सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

काठमाडौँ । विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् ।

नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल रु छ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको बोर्डले जनाएको छ ।

आवेदन दिनेमा सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर रु २८ करोड ८७ लाख ७५ हजार मूल्यमा बिक्री गर्न लागिएको हो । सो कम्पनीले दश बराबर चार कित्ताको दरमा हकप्रद शेयर दिन लागेको छ । एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको सूर्या लाइफले आर्थिक वर्ष २०७२÷७३ मा पाँच प्रतिशतमात्रै बोनस प्रदान गरेको थियो ।

यस्तै सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । सो कम्पनीले रु २२ करोड ४४ लाख ९७ हजार बराबरको हकप्रद शेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दश कित्ता शेयर बराबर ३.५ कित्ता हकप्रद दिन लागेको कम्पनीले जनाएको छ । सो बीमा कम्पनीले आव २०७३÷७४ मा २० प्रतिशत बोनस दिन सफल भएको थियो ।

यस्तै गुराँस लाइफ इन्स्योरेन्सले २९ लाख ७० हजार कित्ता हकप्रद शेयर रु २९ करोड ७० लाखमा बिक्री गर्न लागेको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीले आव २०७२-७३ मा आठ प्रतिशत बोनस उपलब्ध गराएको थियो । कम्पनीले दुई बराबर एक कित्ता हुने गरी हकप्रद दिन लागेको हो ।

यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर रु ७२ करोड ९० लाखमा बिक्री गर्न लागेको हो । हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । एभरेष्टले आव २०७२-७३ मा २० प्रतिशत बोनस उपलब्ध गराएको थियो ।

हकप्रद शेयर बिक्री गर्न लागेको अर्को बीमा कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । सो कम्पनीले ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर रु ९९ करोड ३६ लाख ४७ हजारमा बिक्री गर्न लागेको छ । बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । कम्पनीले आव २०७३-७४ मा २५ प्रतिशत बोनस उपलब्ध गराएको छ ।

हकप्रद शेयर बिक्रीका लागि बोर्डमा आवेदन दिएको अर्को बीमा कम्पनी हो नेपाल इन्स्योरेन्स ।

सो कम्पनीले ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर रु चार अर्ब ३२ करोड ३५ लाख ४६ हजार मूल्यमा बिक्री गर्न लागेको छ । कम्पनीले आव २०७१-७२ मा ९.४७ प्रतिशत बोनस प्रदान गरेको थियो । सो कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । नेपाल स्टक एक्स्चेञ्जमा हाल २२ बीमा कम्पनीको शेयर सूचीकृत रहेको छ ।

पन्ध्र कम्पनीको मात्रै वित्तीय विवरण सार्वजनिक

चालू आवकोे पुस मसान्तसम्म १५ बीमा कम्पनीले मात्रै आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । सत्रवटा निर्जीवन बीमा कम्पनीमध्ये १५ वटाले आफ्नो दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका हुन् ।

समीक्षा अवधिमा १५ बीमा कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । सो अवधिमा कम्पनीले रु ३७ करोड २५ लाख नाफा कमाएको छ । सो अवधिमा शिखर इन्स्योरेन्सले रु १९ करोड ६६ लाख नाफा कमाएको छ ।

उक्त अवधिसम्म रु ८६ करोड ५९ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले रु ३५ करोड ८४ लाख बराबरको बीमा दाबी भुक्तानी गरेको छ । सबैभन्दा कम खुद नाफा कमाउने बीमा कम्पनीमा एभरेष्ट रहेको छ । एभरेष्टले पुस मसान्तसम्ममा रु दुई करोड ३७ लाख नाफा गर्न सकेको छ ।

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय