विवादबीच एमाले सिराहाले लगाएको उम्मेद्वारको टुंगो (सूचिसहित)

विवादबीच एमाले सिराहाले लगाएको उम्मेद्वारको टुंगो (सूचिसहित)

लहान, भदौ २० । प्रदेश नं. २ अन्तर्गत तेस्रो चरणको निर्वाचनका लागि सिराहाका १६ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ।

एकस्थानमा भने विवादका कारण उम्मेदवारको टुंगो लाग्न सकेको छैन । धनगढीमाई नगरपालिकामा विवाद देखिएपछि त्यहाँको उम्मेदवारबारे पार्टीले थप छलफल गर्ने जनाएको छ ।

अन्य स्थानमा विवाद नभएको पार्टील दावी गरेपनि स्थनीय कमिटिहरुले भने छनौट गरिएका उम्मेदवारहरुमाथि प्रश्न उठाएका छन् । कतिपय उम्मेदवारहरुले अन्य पार्टी प्रवेश गर्ने तयारी गरेको समेत बताए ।

यस्ता छन् अन्य स्थानका उम्मेदवार

सिरहा नगरपालिका

प्रमुख: डा.नवीन यादव
उपप्रमुख: डा.नविता यादव

मिर्चैया नगरपालिका

प्रमुख: प्रदीप महासेठ
उपप्रमुख: शोभा साह

सुखीपुर नगपालिका

प्रमुख: रामअवतार यादव

उपप्रमुख: रेणुदेवी साह

गोलबजार नगरपालिका

प्रमुख: श्याम श्रेष्ठ

उपप्रमुख:

कर्जन्हा नगपालिका

प्रमुख: रामदयाल महतो

उपप्रमुख: अञ्जु राई

लहान नगरपालिका

प्रमुख स् मुनि साह

उपप्रमुख स् सरियार चौधरी

कल्याणपुर नगरपालिका

प्रमुख: रामपुकार साह

उपप्रमुख:

सखुवा नन्कारकट्टी गाउँपालिका

अध्यक्ष: केदार यादव

उपाध्यक्ष: अमला यादव

भगवानपुर गाउँपालिका

अध्यक्ष: उग्रनारायण यादव

उपाध्यक्ष: विन्दादेवी यादव

नवराजपुर गाउँपालिका

अध्यक्ष: सुरेन्द्र यादव

उपाध्यक्ष: सोनितादेवी यादव

बरियारपट्टी गाउँपालिका

अध्यक्ष: रामसोगारथ यादव

उपाध्यक्ष: देवशरणदेवी यादव

औरही गाउँपालिका

अध्यक्ष: सुवरण यादव

उपाध्यक्ष: आशादेवी यादव

लक्ष्मीपुर पतारी गाउँपालिका

अध्यक्ष: देवनारायण साह

उपाध्यक्ष: गीता चौधरी

नरहामा गाउँपालिका

अध्यक्ष: रामशरण यादव

उपाध्यक्ष: गुलावदेवी चौधरी

अर्नमा गाउँपालिका

अध्यक्ष: चन्देश्वर मण्डल

उपाध्यक्ष: रामकुमारी महतो

विष्णुपुर गाउँपालिका

अध्यक्ष: सत्यनारायण यादव

उपाध्यक्ष: ममताकुमारी सिंह

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय