स्याङ्जा उवासंघ निर्वाचन बिरुद्ध उजुरी

स्याङ्जा उवासंघ निर्वाचन बिरुद्ध उजुरी

स्याङ्जा, २४ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचन प्रक्रिया बिरुद्ध उजुरी परेको छ । संघमा आबद्ध सदस्यहरु मार्फत जिल्ला प्रशासन कार्यालय स्याङ्जामा संघको ३८ औं वार्षिक साधारण सभा तथा १६ औं अधिबेसनका लागि वितरित सदस्यता र मतदान प्रक्रिया विधान प्रतिकुल भएको भन्दै उजुरी परेको हो ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै छानबिन गरि निर्वाचन रद्द गरि पाउँ भन्ने उजुरी परेको छ । संघसँग आबद्ध व्यवसायीको नाममा परेको उजुरीमा नाम उल्लेख नगरि एक दर्जन बढि व्यवसायीले हस्ताक्षर गरेका छन् । उनीहरुले हालै सम्पन्न भएको निर्वाचन प्रक्रियालाई रद्द गरि पुनः निर्वाचन गर्न माग समेत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता भएको उजुरीमा संघको विधान २०५३ को (अन्तरिम संशोधन २०७७) को परिच्छेद–५ को दफा ९ अनुसार सदस्यताको लागि योग्यता नपुगेको, दफा १० को सदस्यता प्राप्तिको प्रक्रिया पुरा नगरेको, दफा १३ अनुसार सदस्यता शुल्क नबुझाएको र दफा १४ अनुसार सदस्यता नविकरण नगरिएको तथा संघको विधानको मर्म र भावनाको बर्खिलाप हुने गरि २०८० सालको असार मसान्तमा दर्ता भई २०७९ को समेत सदस्यता कायम गरिएको उल्लेख गरिएको छ ।
संघको विधानको परिच्छेद–५ मा संघको सदस्यता हुनका लागि सरकारी निकायमा व्यवसाय दर्ता गरि पान नम्बर प्राप्त गरेको फर्मवाला हुनुपर्ने व्यवस्था छ । पान नं. प्राप्त गरेपछि संघको सदस्यताका लागि निबेदन दिने र निबेदन उपर छानबिनपछि प्राप्त सदस्यता एक आर्थिक वर्ष नविकरण भएपछि मात्रै मताधिकार सहितको सदस्य हुने व्यवस्था छ ।
संघको ३८ औं वार्षिक साधारण सभा तथा १६ औं अधिबेशनका लागि वितरित सदस्यता आर्थिक वर्ष २०७९/०८० को असार मासान्तमा दर्ता गरि आर्थिक वर्ष २०७८/०७९ को समेत विधान विपरित नविकरण गरिएको व्यवसायीको दाबी छ । मताधिकार नभएको व्यक्ति उम्मेदवार बनेको समेत व्यवसायीले उजुरीमा आरोप लगाएका छन् ।
उद्योग वाणिज्य संघको निर्वाचन सन्दर्भमा परेको उजुरीमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नवनिर्वाचित समिति र निर्वाचन अधिकृतलाई सक्दो छिटो प्रतिबेदन दिन भन्दै पत्र काटेको छ । प्रतिबेदनसँगै सदस्यता वितरण र निर्वाचन प्रक्रियामा प्रयोग भएका कागजात समेत पेश गर्न बिपक्षीलाई निर्देशन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
संघको ३७ औं साधारण सभा तथा अधिबेशनबाट संघको विधान परिच्छेद–५ कै दफा १५ को (उपदफा ग) अनुसार कारबाहीमा परेको र निजको सदस्यताले संघको अध्यक्ष बन्न नपाउने (निर्माण व्यवसायी) रहेको व्यक्ति अध्यक्षको उम्मेदवार बनेर निर्वाचित भएको उजुरीमा उल्लेख गरिएको छ ।
२०७४ अघिको कार्यसमितिमा श्रेया कन्स्ट्रक्सन संचालकका नाताले हालका अध्यक्ष महादेब श्रेष्ठ संघको द्धितिय उपाध्यक्ष थिए । संघको अध्यक्ष हुन निर्माण व्यवसायीलाई विधानले रोक लगाएको उजुरीकर्ताको दावी छ । श्रेष्ठले २०८० मा आएर श्रेया स्पोर्ट फर्म दर्ता गरेपछि अध्यक्षमा उम्मेवार भएर निर्वाचित भएका हुन् ।
संघको अध्यक्ष हुन एक कार्यकाल पदाधिकारी बन्नुपर्ने विधानले व्यवस्था गरे पनि अध्यक्ष श्रेष्ठले द्धितिय उपाध्यक्ष हुँदा अध्यक्ष बन्न नमिल्ने फर्म र अध्यक्ष बन्दा नयाँ फर्म दर्र्ता मार्फत सदस्यता प्राप्त गरेको प्रक्रिया गलत भएको उजुरीमा आरोप लगाईएको छ ।
संघको हालै सम्पन्न निर्वाचनमा ५ सय ८६ सदस्यको मतदाता नामावलीमा नाम रहेपनि ४ सय ७५ जनाले मतदानमा सहभागिता जनाएका थिए । नामावली र मतदानमा नाम उल्लेख भएका करिब २ सय सदस्य विधान विपरित संघको सदस्यता प्राप्त गरेको उजुरीकर्ता व्यवसायीको आरोप छ ।
निर्वाचित अध्यक्ष महादेब श्रेष्ठले भने उजुरीमा कुनै सत्यता नरहेको बताए । एभरेष्ट दैनिकसँगको कुराकानीमा उनले छानविन प्रक्रियामा सघाउने प्रतिक्रिया दिए ।

१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५  रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । यस्तै, युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कले स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५  पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ । आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा तथा बिक्री दर ९६ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ४९ पैसा कायम गरिएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३  पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैङ्कले जनाएको छ । यस्तै, थाईभाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर नौ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा तथा बिक्रीदर १२ रुपैयाँ २२ पैसा, डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ९३ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४० पैसा तय गरेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ तथा बिक्रीदर चार सय ३९ रुपैयाँ ९५ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ २८ पैसा निर्धारण गरिएको केन्द्रीय बैङ्कले जनाएको छ । ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ २० पैसा र बिक्री दर तीन सय ५१ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । केन्द्रीय बैङ्कले आजदेखि ओमानी रियालको खरिद बिक्री सुरु भएको जनाएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष ढकालले यो धारणा नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गर्नुभएको हो । ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताउनुभयो ।  सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताउँदै ढकालले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ, तर समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्छ भन्नुभयो । उहाँले व्यवसाय दर्ता, नविकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिनुभयो । साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले यसको जोखिम न्युनिकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी ढकालले दिनुभयो । नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उहाँको टिप्पणी छ । ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराउनुभयो । ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कम मागका कारण बजारमा चहलपहल छैन र उद्यमीहरू लगानी गर्न हतोत्साहित भएका छन् । महासंघले दशैं–तिहार लक्षित सर्वेक्षणबाट गत वर्षको तुलनामा बिक्री ४० प्रतिशत सम्म घटेको देखाएको जानकारी पनि उहाँले दिनुभयो । तर, ढकालले अर्थतन्त्र निराशाजनक नभएको र सुधारको सम्भावना रहेको औंल्याउनुभयो । उहाँका अनुसार केही सूचकहरूले सुधारलाई बल दिन सक्छन् । हिजो मात्रै सार्वजनिक भएको नेपालको पहिलो क्रेडिट रेटिंगले बीबी माइनस देखाएको छ, जसले अर्थतन्त्र अहिले स्थिर भए पनि सानो झटकाले जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूका लागि यो सकारात्मक सन्देश रहेको उल्लेख गर्दै ढकालले महासंघको पहलमा नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन भएको छ, जसमा अहिले निजी क्षेत्रलाई पनि समावेश गरिएको छ भन्नुभयो । यसले निजी क्षेत्रलाई थप अवसर र सम्मान दिनेछ ।

विदेशी मुद्राको विनिमयदर  : कुनको बढ्यो, कुनको घट्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआनको मूल्य बढेको छ । कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ ।   शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३८ पैसा कायम भएको छ ।  केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ, बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा निर्धारण भएको जनाएको छ ।   आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६३ पैसा तथा बिक्री दर ९७ रुपैयाँ ०७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।   जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा,  बढेको चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३  पैसा तथा बिक्रीदर १८ रुपैयाँ ७१ पैसा तोएिको छ ।  साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ तथा बिक्रीदर ३७ रुपैयाँ १७ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।   थाईभाट एकको खरिददर तीन रुपैयाँ ८९ पैसा तथा बिक्रीदर तीन रुपैयाँ ९१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ ।   मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २१ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ ।   स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ ०४ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४१ पैसा तय गरेको छ ।   कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर चार सय ४० रुपैयाँ ६२ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ९० पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।   राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

लोकप्रिय