सानोतिनो रोग लागेका बेला समेत कडा खालको एन्टिवायोटिक ?
सानोतिनो रोग लागेका बेला समेत कडा खालको एन्टिवायोटिक औषधि दिने र खाने चलन समान्य जस्तै भइसकेको छ । तर यसले पार्ने प्रभावका बिषयमा अधिकांश उपभोक्तालाई जानकारी छैन । एन्टिवायोटिक औषधि डाक्टरको प्रिस्किृप्सन बिना बेच्न र उपभोग गर्न पाइदैन् । यो अन्तर्राष्टिय मान्यता हो । तर नेपालमा यो नियम न औषधि बिक्रेताले पालना गरेका छन न औषधि किनेर खाने उपभोक्ताले नै यसका विषयमा हेक्का राख्ने गरेका छन । नेपालमा अहिलेसम्म कुन किसिमको रोगमा कुन स्तरसम्मको एन्टिवायोटिक्स बिक्री गर्ने वा उपभोक्ताले खाने भन्ने कुनै गाइडलाइन छैन । त्यसैले औषधि दिने र लिने दुबैले मनपरि तरीकाले एन्टिवायोटिक्स सेवन गरिरहेका छन । छिटो रोग निको पार्न एन्टिवायोटिक्सको सेवन गर्ने गरिएको पाइन्छ । एक्टिवायोटिक्सलाई रोग निको पार्ने अचुक उपायको रुपमा हेर्ने गरेकाले यसले स्वास्थ्यमा नराम्रो असर पारिरहेको विज्ञहरु बताउछन । मिर्गौला प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ भन्छन, एन्टिवोयोटिक्सको सही तरीकाले उपभोग गर्न नसकिए अभिषाप पनि बन्छ भन्ने कुराको ज्ञान धेरैलाई छैन । जसका कारण मिर्गौला बिग्रनेदेखि विभिन्न स्वास्थ्य समस्याको जन्म हुन्छ । जथाभावी एन्टिवोयोटिक्स सेवनकै कारण वर्षेनी दुई हजारभन्दा बढीले ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ । डिप्रेसनमा परेका व्यक्तिहरुले रातमा निद्रा नआएपछि निद्रा आउने औषधि आवश्यक भन्दा बढी सेवन गर्दा ज्यान समेत जाने गरेको छ । कोही रोग निको पार्ने निहूमा डोजभन्दा बढी औषधि एकै पटक खाइदिने त कोही एउटा रोगका लागि सेवन गर्नु पर्ने एन्टिवोयोटिक्स अर्को रोग निको पार्न खाइदिने गर्छन । कोही आफु खुशी औषधि पशलबाट एन्टिवायोटिक्स किनेर खाने गर्छन । मनपरि एन्टिवायोटिक्सको सेवनले समस्या निम्त्याएको चिकित्सकहरु बताउछन ।
चिकित्सको प्रिस्किृप्सन बिना नै दुखाई कम हुने औषधि एन्टिवायोटिक्स आफू खुशी सेवन गर्दा हरेक दिन कुनै न कुनै घटना घटिरहने गरेको त्रिवि शिक्षण अस्पतालका डा. सतिस शाह बताउछन । उनी भन्छन, आफू खुशी औषधि सेवन गर्दा यसले पार्ने साइड इफेक्टका बिषयमा धेरैलाई जानकारी छैन । औषधिको प्रयोग गर्न नजान्दा रोग निको हुनुको सट्टा ज्यान सक्छ भन्ने कुरा बिर्सनु हुदैन । औषधिलाई तरकारी किनेर खाएजस्तै विना कसैको सल्लाह सेवन गर्ने बानी बिकास रोकिनु पर्ने विज्ञहरु बताउछन । उनीहरुको भनाई छ, चिकित्सकको सल्लाह विना औषधि सेवन गर्दा एउटा रोग निको पार्न खोज्दा अर्कै रोग बल्जmने संभावना हुन्छ । एन्टिवायोटिक्स आफू खुशी सेवन गर्दा यसले मिर्गौला बिग्रने, कलेजको बिग्रने, आखा लगायत शरीरका महत्वपूर्ण अंगलाई नकारात्मक असर गर्छ । मिर्गौला विग्रनुको प्रमुख कारण अत्यधिक एन्टिवायोटिक्सको सेवन पनि हो, मिर्गौला प्रत्यारोपण विज्ञ डा. श्रेष्ठले भने । अन्दाजका भरमा औषधि खादा धेरै व्यक्ति मिर्गौला विग्रिएर डायलासिस गर्नु पर्ने अवस्था छ । औषधि प्रयोग गर्ने तरीका, सेवन गर्ने समय, सेवन गर्नु पर्ने मात्रा, खानपिनका बिषयमा ख्याल राख्न सकेमात्र रोग निको हुने चिकित्सक बताउछन ।
विरामीले बताएको बयानका आधारमा बजारमा खोलिएका औषधि पशलेले एन्टिवायोटिक्स बच्ने गरेका छन । उनीहरुले अन्दाजका भरमा औषधि बेचेको हुन्छ । चिकित्सकको सल्लाह लिन जादा थप शुल्क तिर्नु पर्ने भएकाले अधिकांश विरामी औषधि पशलबाटै गम्भिर प्रकृतिका रोगको औषधि समेत आफै किनेर ल्याउछन । टाउको दुखेको सिटामोल, जmाडापखाला लागेको जिवनजल जस्ता ओषधि आफै पनि किनेर ल्याउदा त्यति फरक पर्दैन । तर स्वासप्रस्वास, ग्यास्टिक, गर्भपतन गराउनेसम्मका औषधि विना चिकित्सकको सल्लाह किनेर सेवन गर्दा स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई कसैले पनि ध्यान दिने गरेको पाइदैन । आवश्यक भन्दा बढी डोज औषधि सेवन गर्दा रोगसँंग लड्ने प्रतिरक्षात्मक क्षमता नै घट्ने विज्ञहरु बताउछन । लामो समयसम्म दुखाई क मगर्ने औषधि सेवन गर्दा पेन किलर अल्सर, दिसामा रगत देखिने, टाउको दुख्ने, रिंगटा लाग्ने, काम गर्न मन नलाग्ने, निद्रा लागिरहने जस्ता समस्या देखा पर्छन ।
औषधि व्यवस्था विभागका महानिर्देशक रामधारमण प्रसादका अनुसार साइड इफेक्ट कम गर्ने समान्य औषधि रिटामोल, डिकोल्ड, जिवनजल, भिटामिन वी कम्पलेक्स लगायतका औषधि चिकित्सकको सल्लाहबिनै स्वास्थ्यकर्मिको सल्लाह अनुसार सेवन गर्न सकिने भएपनि एक्टिवायोटिक्स सेवन गर्दा भने चिकित्सकको परामर्श लिनै पर्छ ।
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।” दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् ।
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।
वीरगन्जमा ९३ जनामा देखियो हैजा
पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।
विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

