सन्दीपलाई नखेलाउनु के दिल्लीको गल्ती?

सन्दीपलाई नखेलाउनु के दिल्लीको गल्ती?

काठमाडौं, चैत १४ । इन्डियन प्रिमियर लिगमा मंगलबार राति दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग पराजय भोग्यो । दिल्लीको पराजयका विभिन्न कारणमध्ये नेपाली लेगस्पिनर सन्दीप लामिछानलेलाई टिममा समावेश नगराउनु पनि हो त ? क्रिकेट विश्लेषक ब्राड हज दिप दासगुप्तासँग इएसपिएन क्रिकइन्फोले छलफल गरेको छ ।

सन्दीपलाई टिममा समावेश नगरेर दिल्लीले कमजोरी गरेको हो त ? भन्ने कार्यक्रम सञ्चालकको प्रश्नमा हजको जवाफ छ, ‘दिल्लीको मैदानमा सन्दीपले खेल जिताउन सक्थे ।’ अमित मिश्रासँगै सन्दीपलाई पनि मौका दिइएको भए चेन्नाइका ब्याट्सम्यानलाई समस्या पर्ने उनको विश्लेषण छ । उनले सन्दीपलाई टिममा समावेश नगरेकोमा आफू आश्चर्यमा परेको बताए ।

अर्का विश्लेषक दिपदास गुप्ताले पनि दिल्लीको मैदानमा सन्दीपले राम्रो प्रदर्शन गर्न सक्ने बताए । ‘यहाँ बल राम्रो टर्न हुन्छ, जडेजालेसमेत बल राम्रो टर्न गराए भने सन्दीपले पक्कै राम्रो गर्ने थिए,’ उनले भने ।

सन्दीपले गत सिजनमा पनि आइपिएलमा अन्तिमका केही खेलमात्र खेल्ने अवसर पाएका थिए । त्यसपछि वर्षैभरी उनी विभिन्न लिगमा व्यस्त भए । क्यारेबियन प्रिमियर लिग, क्यानडा प्रिमियर लिग, अष्ट्रेलियाको विगबास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, टी१० लिग लगायतका लिगमा उनले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखे । तर, दिल्लीले यसपटक पनि उनलाई किन मैदानमा उतारिरहेको छैन त ?

प्रस्तोतको प्रश्नमा हजको जवाफ छ, ‘थाहा छैन, उनले राम्रो गरेका छन् तर अवसर पाएका छैनन् । थाहा छैन, टिमको नेतृत्वले के सोचिरहेको छ ।’

यो सिजनमा दिल्लीले दुई खेल खेल्दासम्म सन्दीप बेञ्चमा नै छन् । पहिलो खेलमा मुम्बइविरुद्ध जित हात पारेको दिल्ली मंगलबारको आफ्नो दोस्रो खेलमा घरेलु मैदानमा नै चेन्नई सुपर किंग्ससँग पराजित भयो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।

नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ ।    सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।  

फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र  सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।  खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।