ।  रिटमा भनिएको छ, ‘नेपाल पत्रकार महासङ्घको मिति २०८१।०५।२८ गतेको मतदाता नामावली सम्बन्धी जेजस्तो निर्णय भए पनि झिकाई उक्त प्रेस विज्ञप्ति सम्बन्धी निर्णय लगायतका सबै निर्णय पत्राचारहरू विपक्षीहरूबाट झिकाई उत्प्रेषणको आदेशले बदर गरी नेपाल पत्रकार महासङ्घको विधानको दफा ३५ (७) बमोजिम पटक पटक मिति तोक्दा पनि निर्वाचन गर्न नसक्ने वर्तमान केन्द्रीय समितिले विधान बमोजिम निर्वाचन गर्न नसक्ने भएकोले प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्नु र अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरी पाउ ।’ सदस्यता विवादका कारण पत्रकार महासङ्घको चुनाव समयमा गराउन नसकेकै कारण अध्यक्ष विपुल पोखरेल र वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् भने चुनाव अब कहिले हुने भन्नेमा अन्यौलता कायमै छ । नियमित चुनाव हुँदा महासङ्घको निर्वाचन गत चैतमा नै हुनुपर्ने थियो ।

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

लोकप्रिय