वित्तीय क्षेत्रका नियमनकारी निकायलाई नियमन क्षमता बढाउन पुनः निर्देशन : अर्थमन्त्री युवराज खतिवडा

वित्तीय क्षेत्रका नियमनकारी निकायलाई नियमन क्षमता बढाउन पुनः निर्देशन : अर्थमन्त्री युवराज खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति लगायत वित्तीय क्षेत्रका नियमनकारी निकायहरुलाई नियमन क्षमता बढाउन पुनः निर्देशन दिएका छन् । बीमा समितिको ५० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दे अर्थमन्त्री खतिवडाले उक्त निर्देशन दिएका हुन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष तथा बीमा समितिका अध्यक्ष एउटै मञ्चमा रहेका बेला अर्थमन्त्री खतिवडाले नियमन क्षमता अभिवृद्धि गर्न निर्देशन दिए । वित्तीय स्थायित्व र सेवा विस्तारमा अर्थमन्त्रालय जुनसुकै सहयोग गर्न तयार रहेको भन्दै उनले नियमनकारी निकायलाई कानूनी रुपमा बलियो बनाउने सरकारको उदेश्य रहेको प्रष्ट पारे ।

‘आवश्यक पर्दा बजारमा हस्तक्षेप गर्न तयार भएर बसेको सरकार हो, रमिता हेरर बस्दैन’, उनले भने । हामी स्वतन्त्र रुपमा काम गर्न दिन्छौं, काम गर्न प्रोत्साहित गर्छौं तर दायरा भन्दा बाहिर गए कारर्बाही गर्छोु, अर्थमन्त्रीले सचेत गराउँदै भने ।

बीमाको पहुँच विस्तार गर्न निर्देशन

अर्थमन्त्री डा. खतिवडाले बीमाको पहुँच विस्तार गर्न बीमा समितिलाई निर्देशन समेत दिएका छन् । उनले हाल दश प्रतिशतमा रहेको बीमाको पहुँचलाई आगामी चार बर्षभित्र २५ प्रतिशत पुर्याउन निर्देशन दिए । जसमध्ये १० प्रतिशत लघु तथा कृषि बीमा हुनुपर्ने उनको भनाई छ ।

गैह्र कानुनी बीमा कारोबार एक वर्षभित्र अन्त्य गर्नुपर्ने

त्यस्तै अर्थमन्त्री खतिवडाले नेपाल र भारत सीमानामा भारतीय कम्पनीलेहरुले गरिरहेको बीमा कारोबार एक बर्षभित्र अन्त्य गर्न पनि बीमा समितिलाई निर्देशन दिएका छन् । उनले गैह्र कानूनी नेटवर्कको माध्यमबाट बीमा गराउनेलाई कारबाहीको दायरमा ल्याउन पनि बीमा समितिको ध्यानकर्षण गराएका छन् ।

पुनर्बीमा कम्पनीलाई बलियो बनाई बीमा निर्यातमा जोड

अर्थमन्त्री खतिवडाले नेपालबाट पुनर्बीमाको नाममा ठुलो रकम विदेशिने गरेको भन्दै यसलाई रोक्न स्वदेशी पुनर्बीमा कम्पनी सक्षम बनाउनुपर्नेमा जोड दिए । बीमा सेवाको व्यापार हो, अहिले बीमाको सेवा आयात भइरहेको बताउँदै उनले बीमाको निर्याततर्फ लाग्नुपर्नेमा जोड दिए । वस्तु व्यापारका अतिरिक्त पर्यटन, शिक्षा, स्वास्थ्य सबै क्षेत्रको व्यापारमा नेपाल घाटामा रहेको जानकारी दिँदै खतिवडाले बीमा सेवा निकासी गरेर वित्तीय सेवा नाफामा लग्नुपर्ने बताए ।

बीमा ऐन चालु अधिवेशनबाट पारित गराउने

साथै उक्त कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रस्तावित बीमा ऐन संघीय संसदको चालु अधिवेशनबाट पारित गराउने प्रतिवद्धता जनाए । ऐनको मस्यौदा अहिले कानून मन्त्रालयमा पुगेको जानकारी दिँदै निश्चित नियमन संस्थालाई कानूनी रुपमा बलियो बनाउन लागेका छौं । उनले भने ।

बैंकको जस्तो अवस्था नआओस्

नयाँ बीमा कम्पनीहरुलाई बीमा समितिले लाइसेन्स दिएको तर्फ इंगित गर्दै अर्थमन्त्रीले भने धेरै संस्था आउँदा प्रतिस्पर्धा बढ्छ, सेवा विस्तार हुन्छ, भन्ने भ्रममा नपरौं । कम्पनीहरुको सेवा विकेन्द्रित नभए बैकिंग प्रणालीमा देखिएको समस्या बीमा क्षेत्रमा पनि आउन सक्ने उनको भनाई थियो ।

‘बैकिङ्ग प्रणालीको इतिहास दोहोर्याउने बीमा क्षेत्र नबोनस्, पछि मर्जमा जानुपर्ने अवस्था नआओस्,’अर्थमन्त्रीले भने ।

मेरोलगानीबाट साभार

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– “कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यतिनै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो । हामी नेतृत्वमा आएपछिको करिब डेढ बर्ष हामीले यसरी काम गर्यौँ कि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।” महासंघले नै आम मानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरुको सुरुआत गरेर  सरकारलाई दबाब दिएको र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणामहरु देखिएको अध्यक्ष ढकालको दाबी थियो ।   महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेका भन्दा फरक रहेको पनि उहाँको भनाई थियो । उहाँले भन्नुभयो– “पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरु नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रो समेत सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठओटा कानुन संशोधन पनि भए । हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धता अनुसारको लगानी ल्याउन सहजीकरण हुनेछ ।” यी कानुन संशोधनका क्रममा नेपालका राजनीतिक पार्टीहरुमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “यसअघि हामीले आर्थिक मुद्दा अर्थात् मुलुकको अर्थतन्त्रका विषयमा एकमत हुन दलहरुलाई पटक पटक आग्रह गरेका थियौँ । त्यसैले मलाई लाग्छ लगानी सम्मेलनकैदिन बिहान एकै पटक आठ ओटा कानुन अध्यादेशबाट ल्याउँदा पनि सबै दलको सहमति थियो, सबैले स्वागत नै गरे । हामीले पहिलेपहिले कुनै एक अध्यादेश जारी गर्दा पनि विपक्षी दलहरुले विरोध गरेको देखेकै थियौँ । यसरी महासंघको सक्रियता र एड्भोकेसीका कारण देशका सबै शक्ति विस्तारै एउटै मुद्दामा आएका छन् र लगानीको वातावरण पनि विस्तारै बन्दै गएको छ ।” यतिखेर जिल्ला जिल्लामा जाँदा साना व्यवसायीहरुले लौन हाम्रो सानोतिनो पुजी लगानी गर्ने ठाउँ बनाइदिनुपर्यो भन्ने गरेका प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई पनि एकतृत गरी ठूला लगानीमा लगाउन सक्ने बताउनुभयो । यस्तै पुँजीलाई बटुलेर राष्ट्रिय स्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्र सबैको सहभागितामा १० अर्ब को नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापाना भइसकेको जानकरी पनि उहाँले दिनुभयो । यो कम्पनीमार्फत् जहाँ जसलाई काम गर्नका लागि पुँजी पुगेको छैन उसले पनि इक्वीटीका रुपमा प्रयोग गर्न सक्ने तथा देशैभरि छरिएर रहेको पुजीलाई एकतृत गरी लगानी गर्न सकिने वातावरण यो कम्पनीमार्फत् सिर्जना हुने उहाँको भनाई थियो । देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासंघले गएको डेढ बर्षमा धेरै काम गरेको उदाहरण पेश गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित सयम भएकाले लगानी गरी लाभ लिन सबैसँग आग्रह पनि गर्नुभयो ।

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।  अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।     आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गर्न अध्यक्ष ढकालको प्रस्ताव

पाल्पा ।उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  अध्यक्ष ढकालले भन्नुभयो ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छौँ ।’ अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताउनुभयो ।  उहाँले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’  आफू सानो छँदा पनि बागलुङका नागरिकहरु स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको आफूलाई थाहा भएको प्रसंग उल्लेख गर्दै पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । सोही अनुसार अहिलेको पाल्पाले पनि बजार होस् या अन्य काममा पनि अगुवा भइ अघि बढ्न सक्ने उहाँको भनाई थियो ।

लोकप्रिय