रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै

रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै

रोल्पा । जिल्ला ट्राफिक कार्यालय रोल्पाका अनुसार पछिल्ला दिनमा रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै गएको छ ।

गतका वर्षमा भन्दा हाल जिल्लामा धेरै सवारी साधन सञ्चालनमा रहे पनि सडक दुर्घटनामा भने कमी आएको जिल्ला ट्राफिक कार्यालय रोल्पाका निमित्त प्रमुख प्रहरी हवल्दार शेरबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले समय समयमा जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपछि दुर्घटना न्यूनीकरण हुन थालेको हो । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक कार्यालयले यातायात व्यवसायी, बजार व्यवस्थापन समिति, जिल्लाका विभिन्न विद्यालय तथा अन्य सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बजार क्षेत्रभित्र जथाभावी अव्यवस्थित रुपमा पार्किङमा राखिएका सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्नका लागि निर्देशन दिँदै आएको पनि थापाले जानकारी दिनुभयो । तर अव्यवस्थित पार्किङ भने पूर्ण रुपमा व्यवस्थित हुन नसकेको उहाँको गुनासो छ । यसरी सडक बाटोमै सवारी साधन पार्किङ गर्दा सडक दुर्घटना हुनसक्ने भएको हुँदा यसतर्फ सबैको ध्यानाकर्षण हुनुपर्नेमा उहाँको जोड छ ।

यस्तै, सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रोल्पाको माडिचौरदेखि ल्वामपूजासम्म यसै वर्ष मात्र २३ वटा सचेतनामूलक होडिङ बोर्ड राखिएको छ । ट्राफिक नियमका बारेमा नजानेका तर साक्षर व्यक्तिलाई होडिङ बोर्डले केही सचेत बनाउने पैदल यात्रु प्रकाश मगरले बताउनुभयो ।

यसका साथै जिल्लाका विभिन्न विद्यालयमा ट्राफिक कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै ट्राफिक नियमसम्बन्धी विभिन्न किसिमका पर्चा–पम्प्लेटहरु वितरण गर्दै आएको छ । विद्यालयमा सञ्चालन भएका यस किसिमका कार्यक्रमले विद्यार्थीलाई सडक बाटोमा कसरी हिँड्ने, गाडी चलिरहेका बेला कसरी बाटो काट्ने तथा बाटोमा हिँड्दा सडकको कुन दिशाबाट हिँड्ने भन्ने बारेमा जानकारी भएको होलिभिजन आवासीय माध्यमिक विद्यालय लिबाङ रोल्पामा अध्ययनरत छात्र अर्चितबाबु मर्सिफुलले बताउनुभयो ।

यसैगरी गतः वर्षदेखि जिल्लामा सञ्चालनमा आएका अटो व्यवसायी तथा यातायात प्रतिनिधिका बीच सवारी साधन तीव्रगतिमा नचलाउन, सिटको क्षमताभन्दा बढी यात्रु नबोक्न, तथा तोकिएको निश्चित रुटभन्दा बाहिर अटो रिक्सा सञ्चालन नगर्नका लागि जानकारी दिने उद्देश्यले ट्राफिक कार्यालयले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको अटो व्यवसायीले बताएका छन् ।

यस्तै, ट्र्याक्टरको पछाडि ट्रलीमा ब्रेक लाइट नहुने हुँदा दुर्घटना हुन सक्ने भन्दै जिल्लाका करिब ४७ वटा ट्र्याक्टरमा स्टिकर टाँसिएको छ । यसरी ट्र्याक्टरमा पछाडि स्टिकर टाँसिएमा अन्य सवारी चालकलाई यात्राका क्रममा सहज हुने ट्र्याक्टर व्यवसायीले बताए ।

सवारी दुर्घटनाका लागि जिल्ला ट्राफिक कार्यालय रोल्पाले सार्वजनिक भाडाका सवारी साधनमा ‘एक मिनेट कार्यक्रम’ सञ्चालन गरी सवारी चालक, परिचालक तथा यात्रुका बीचमा दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक छलफल कार्यक्रम सञ्चालन गर्दै आएको छ भने दिनहँु सवारी चालकले मापसे गरे÷नगरेको चेकजाँचसमेत गर्दै आएको छ । यसरी दिनहँुजसो चेकजाँच तथा ट्राफिक नियमका बारेमा जानकारी गराइरहँदा चालक तथा सहचालकलाई मात्र नभई यात्रुलाई पनि विभिन्न कुरामा जानकारी हुने यात्रु नर्मदा गौतमले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रहरी जवान दिवाकर वलीका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा जिल्लामा सञ्चालनमा रहेका बस, जिप, ट्रक, कार, भ्यान, मोटरसाइकल र ट्र्याक्टर गरी १९ वटा सवारी साधन दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते भएका थिए भने २५ जना सामान्य घाइते भएका थिए ।

यस्तै २०७२÷७३ को तथ्यांकअनुसार २० वटा सवारी साधन दुर्घटनामा परी सातको मृत्यु, १२ जना घाइते भए भने २२ जना सामान्य घाइते भएका थिए ।

यसैगरी, २०७३÷७४ मा ३६ वटा सवारी साधन दुर्घटना ग्रस्त भएकामा पाँचको मृत्यु, २७ जना घाइते भए भने २७ जना सामान्य घाइते भएका थिए । यसरी आव २०७४÷७५ मा आइपुग्दा सातवटा सवारी साधन दुर्घटना भएकामा हालसम्म एकजनाको मात्र मृत्यु र दुईजना घाइते भए भने अन्य १० जना भने सामान्य घाइते मात्र भएका थिए ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय