स्कटल्याण्डले दियो आयरल्याण्डलाई १९४ रनको लक्ष्य (LIVE)
काठमाडौंः त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा आयरल्याण्डलाई १९४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको स्टकल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनायो ।
उसका लागि कलुम म्याकलोइडले २ छक्का र ८ चौकाको मद्दतमा ४२ बलमा ७२ रन बनाए ।
यस्तै जर्ज मुन्सीले ३४, ओल्ली हरिसले २६, रिची बेरिङटनले २०, कप्तान कायल कोयट्जरले १० र मार्क वाटले नटआउट १४ रनको योगदान दिए ।
बलिङमा आयरल्याण्डका बोयड र्याकिंनले ३, ग्यारेथ डेलानीले २, स्टुअर्ट थोप्सन र डेभिड डेलानीले एक–एक विकेट लिए ।
स्कटल्याण्ड–आयरल्याण्डसँगै सिरिजमा नेदरल्याण्ड्स पनि खेलिरहेको छ । लाइभ हेर्न यहाँ क्लिक गर्नुस्
पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याड्सलाई ५८ रनले हराएको थियो ।
टस हारेर ब्याटिङको मौका पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २५२ रन बनाएको थियो । टि–२० मा यो छैटौं उच्च लक्ष्य हो ।
स्टकटल्याण्डलाई विशाल लक्ष्यमा पुर्याउन जर्ज मुन्से र काइल कोएट्जेरले ऐतिहासिक प्रदर्शन गरेका थिए ।
उनी दुवैले पहिलो विकेटका लागि २०१ रनको साझेदारी गरे । स्टकटल्याण्डका लागि टि–२० मा बनाएको यो उच्च साझेदारी हो ।
समग्र टि–२० क्रिकेटको तेस्रो ठूलो साझेदारी हो । टि–२० मा सर्बाधिक ठूलो साझेदारी अफगानिस्तानका हजरतुल्लाह जजाईँ र उश्मान घानीको नाममा छ ।
नेदरल्याण्ड्विरुद्ध आज जर्ज मुन्सेले १४ छक्का र ५ चौकाको सहयोगमा ५६ बलमा नटआउट १२७ रन बनाए । टि–२० क्रिकेटमा उनको यो उच्च स्कोर हो ।
यस्तै, कप्तान काइलले ५ छक्का र ११ चौकाको मद्दतमा ५० बलमा ८९ रन बनाए । टि–२० मा उनको यो उच्च स्कोर हो ।
यसअघि उनको उच्च स्कोर ७१ थियो । काइलले नेपालको एभरेष्ट प्रिमियर लिगसमेत खेलि सकेका छन् ।
स्कटल्याण्डलाई विशाल लक्ष्यमा पुर्याउन रिचि बेरिङटनले २२ रनको योगदान दिए ।
बलिङमा नेदरल्याण्ड्सका शेन साण्टनरले ४ ओभरमा ४२ रन दिएर ३ विकेट लिएका थिए ।
जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई
काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।
नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल
काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।
नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ । सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।
फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

