लालबाबु राउत फोरमबाट मुख्यमन्त्रीका उम्मेदवार, संसदीय दलको नेताको रुपमा चयन

लालबाबु राउत  फोरमबाट मुख्यमन्त्रीका उम्मेदवार, संसदीय दलको नेताको रुपमा चयन

काठमाडौँ — प्रदेशसभामा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले पार्टीका उपाध्यक्ष समेत रहेका सांसद लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

फोरमको आइतबार जनकपुरमा बसेको बैठकले राउतलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। यो चयनसँगै उनलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ। दलको नेता छान्न फोरमले आइतबार बोलाएको बैठकमा आंकाक्षी धेरै भएका कारण राति अबेरमात्रै दलको नेता चयन भएको थियो। दलको नेतानै मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्थाका कारण दलको नेताका लागि फोरमभित्र सातजना आकांक्षी देखिएका थिए। ती मध्ये ५ जनाले नाम फिर्ता लिएपछि सर्वसम्मत निर्णय लिन सहज भएको थियो।
फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको गठबन्धनबाट यस प्रदेशमा सरकार निर्माण हुने प्रवल संभावना छ। फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिने अनौपचारिक रुपमा सैद्धान्तिक सहमति यस अघिनै गरिसकेका छन्। तर, राजपाले मुख्यमन्त्री आलोपालो गरी बाँड्नुपर्ने सर्त राखेका कारण औपचारिक सहमति भएको छैन।
राजपाभन्दा फोरम चार सिटले ठूलो छ। फोरमको २९ र राजपाको २५ गरी ५४ सिट मधेस गठबन्धनसँग छ। प्रदेशका १ सय ७ सांसदमा दुई दल मिल्दा सरकार बन्न पुग्ने बहुमत सदस्य छ। फोरमबाट नेता चयन भएलगतै भावी सरकार निर्माण र शासकीय पदको बॉडफाड मिलाउन सोमबारदेखि नै दुई दलबीच जनकपुरमै छलफल हुने भएको छ। राजपा नेता जितेन्द्र सोनलले दुई पदमा मात्रै नभएर सवै शासकीय पदमा प्याकेजमा सहमति जुटाउने गरी छलफल हुने बताए। सरकार गठनका लागि अन्य विकल्प भने नखोजिएको उनले बताए। दुई दलबाहेक फोरम र राजाप दुवैले बाम गठबन्धनसंग मिलेमा पनि सरकार निर्माण गर्न सक्छ। ‘जनताको म्यानडेट भनेकै फोरम राजपा मिलेर सरकार बनाउनुपर्छ भन्ने हो, हामी दुई दलबीचमा राजनीतिक दृष्टिकोण र मुद्दाहरु पनि एउटै छन्। पावर शेयरिङ मात्रै मिलाउँदा हुन्छ’ उनले भने,‘अन्य विकल्प खोज्दा राजनीतिक एजेन्डामा पनि सहमति गर्नुपर्ने हुन्छ ,त्यो बाटोमा अहिले हामी छैनौं।’
फोरम नेता रामाषिस यादवले पनि जनताको म्यान्डेटअनुसार फोरम र राजपाबीच नै सरकार निर्माण हुने बताए। फोरमका अतिरिक्त प्रदेश २ मा सबै पार्टीहरु नै संसदीय दलको नेता चयनमा व्यस्त छन्। राजपा, एमाले, कांग्रेस र माओवादी केन्द्रले संसदीय दलको नेता छनोट गर्ने आन्तरिक गृहकार्य सुरु गरेका हुन्।
राजपाले संसदीय दलको नेता जितेन्द्र सोनल र नवलकिशोर साहमध्ये एकलाई बनाउने भएको छ। स्रोतका अनुसार सोनललाई संसदीय दलको नेता र नेता मनिष सुमनलाई सभामुख बनाउने गरी छलफल अघि बढेको छ। सोनलले भने अध्यक्ष मण्डलका नेताहरु आ—आफ्नो निर्वाचन क्षेत्रमा गएकाले अहिल्यै टुंगोमा नपुगेको बताए।
संसदीय दलको नेताका लागि एमालेभित्र तीव्र विवाद देखिएको छ। फोरम र राजपा मिलेर सरकार निर्माण गरेमा प्रमुख प्रतीपक्ष दलको भूमिकामा एमाले रहन्छ। प्रमुख विपक्ष दलको एमालेभित्र तीव्र विवाद नेताका लागि शत्रुध्न महतो र सत्यनारायण मण्डलबीच हानाथाप छ। यी दुई नेताको आपसी द्वन्द्वको प्रभाव आइतबार प्रदेश नम्बर २ को संसद बैठकमा समेत परेको थियो। संसदमा कसले सम्बोधन गर्ने भन्नेमा विवाद भएपछि दलीय हैसियतमा उपलव्ध भएको दस मिनेटमा दुबै नेताले ५/५ मिनेट बोल्ने गरी सहमति कायम गरिएको थियो।
कांग्रेस र माओवादीमा सर्वसम्मत
कांग्रेसले रामसरोज यादवलाई नै संसदीय दलको नेता बनाउने सहमति गरेको छ। संसदीय दलको नेता र प्रमुख सचेतकमा सर्बसम्मत बनाउन कांग्रेस नेता विमलेन्द्र निधि आइतबार नै धनुषा आएका छन्। निधिले आफ्ना पार्टीका सांसदहरुलाई राति डिनर बैठक बोलाएका थिए। बैठकले दलको नेतामा सर्वसम्मत बनाएको त्यहाँ उपस्थित एक सांसदले बताए।माओवादी केन्द्रले भरत साहलाई दलको नेता बनाउने करिब टुंगो लगाएको छ।
मन्त्रिमण्डल २१ सदस्य नै हुने
फोरम र राजपाबीचको गठबन्धनमा सरकार निर्माण गर्दा २१ सदस्यको मन्त्रिपरिषद् बन्ने करिब पक्का भएको छ। संविधानमा कूल सांसद संख्याको २० प्रतिशत नबढाई मन्त्री बनाउनु पर्ने व्यवस्था छ।
संविधानको यो व्यवस्थाअनुसार यस प्रदेशमा २१ सदस्यीय मन्त्रीमण्डल बनाउन सकिन्छ। प्रदेश ३ मा वाम गठबन्धनले औसत १० प्रतिशत नबढ्ने गरी मन्त्रिपरिषद् बनाउनु पर्नेमा जोड दिइरहेका बेला राजपा नेता मनिष सुमनले भने २१ जनाकै मन्त्रिपरिषद् बन्ने बताए। पार्टीभित्रका आकांक्षीहरुका व्यवस्थापनका लागि पनि संविधानले व्यवस्था गरेको सीमाभित्र रहने मन्त्रिपरिषद् बनाउनु परेको नेताहरुले बताए।
कान्तिपुरडेली डटकममा प्रकाशित समाचार साभार गरिएको

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लोकप्रिय