शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति

वासिङ्टन, जेठ १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ ।

आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीहले जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि वार्ताको आवश्यक तयारी सुरु भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्वीट गर्दै भन्नुभएको छ— अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको छ, यसले आगामी उक्त वार्ताको तयारीका आवश्यक कुराकानी गर्नेछ ।

उहाँले यस ट्वीटमा उत्तर कोरियाको निकै प्रसंशा पनि गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ— मेरो अनुभवका आधारमा भन्दैछु कि उत्तर कोरियासँग आफ्नो देशको सम्पन्नताका लागि निकै ठूलो अवसर छ र यसबाट उसको अभूतपूर्व परिवर्तन हुन सक्छ ।

यस विषयमा उत्तर कोरियाली नेता किम जोङ उन ‘कन्भिन्स’ हुनुभएको छ, यसबारे हामीले कुराकानी पनि गरिसकेका छौँ— उहाँले भन्नुभएको छ ।

तर सो प्रतिनिधिमण्डलमा को वा कुन तहका अधिकारीहरु सहभागी छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

तर अमेरिकी प्रमुख अखबार वासिङ्टन पोष्टको आइतबारको संस्करणमा उक्त भ्रमणको पुष्टि गरिएको छ ।

उक्त अखबारले अमेरिकी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ र उक्त देशको उत्तरी भागमा रहेको सैन्यबिहीन क्षेत्रमा दुई देशका अधिकारीहरुले भेटवार्ता थालेका छन् ।

त्यस वार्ता सोमबार र मङ्गलबारसम्म पनि निरन्तर रहन सक्ने पनि उक्त छापाले पुष्टि गरेको बताइएको छ ।

यसअघि एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो ।

शनिबार साँझ ह्वाइट हाउसमा उपस्थित भएका सम्वाददाताहरुसमक्ष उहाँले भन्नुभयो– हामी पूर्व निर्धारित मितिमै वार्ता गर्नेमा ढुक्क भएका छौँ, जुन १२ मा नै हामी सिंगापुरमा भेट्नेछौँ, म उत्सुक छु र मलाई लाग्छ यसप्रति उत्तर कोरिया पनि इच्छुक छ ।

यसअघि गएको बिहीबार मात्र उत्तर कोरियाली नेता किमको आक्रोस र अमेरिकाप्रतिको सत्रुतापूर्ण व्यवहारका कारण वार्ता स्थगन गर्नुपरेको बताएका राष्ट्रपति ट्रम्पले आइतबारको ट्वीटमा भने उत्तर कोरिया वार्ताप्रति निकै संवेदनशील रहेको बताउनुभएको छ ।

आइतबार ट्वीटगर्दै राष्ट्रपति ट्रम्पले भन्नुभएको छ— उत्तर कोरियासँग आफ्नो देशको विकासका लागि कैयौँ सम्भावनाहरु छन्, मलाई लाग्छ यदि यी सबै सम्भावनाहरुको सदुपयोग गरेमा उत्तर कोरिया एक दिन ठूलो आर्थिक सम्पन्न तथा वित्तीय राष्ट्र बन्ने छ ।

राष्ट्रपति ट्रम्पले यस सम्भावनालाई उत्तरका नेता किमले स्वीकार गर्नुभएको र यस विषयमा उहाँ मेरा बिचारहरुप्रति सहमत हुनुभएको पनि बताउनुभएको समाचारमा जनाइएको छ ।

तर बिहीबार वार्ता राकिएको भन्ने राष्ट्रपति ट्रम्पको पत्र प्राप्त भएलगत्तै उत्तरका नेता किमले भने आफू अमेरिकासँग वार्ताका लागि जुनसुकै समय पनि तयार रहेको प्रतिक्रिया दिनुभएको थियो ।

यस पटकको उत्तर कोरियाको यो लचकता र संयमताका कारण पनि यसपटक अमेरिका छोटै समयमा अर्को निर्णय गर्न पुगेको र वार्ताका लागि तयार भएको केही विश्लेषकहरुको भनाई छ ।

उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि निकै दबाब दिएको थियो ।

उसले निर्धारित समयमै वार्ता गर्न उत्तर कोरिया र अमेरिकालाई आग्रह गरेको थियो ।

यसै प्रयास बमोजिम नै दक्षिण कोरिया र उत्तर कोरियाबीच शनिबार अकस्मात भेटवार्ता भएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको पानुमजोममा भेट भएको हो ।

यी दुई नेताले गत अप्रिल २७ मा एक महत्वपूर्ण शान्ति सम्झौता गरेका छन् ।

उक्त सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । किनभने सन् १९५३ मा दुई कोरिया छुट्टिएपछि पहिलो पटक राष्ट्रपति तहमा यसरी शिखर भेट र वार्ता भएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त वार्ताका क्रममा आजसम्म विकसित सकारात्मक वातावरणलाई जोगाइराख्न आगामी दिनमा पनि वार्ताका प्रयासहरुलाई जारी राख्ने सहमति भएको जनाएको छ । रासस

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुखको शव फेला

काठमाडौं । यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए।  यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो। त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

इजरायली आक्रमणका कारण हजारौंले लेबनान छाडे

काठमाडौं । बेइरूततर्फको सडकमा ठूलो जाम छ । सहरको नजिकै बम्परदेखि बम्परसम्मको ट्राफिक, मोटरवेमा लामो दूरीसम्म फैलिएको छ। धेरै मानिसहरू अझै दक्षिणबाट भागिरहेका छन्, जहाँ इस्रायली बमबारी रातभरि जारी छ।  सामान्य एक घण्टामा पुगिने सडकमा हजारौं गाडी सत्र घण्टादेखि जाममा छन् । एउटै मोटरसाइकलमा चार जनासम्म चढेर भागिरहेका छन् । इजरायले मुख्य सडकका ठाउँहरूमा बमबारी गरेका कारण यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही व्यवसाय खुलेका छन्, तर अरू बन्द छन्, भने विद्यालयहरू बमबारीबाट भाग्ने मानिसहरूलाई आश्रय दिने केन्द्रको रूपमा प्रयोग गरिएको छ। केही बासिन्दाहरूले इजरायली सेनाबाट आफूहरूलाई इरानद्वारा समर्थित समूहको स्थानहरू नजिक रहेका क्षेत्रहरू छोड्न एसएमएस र भ्वाइस मेसेजहरू पठाइरहेका छन् ।  टायरको दक्षिणी सहरमा मानिसहरू समुद्रकिनारमा हिँडिरहेका छन् भने आन्तरिक गाउँहरूमा हवाई आक्रमणबाट धुवाँ उठिरहेको छ । 

लोकप्रिय