सेनाको नजरमा चार चुनौति, निर्वाचनमा ६० हजार सैनिक परिचालन

सेनाको नजरमा चार चुनौति, निर्वाचनमा ६० हजार सैनिक परिचालन

काठमाडौं, कात्तिक १७ । नेपाली सेनाको बिहीवार सम्पन्न पृतनापति समन्वय वैठकले आसन्न निर्वाचनका लागि चार चुनौतिबारे छलफल गरेको छ । साना हतियार, स्थानीय तहमा दुई गठबन्धनका कार्यकर्ताबीच हुनसक्ने झडप, नेत्रविक्रम चन्द नेतृत्वको पार्टी र तराई र पूर्वी पहाडका विखण्डनकारी समूहलाई सेनाले चुनौतिका रुपमा अथ्र्याएको हो । यी चुनौति ठूलो स्तरमा नरहेको तर कमजोर आँक्न पनि नहुने सैनिक अधिकारीहरुले विश्लेषण गरेका छन् ।

शुरुमा रक्षामन्त्री भीमसेनदास प्रधानले उद्घाटन गरेको र उनको विदाइपछि चलेको वैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्री, बिहीवारै कार्यकाल सकिएका बलाधिकृत रथी बलदेवराज महत, बलाध्यक्षरथी पूर्णचन्द्र थापा, सैनिक गुप्तचर महानिर्देशनालयका प्रमुख जगदीशचन्द्र पोखरेल, सेनाको विशेष वाहिनीपति बाबुकृष्ण कार्की तथा उपत्यकाका प्रमुख कार्यालयका प्रमुखहरु सहभागी थिए ।

बैठकमा पूर्वी पृतनापति गौरब तण्डुल, मध्यपूर्वी पृतनापति ईश्वर हमाल, मध्यपृतनापति प्रभुराम शर्मा, उपत्यका पृतनापति पूर्ण सिलवाल, पश्चिम पृतनापति देवेन्द्र बहादुर मेधासी, मध्यपश्चिम पृतनापति राजेन्द्र कार्की, उत्तरपश्चिम पृतनापति कर्मेन्द्र लिम्बु र सुदुरपश्चिम पृतनापति झंकरबहादुर कडायत पनि सहभागी थिए ।

बैैठकमा सबै पृतनापतिले आ आफ्नो क्षेत्रको सुरक्षास्थिति, सुरक्षा योजना, विगतको समीक्षाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

पृतनापतिहरुले मंसिर १० र २१ को प्रादेशिक तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका बारेमा आफ्ना क्षेत्रका बारेमा ब्रिफिङ गरेका थिए । ‘उपत्यकासहित आठ क्षेत्रको सुरक्षास्थितिका बारेमा छलफल भयो । त्यसक्रममा चुनाव विथोल्ने खालको सुरक्षा खतरा नभए पनि पृतनापतिहरुले चारवटा सुरक्षा चुनौति प्रस्तुत गर्नुभयो’ सेनाका एक बहालवाला उपरथीले नयाँ पत्रिकासँग भने, ‘मूलतः साना हतियार, स्थानीय तहमा हुनसक्ने झडप, बिप्लब समूहका गतिविधि र सिके राउत समूहका गतिविधिलाई शुक्ष्मरुपमा हेर्नुपर्ने ब्रिफिङ भयो ।’ ती अधिकारीका अनुसार पृतनापतिहरुले दलहरुको स्थानीय तहमा हुने झडपको अवस्थालाई पनि निगरानीमा राख्नुपर्नेमा जोड दिएका थिए ।

सेनाको नजरमा चार चुनौति
१. साना हतियार
२. स्थानीय तहमा वाम र लोकतान्त्रिक गठबन्धनबीच हुनसक्ने झडप
३. बिप्लब समूहको गतिविधि
४. तराईमा सिके राउत समूहका गतिविधि

सैनिक प्रबक्ता सहायकरथी नैनराज दाहालले ‘निर्वाचन सुरक्षा सम्बन्धी एक दिने छलफल कार्यक्रम’मा समग्र बिषयमा छलफल भएको र उत्पन्न सुरक्षा चुनौति सामना गर्न सेना तयार रहेको बताए । दाहालका अनुसार वैठकको शुरुमा रक्षामन्त्री भिमसेन दास प्रधानले सम्बोधन गरेका थिए । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा तोकिएको समयमै सम्पन्न गर्न सरकार कटिबद्ध छ’ रक्षामन्त्रीको भनाई थियो, ‘यसका लागि सेनालाई सहयोग गर्न सरकार प्रतिवद्ध छ ।’

पृतनापतिहरुको ब्रिफिङपछि प्रधानसेनापति क्षत्रीले अन्तरक्रियाबाट प्राप्त भएका महत्वपूर्ण सुझावका आधारमा अघि बढ्ने बताएका थिए । उनले निर्वाचन सुरक्षाका लागि जङ्गी अड्डाबाट सबै तहमा मार्ग निर्देशन पठाइएको उल्लेख गर्दै त्यही अनुसार परिचालित हुन निर्देशन दिए ।

यस्तो छ सेनाको सुरक्षा तयारी
सैनिक प्रबक्ता दाहालका अनुसार निर्वाचनमा ६० हजार २० जना सैनिक खटिएका छन् । सबै पृतनामा हेलिकोप्टर तैनाथ छन् । ‘मतपत्र छपाईको सुरक्षामा सेना छ । मतपत्र लैजान सडक तथा हवाई यातायातको साधन र सुरक्षा सेनाले गर्नेछ’ दाहालले भने, ‘मतदानका बेला हुनसक्ने जोखिमको विश्लेषण गर्दै हरके मतदान केन्द्रमा बम डिस्पोजल टोली खटाइएको छ । मतदाता र मतदान केन्द्रको सुरक्षाका लागि मोबाइल टिम खटाइएको छ ।’

सेना सुरक्षाको तेस्रो घेरामा खटिने
सेना विगतका निर्वाचनजस्तै सुरक्षाको तेस्रो घेरामा खटिने उनले बताए । पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी खटिएको छ । ‘प्रमुख जिल्ला अधिकारीको आग्रहका आधारमा तत्कालै खटिने अवस्थाको स्ट्याण्ड बाई फोर्स पनि तैनाथ गरिएको छ । यस्तो फोर्स जिल्ला, बाहिनी, पृतना र जंगी अड्डा गरी चार तहमा तैनाथ छ ’ सैनिक प्रबक्ता दाहालले भने ।

मतदानको दिन सेनाले हवाई गस्तीदेखि मोबाइल पेट्रोलिङ गर्नेछ । मतपेटिकालाई जिल्ला सदरमुकाममा ल्याउने र गणना नभएस्म्म सुरक्षा दिने कार्यमा पनि सेना खटिनेछ । दाहालका अनुसार दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेपछ विजय जुलुसमा उत्पन्न हुनसक्ने हुलदंगालाई पनि विश्लेषण गरेर सेनाले त्यहाँ पनि निगरानी राख्नेछ । उम्मेदवारको सुरक्षाका लागि पनि सेनाले सहयोग गर्नेछ । नयाँपत्रिकाबाट

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय