सप्तरीका २०७ मतदान केन्द्र अतिसंवेदनशील

सप्तरीका २०७ मतदान केन्द्र अतिसंवेदनशील

सप्तरी, भदौ २३ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ ।

यसैक्रममा सुरक्षा समितिले गोप्य सूचना र विश्लेषणपछि जिल्लाका २९५ मतदानस्थललाई दुई तहमा विभाजन गर्दै सुरक्षा प्रबन्ध मिलाएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि २०७ मतदानस्थललाई अति संवेदनशील र ८८ मतदानस्थललाई संवेदनशील भन्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको हो ।

अतिसंवेदनशील मानिएका मतदानस्थल केही नगरपालिका र केही भारतीय सीमासँग जोडिएका गाउँपालिका रहेका छन् । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सबै मतदानस्थलको भ्रमण, पछिल्ला घटनाक्रम र सुरक्षा चुनौती विश्लेषणपछि सुरक्षा व्यवस्था सोही अनुसार गरिएको बताए ।

नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेनासमेत निर्वाचन सुरक्षामा खटिने उनले जानकारी दिए । निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले चार हजार प्रहरी र अधिकारीलाई आवश्यक उपकरण र हातहतियारसहित निर्वाचनस्थल र क्षेत्रमा खटाउने तयारी गरिसकेको छ ।

आवश्यक परे छिमेकी सुनसरी, मोरङ, झापा लगायतका जिल्लाबाट समेत थप प्रहरी झिकाउने योजनासमेत बनिसकेको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । उनले सुरक्षामा कुनै कमजोरी नहुने दाबी गरे । उनका अनुसार जिल्लाको विकट मानिएका क्षेत्रसहित नगरको चौक चौकमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी सचेत छ ।

बहिष्कारको पक्षमा रहेका सिके राउत र अघिल्लो दिन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का संयोजक जयकृष्ण गोइतले विज्ञप्तिमार्फत निर्वाचन बिथोल्ने र उम्मेदवारलाई जनकारबाही गर्न दिएको चेतावनीलाई पनि सुरक्षा चुनौतीका रुपमा लिँदै प्रहरीले विशेष योजना बनाएको छ ।

‘विभिन्न नामधारी सशस्त्र समूहबाट निर्वाचन बहिष्कार र बिथोल्ने प्रयास हुनसक्ने सम्भावनालाई पनि ध्यानमा राख्दै योजना बनेका छन्,’ उनले भने, ‘यस्ता व्यक्ति र समूह हाम्रो निगरानीमा छन्, कुनै गडबड हुन नदिन हामी लागिपरेका छौँ ।’

उनले थपे, ‘मतदाता ढुक्क भएर मतदानका लागि आउनोस् हल्लाले सुरक्षा व्यवस्था बिथोलिँदैन ।’ उनले खुल्ला सीमा भएका कारण सीमावर्ती भारतीय क्षेत्रका स्थानीय सुरक्षा अधिकारीसँग पनि समन्वय गरी सुरक्षा निगरानी बढाइएको बताए ।

नाका क्षेत्रमा जाँचमा कडाइ तथा निगरानी बढाइएको बताउँदै उनले निर्वाचनको २४ घण्टाअघि देखि सीमा सिल गर्ने जानकारी पनि दिए । यता जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले जिल्लाका १८ स्थानीय तहको ८५६ पदका लागि हुने निर्वाचनका लागि जिल्लामा २९५ मतदानस्थलको चयन गरी आवश्यक सम्पूर्ण कार्य अघि बढिसकेको जानकारी दिए ।

सप्तरी जिल्लामा एक लाख ७० हजार ४५५ पुरुष तथा एक लाख ६० हजार ६८६ महिला गरी कुल तीन लाख ३१ हजार ४६२ मतदाता छन् ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय