वृद्धको भेषमा अमेरिका जान लागेका एक युवक पक्राउ

वृद्धको भेषमा अमेरिका जान लागेका एक युवक पक्राउ

काठमाडौं । भेष बदलेर ८१ वर्षे वृद्ध बनेका एकजना भारतीय युवालाई अमेरिकी सहर न्यूयोर्कका लागि विमान चढ्न लागेका बेला नक्कली राहदानीका साथ पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

३२ वर्षे जएस पटेललाई भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतवार पक्राउ गरिएको हो।

फुलेको दाह्री र मोटो चस्माका साथ पटेलले प्रारम्भिक सुरक्षा जाँच र अध्यागमन विह्वल चेयरमा बसेर पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। तर उनले सबै अधिकारीहरूलाई झुक्याउन भने सकेनन्।

शङ्का
उनी पक्कै पनि ८० वर्षका थिएनन्। उनको छाला युवाहरूको जस्तो थियो, सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सका प्रवक्ताले सीएनएनलाई बताए।

दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको थियो।

अधिकारीहरूले राहदानी मागेपछि उनले अम्रिक सिङ नाम रहेको कागजात दिएका थिए।

राहदानीमा उनको जन्ममिति फेब्रुअरी १, १९३८ उल्लेख थियो। उनको जन्म दिल्लीमा भएको थियो।

यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लेख गरिएको उमे सँग मेल खाएजस्तो देखिएन, सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सका प्रवक्ताले भने।

स्वीकार
सोधपुछका क्रममा पटेलले आफूले वृद्धका रूपमा हुलिया बदलेको र उक्त राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए।

लगत्तै उनलाई पक्राउ गरेर अध्यागमनका अधिकारीहरूलाई जिम्मा लगाइएको थियो। उनीमाथि छानबिन जारी छ।

भारतका प्रहरी अधिकारीहरूले एनडीटिभीलाई बताए अनुसार गुजरात राज्यका पटेललाई एकजना दलालले राहदानी र अमेरिकी भिसा उपलब्ध गराउने वाचा गरेका थिए।

एनडीटिभीको रिपोर्ट अनुसार ती दलालले पटेलको हुलिया बदल्ने तारतम्मे मिलाएका थिए।

रोजगारीका लागि उनी अमेरिका जाने तयारीमा थिए। तर उनको प्रोफाइलका कारण सहजै भिसा प्राप्त गर्न सक्ने अवस्था थिएन, प्रहरी अधिकारी सञ्जय भाटियाले भने। बिबिसी नेपाली सेवाबाट

सिन्धुलीबाट बेपत्ता हायू परिवारका सबै सदस्य पोखरामा फेला, मजदुरीका लागि गएका थिए

  पोखरा। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट बेपत्ता भएका हायू परिवारका सबै १५ सदस्य पोखराको गगनगौंडा क्षेत्रमा फेला परेका छन्। उनीहरू मजदुरीका लागि पोखरा आएको प्रहरीले जनाएको छ। कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, उनीहरूलाई गगनगौंडास्थित स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। “उनीहरूले मजदुरीका लागि पोखरा आएको बताएका छन्,” ओलियाले भने, “सबैलाई इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ।” प्रहरी अनुसन्धानबाट उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको र १४–१५ दिन बस्ने योजनासहित आएको खुलेको छ। उनीहरू गत शनिबार पोखराको लेकसाइडस्थित होटल जननीमा बसेका थिए र आइतबार चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए। “होटलबाट निस्किएको भोलिपल्टै हामीले उनीहरूलाई फेला पार्‍यौं,” ओलियाले थपे। गत शुक्रबारदेखि हायू परिवारका १६ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको थियो। तर, प्रहरी अनुसन्धानमा सुजाता हायू काठमाडौंमा बस्दै आएको पाइएको छ। बाँकी १५ जना भने मजदुरीका लागि पोखरा पुगेका थिए।

जापानमा एक्लोपनको डरलाग्दो तथ्य सार्वजनिकः ४० हजार जना मानिस घरमै एक्लै मृत फेला

काठमाडौं । जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान पुलिसले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो । जापानको राष्ट्रिय पुलिस एजेन्सीका अनुसार तथ्यांकमध्ये करिब ४ हजार जना मानिसको शव एक महिनापछि मात्रै फेला परेको थियो । १ सय ३० जनाको मृत्यु भएको करिब एक वर्षसम्म पनि थाहा हुन सकेको थिएन । संयुक्त राष्ट्र संघका अनुसार यसबेला जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसंख्या छ । र, त्यहाँ एक्लोपनको गम्भीर समस्याका रुपमा देखा परेको छ । यो रिपोर्ट सार्वजनिक भएसँगै जापानी प्रहरी एजेन्सीले एक्लै बाँच्ने र मर्दा पनि एक्लै हुने गरी पछिल्लो समय जापानमा आइरहेको समस्या उजागर गर्ने विश्वास लिएको छ । जापानको राष्ट्रिय पुलिस एजेन्सीको तथ्यांकअनुसार एक्लै बस्ने करिब ३७ हजार २२७ जना आफ्नै घरमा मृत फेला परेका थिए । त्यसमा पनि ७० प्रतिशतभन्दा बढी ६५ वर्ष माथिका छन् । करिब ४० प्रतिशत मानिसको शव मृत्यु एक दिनभित्रै फेला परेको थियो । जबकी करिब ३ हजार ३९३ जनाको शव एक महिनापछि भेटिएको थियो । बाँकी रहेका १३० जनालाई फेला पर्नुभन्दा अगाडि कसैले पनि ध्यानसम्म पनि दिएका थिएनन् । जापानी पब्लिक टीभी नेटवर्क एनएचकेका अनुसार प्रहरीले यो तथ्यांक एक सरकारी समूहलाई दिइएको छ, जसले बेवारिसे मृत्युबारे जाँच गरिरहेको छ ।  यसवर्षभन्दा पहिले जापानी राष्ट्रिय जनसंख्या संस्थान र सामाजिक सुरक्षा अनसन्धानले भनेका थिए, ‘ देशमा ६५ वर्ष या सोभन्दा बढी उमेर समूहका नागरिकको संख्या सन् २०५० सम्ममा १ करोड ८ लाख पुग्न सक्छ ।’ तस्विरः एआई जेनेरटेड

जहाजभित्र महिलाका अगाडि ४ पटक हस्तमैथुन गरेपछि…

काठमाडौं । अमेरिकामा एक व्यक्ति पक्राउ परेका छन् । उनीमाथि विमानभित्र महिलाको अगाडि चार पटक हस्तमैथुन गरेको आरोप छ । घटना २ अप्रिलको हो । घटना सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडानमा भएको हो । अभियुक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयरलाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार आरोपी विमानमा एक महिलाको छेउमा बसेका थिए । विमानमा बस्नेबित्तिकै आरोपीले हस्तमैथुन गर्न थालेको महिलाको आरोप छ । महिलाले प्रमाणको लागि पुरुषको फोटो खिचेर त्यसपछि चालक दलका सदस्यसँग गुनासो गरेकी थिइन् । त्यसपछि आरोपीलाई अर्को सिटमा बसाइयो । आफूसँगै बसेकी महिलाको सहमतिमा हस्तमैथुन गरेको आरोपितले बताएका छन् । आफ्नो बयानमा उनले महिलालाई सोधेको बताएका हुन् । सो कार्यका लागि अनुमति माग्दा महिलाले हावामा हात हल्लाएर अनुमति दिएजस्तो लागेको उनले बताए । हस्तमैथुन गर्दा महिलालाई कुनै आपत्ति हुन्छ भनेर आफूलाई थाहा नभएको आरोपितले प्रहरीलाई बताएका छन् । किनभने महिलाले स्पष्ट रूपमा विरोध गरिनन् । महिलाले उनको तस्विर समेत खिचिरहेको आरोपितले बताए । साउथवेस्ट फ्लाइटका प्रवक्ताले न्यूजवीकलाई साउथवेस्ट एयरलाइन्सले आरोपितलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । 37

७ प्रदेशका १४ महिलासँग विवाह, पैसा लिएर वेपत्ता हुने पुरुष पक्राउ

भुवनेश्वर । लोभलालच देखाउँदै बिहे गरेपछि पैसा र गरगहना बोकेर वेपत्ता हुने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको उडिसा राज्यको पाटकुरा थानाक्षेत्र निवासी एकजना ६० वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको हो । भुवनेश्वरका प्रहरी उपायुक्त उमाशंकर दासले मिडियालाई दिएको जानकारी अनुसार आरोपीले सन् १९८२ मा पहिलो बिहे गरेका थिए । उनले त्यसपछि २००२ मा अर्को बिहे गरे । यी दुबै विवाहबाट उसको ५ छोराछोरी भए । त्यसपछि भने ती पुरुषले सन् २०२० सम्म वैवाहिक वेभसाइटको माध्यमबाट घरका दुबै श्रीमतीको जानकारी बिना १२ जना महिलासँग विवाह गरेको हो । प्रहरीका अनुसार उसको अन्तिम श्रीमती उडिसाको राजधानी भुवनेश्वरमा रहेकी छिन् । पेशाले तिनी विद्यालयमा शिक्षिक छिन् । प्रहरीका अनुसार, यी महिलालाई यसअघिका विवाहको बारेमा पत्ता लागेपछि उनले प्रहरीमा रिपोर्ट दर्ता गरेकी थिइन । त्यसपछि प्रहरीले पुरुषलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, ती पुरुषले एकल महिला र उमेर पुगेका महिलालाई आफ्नो शिकार बनाउने गर्थे ।आफूलाई डाक्टर भनदै पढेलेखेका र सरकारी तथा नीजि कार्यालयहरुमा उच्चस्तरको जागिर भएका तर एकल महिलाहरुलाई निशाना बनाउने गरेको प्रहरीले जनाएको छ । साथी खोज्दै आफ्नो बारेमा राख्ने यस्ता महिलाहरुसँग विहे गरेपछि बिभिन्न बहानले पैसा लिने र अनि छोडने गरेको थियो । प्रहरीले आरोपीबाट ११ एटिएम कार्ड, ४ आधार कार्ड परिचय पत्र र अन्य दस्तावेज बरामद गरेको छ ।

लोकप्रिय