सात महिनामा तीन अर्बका चेक बाउन्स

सात महिनामा तीन अर्बका चेक बाउन्स

काठमाडौं, फागुन १९ । गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा खटिनुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी छानबिनमा बित्ने गरेको छ । चेक बाउन्सका उजुरी बढेपछि प्रहरीको ठूलो शक्ति छानबिनमा लाग्नुपरेको हो ।

अाजको नयाँ पत्रिकामा खबर छ-महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले चेक बाउन्सका उजुरी छानबिन गर्न परिसर मातहतको ४० प्रतिशत शक्ति लागेको बताए । उनले भने, ‘पछिल्ला दिन चेक बाउन्सका उजुरी बढेका छन् । अनुसन्धानमा प्रहरीको ठूलो शक्ति खर्च भइरहेको छ । यसले गम्भीर प्रकृतिका अपराध अनुसन्धानलाई समेत प्रभावित गरेको छ ।’

प्रहरीको तथ्यांकअनुसार काठमाडौं परिसरमा मात्रै प्रत्येक दिन २० भन्दा धेरै चेक बाउन्सका उजुरी पर्ने गरेका छन् । एक लाखदेखि पाँच करोड रुपैयाँसम्मका चेक बाउन्स भएका उजुरी छन् । दैनिक सरदर एक करोड ५० लाख रुपैयाँका चेक बाउन्स भएको मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा मात्रै दर्ता हुने गरेका छन् ।

परिसरका मुद्दा शाखा प्रमुख डिएसपी मोहन थापाले प्रत्येक दिन २०–२५ वटा मुद्दा चेक बाउन्सका मात्रै दर्ता हुने गरेको बताए । ‘पछिल्ला दिन परिसरमा दर्ता भएकामध्ये अधिकांश मुद्दा चेक बाउन्सकै छन् । प्रत्येक दिन २०–२५ वटा चेक बाउन्सकै मुद्दा आउँछन् । दैनिक सरदरमा डेढ करोड रुपैयाँको चेक बाउन्सका मुद्दा दर्ता हुने गरेका छन्,’उनले भने ।

सात महिनामा ३ अर्बको चेक बाउन्स
दैनिक सरदर एक करोड ५० लाख रुपैयाँका चेक बाउन्सको मुद्दा पर्दा महिनामा ४५ करोड रुपैयाँको मुद्दा प्रहरी कार्यालयमा आउने गरेको छ । आर्थिक वर्ष ०७४-७५ को माघसम्म महानगरीय प्रहरी परिसर काठमाडौंमा मात्रै चेक बाउन्ससम्बन्धी १ सय ३० मुद्दा दर्ता भएका छन् । यस आधारमा चालू आर्थिक वर्षको पछिल्ला सात महिनामा महानगरीय प्रहरी परिसरमा मात्रै तीन अर्ब १५ करोड रुपैयाँको चेक बाउन्सको उजुरी परेको देखिन्छ ।

‘पछिल्ला दिन चेक बाउन्सका उजुरी ह्वात्तै बढेका छन् । अहिलेसम्म कति रुपैयाँको चेक बाउन्स भयो ठ्याक्कै तथ्यांक निकाल्न सकिएको छैन । तर, सरदर हिसाब गर्दा अर्बौँ रुपैयाँ देखिन्छ,’ परिसरका डिएसपी थापाले भने ।

केही मुद्दा थप कारबाहीका लागि अदालत पुगेका छन् । प्रहरी कार्यालयमा आएका अधिकांश मुद्दा अदालत नपुगी आपसी छलफलमै टुंगिने गरेका छन् ।

बाउन्सको अवधि वर्ष दिन मात्रै
चेक बाउन्ससम्बन्धी मुद्दाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई दिइएपछि बाउन्सको अवधि घटाइएको छ । जसअनुसार पीडितले चेक जारी भएको मितिले वर्ष दिनभित्र बाउन्स गरिसक्नुपर्छ । र, लगत्तै प्रहरी कार्यलयमा उजुरी पेस गरिसक्नुपर्छ । वर्ष दिन नाघेको उजुरी भने प्रहरीलाई हेर्ने अधिकार छैन । त्यसअघि भने चेक बाउन्स अवधि पाँच वर्ष तोकिएको थियो । त्यसवेला सम्बन्धित जिल्ला अदालतले यो मुद्दा हेर्ने गथ्र्यो ।

एउटै व्यक्तिको ३८ लाख ६० हजारको चेक बाउन्स
नेपाल जब प्लेसमेन्टका सञ्चालक रोशन कार्कीले अस्ट्रेलियामा आकर्षक रोजगार मिलाइदिने भन्दै विभिन्न व्यक्तिसँग लाखौँ रकम उठाए । टोवा–५ का २५ वर्षीय रोशनले पवन भण्डारीसँग २० लाख ५० हजार, मिङमार शेर्पासँग २२ लाख ५० हजार, रवीन्द्र श्रेष्ठसँग १८ लाख, राजकुमार मगरसँग २४ लाख, सन्दीप गुरुङसँग २५ लाख, कुमार मगरसँग २५ लाख र ज्ञानकुमार लामासँग १९ लाख रुपैयाँ लिए । भारतको दिल्ली हुँदै अस्ट्रेलिया पठाउँछु भनेका थिए, उनीहरूलाई । दिएको आश्वासनअनुसार उनले सबैलाई दिल्ली पनि पुर्‍याए । तर, अस्ट्रेलिया पठाउन सकेनन् । रन्थनिएका पीडित नेपाल फर्किए । तत्काल प्रहरी कार्यालयमा उजुरी दिए । त्यसपछि रोशनले सबैलाई चेक काटे । तर, चेक कुनै पनि साटिएन । किनभने खातामा रकम नै थिएन ।

प्रहरीका अनुसार रोशनले रवीन्द्रलाई ८ लाख रुपैयाँको चेक दिएका थिए । पवनलाई २४ लाख ५० हजार तथा मिङमारलाई ४ लाख ४० हजार र १७ लाख रुपैयाँका दुईवटा चेक दिएका थिए ।

पाँच करोडको एउटै चेक बाउन्स
परिसरमा पाँच करोडको एउटै चेक बाउन्सको उजुरी पनि परेको छ । मुद्दा शाखाका प्रमुख डिएसपी मोहन थापाले उजुरीमाथि छानबिन भइरहेको बताए । यो मुद्दामा ठूलै घराना मुछिएको बताउँदै थप खुलाउन चाहेनन् । ‘पाँच करोड रुपैयाँसम्मका चेक बाउन्स भएको उजुरी हामीकहाँ दर्ता भएका छन् । हिजोआज हामीकहाँ दर्ता हुने उजुरी सबैभन्दा धेरै चेक बाउन्सकै छन्,’ उनले भने ।

यसरी फसे सुकुमान

काभ्रे तेमाल–४ का ५० वर्षीय सुकुमान तामाङले काठमाडौं भोटेबहालकी ४५ वर्षीया सोफिन रन्जितलाई विद्यालय सञ्चालनका लागि भन्दै ३७ लाख १० हजार रुपैयाँ क्यास दिए । पछि पैसाको खाँचो परेपछि सोफिनसँग आफ्नो पैसा फिर्ता मागे । तर, सोफिनले आलटाल गरिन् । दबाबपछि सोफिनले १० लाख ६० हजार, ४ लाख, ८ लाख, ७ लाख पचास हजार र सात लाख रुपैयाँका पाँचवटा चेक दिइन् । सुकुमान बैंक पुग्दा खातामा रकम थिएन । रन्थनिएका सुकुमान फेरि सोफिनकहाँ पुगे । तर, सोफिनले वास्ता नगरेपछि १० लाख ६० हजारको चेक बाउन्स गरी महानगरीय प्रहरी परिसरमा उजुरी दिन गए । शुक्रबार परिसरको मुद्दा फाँटमा भेटिएका उनले भने, ‘विश्वासमा ऋण दिएँ । तर, अहिले फन्दामा परेँ । पाँचवटा चेक छन् । कुनै पनि साटिएको छैन ।’

के छ कारबाहीको व्यवस्था ?
बैंक खातामा पर्याप्त रकम छैन भन्ने जान्दाजान्दै चेकमा रकम भरेर कसैलाई दिनुलाई नै ‘चेक बाउन्स’ भनिन्छ । बैंकिङ कसुरअन्तर्गत यो मुद्दा पहिला प्रहरीलाई हेर्ने छुट थिएन । सीधै अदालतमा मुद्दा पेस हुन्थ्यो । तर, झन्झटिलो न्याय प्रणालीका कारण निकै कमले मात्र न्याय पाउँथे । १८ असोज ०७३ देखि भने यो मुद्दा प्रहरीलाई हेर्न अनुमति दिइएको छ । उजुरी परेको व्यक्तिलाई प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि मुद्दा अदालतमा पेस हुन्छ । अदालतले दोषी प्रमाणित भएको व्यक्तिलाई बिगो र बिगोबमोजिमको जरिवाना भराई तीन महिनासम्मको जेल सजाय तोक्न सक्छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय