सडक किनाराका ३७ घरधुरीले मुआब्जा बुझे

सडक किनाराका ३७ घरधुरीले मुआब्जा बुझे

चितवन, असोज १९ । नारायणगढ–मुग्लिन सडक किनारामा बसोबास गरिरहेका ३७ घरधुरीले मुआब्जा बुझेका छन् ।

उक्त स्थानमा पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तर्गत पहिलो किस्ताको मुआब्जा वितरणको प्रक्रिया थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणको मुआब्जा वितरणको काम अन्तिमचरणमा पुगेको छ । उनीहरुलाई दुई किस्तामा गरी मुआब्जा वितरण गरिँदै छ । पहिलो किस्ता मूल्यांकनको ३३ प्रतिशत र दोस्रो किस्तामा ६६ प्रतिशत रकम वितरण गर्ने योजना रहेको छ ।

अहिलेसम्म ४५ घरमध्ये ३७ घरपरिवारले मुआब्जाबापतको रकम लिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनकाअनुसार हालसम्म रु ३७ लाख ७३ हजार २५ वितरण गरिसकिएको छ । पहिलो चरणको मुआब्जा वितरणका लागि बाँकी रहेका – ८ घरको रु १० लाख ३२ हजार ८४२ पनि तिहार अघि नै वितरण गरिने उनले जानकारी दिए।

मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिका संयोजक समेत रहनुभएका शर्माले पहिलो चरणको ३३ प्रतिशत रकम बुझिसकेपछि बाँकी रकम भुक्तानी लिन आउँदा सडक छेउमा रहेको घर टहरा उठाइसकेको प्रमाण लिएर आउनुपर्ने बताए । उनका अनुसार ती घरपरिवारलाई समितिले रु एक करोड ४४ लाख १४ हजार ६०६ मुआब्जा निर्धारण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ४५ वटा घर, गोठ, शौचालय, पसल लगायतको मुआब्जा १ करोड ४४ लाख १४ हजार ६ सय ६ रुपैयाँ निर्धारण गरिएको छ । विश्व बैंकको सहयोगमा सडक निर्माण भईरहेकाले अहिले भएको संरचना भन्दा स्तरीय संरचना निर्माण गर्न बजेट पुग्ने गरी मुआब्जा निर्धारण गरिएको मुआव्जा निर्धारण उपसमितिका संयोजक शर्माले बताए ।

यसका अतिरिक्त विस्थापन भत्ता प्रतिघर रु २० हजार, अर्को घर नवन्दा सम्मका लागि भाडा रकम रु १० हजार, हाल व्यवसाय भए अर्को व्यवसाय नथालेसम्मका लागि रु १० हजार र दलित जनजाति भएमा थप रु १० हजार समेत दिईने व्यवस्था छ । त्यसका लागि मात्र रु २० लाख ८० हजार रुपैयाँ बितरण गरिर्दै छ ।

सडक बिस्तारका क्रममा ठाउँठाउँमा पहिरो खसेको र कतिपय ठाउँमा सडक चौडा बनाउँदा उनीहरुलाई स्थानान्तरण गर्नु परेको हो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय