४१.५६ अङ्कले घटेपछि नेप्से १ वर्षकै न्यून विन्दुमा

४१.५६ अङ्कले घटेपछि नेप्से १ वर्षकै न्यून विन्दुमा

काठमाडौं, फागुन २१ । साताको पहिलो दिन नेप्से परिसूचक ३ दशमलव शून्य ९ प्रतिशत घटेको छ ।

कारोबार शुरू भएदेखि तीव्र अङ्कले घट्न थालेको बजार अन्त्यमा ४१ दशमलव ५६ अङ्क घटेको छ ।

गतवर्ष २०७३ फागुन २२ गते १३ सय ५० विन्दुमा रहेको नेप्से २०७४ फागुन २० गते घटेर १ हजार ३ सय ४ दशलमव ४३ विन्दुमा पुगेको छ । केही समयदेखि घटिरहेको बजार कारोबारको तेस्रो घण्टामा १ हजार २ सय ९१ दशमलव ५५ को न्यून विन्दुमा झरेको थियो । आइतवार करीब १ घण्टा नेप्से १३ विन्दु तल पुगेको थियो । कारोबार भएका सबै समूहको परिसूचक उच्च अङ्कले घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो ।

गत बुधवार डा. युवराज खतिवडाले बीबीसी नेपालीमा दिएको अन्तर्वातामा अनुत्पादक क्षेत्रमा भन्दा उत्पादक क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने तर्कले लगानीकर्ताहरू भ्रममा परेका हुन् । शेयर लगानीकर्ता सङ्घका तर्फबाट अध्यक्ष उत्तम अर्यालले पेश गरेको विज्ञप्तिमा डा. खतिवडाले पूँजीबजारबारे नकारात्मक टिप्पणी गरेको भन्दै त्यसबारे खुलाउन माग गरेका छन् । नयाँ सरकारमा अर्थमन्त्री नियुक्त भएसँगै बजार ओरालो लागेकोमा सङ्घले ध्यानाकर्षण गराएको छ । करीब २० लाख सर्वसाधारण जनताको लगानी रहेको पूँजीबजार रू. १६ खर्बबाट आज रू. १५ खर्बमा ओर्लिएको छ ।

पूँजीबजारबाट लगानी जुटाउँदै नेपालको अर्थतन्त्रमा योगदान दिदैं आएको चिलिमे हाइइ«ोपावर, माथिल्लो तामाकोशी जलविद्युत् र हाल सञ्चालनमा आएका कम्पनीमा लगानी गरेको पूँजी अनुत्पादक क्षेत्र कसरी भयो भनेर सङ्घले स्पष्टीकरण माग गर्दै विज्ञप्ति पेश गरेको हो ।

कारोबार भएका १० समूहको परिसूचकमा व्यापार समूहको परिसूचक सर्वाधिक घट्न पुगेको छ । यस समूहको परिसूचक ७ दशमलव ४७ प्रतिशत घटेको छ । यस समूहमा पर्ने विशाल बजार कम्पनीको शेयरमूल्य करीब १० प्रतिशत घटेर अघिल्लो दिनको तुलनामा रू. १ सय ८७ ले घट्न पुगेको छ । साथै, बीमा कम्पनीको परिसूचक ४ दशमलव २९, जलविद्युत् कम्पनीको ३ दशमलव ७५, लघुवित्तको ३ दशलमव ७२, बैङ्किङको २ दशमलव ९९, विकास बैङ्कको २ दशमलव ६९, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव २, ‘अन्य’ समूहको १ दशमलव ८८, वित्त कम्पनीको १ दशमलव ६३, होटल समूहको १ दशमलव ८ प्रतिशत घटेको छ ।

कारोबार भएका १ सय ५१ कम्पनीको ५ हजार ९ सय ४३ पटकको व्यापारमा १३ लाख ११ हजार ९ सय ४८ कित्ता शेयरको रू. ४८ करोड ३९ लाखबराबरको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता रू. १ हजार ७ सय १९ मा रू. ३ करोड ३९ लाखबराबरको शेयर कारोबार भएको छ ।

नेप्सेले लिएको सर्वाधिक कारोबार हुने १० कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रू. १ हजार ७ सय १९ मा रू. ३ करोड ३९ लाखबराबरको सर्वाधिक शेयर कारोबार भएको छ । साथै, नेपाल बैङ्क लिमिटेड, नेपाल इन्भेष्टमेण्टको संस्थापक शेयर, सानिमा बैङ्क, एभरेष्ट बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, नबिल बैङ्क, कुमारी बैङ्क र ग्लोबल आईएमई बैङ्कको रू. १ करोडदेखि रू. २ करोडसम्मको शेयर कारोबार भएको छ ।

कारोबार भएका १ सय ५१ कम्पनीमध्ये २ कम्पनीको शेयरमूल्य बढेको छ । सूर्योदय लघुवित्त कम्पनीको ४ प्रतिशत र स्वदेशी लघुवित्तको १ दशमलव ८६ प्रतिशत बढेको छ । १ सय ४२ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमूल्य १० प्रतिशत घट्न पुगेको छ ।
कारोबार रकम अघिल्लो कारोबार भएको दिनको तुलनामा १० दशमलव ९४ प्रतिशत घटेको छ । यस दिन लगानीकर्ताहरूले रू. ५ करोड ९४ लाख गुमाएका छन् । कुल बजार पूँजीकरण करीब ३ प्रतिशत घटेर रू. १५ खर्ब २७ अर्ब पुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन सेन्सेटिभ इण्डेक्स ३ दशमलव शून्य १ प्रतिशत घटेर २ सय ७६ दशमलव ८० अङ्क पुगेको छ ।
यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभरसोल्ड अथवा २४ दशमलव ६३ स्केलमा रहेको छ । यसले बजारमा विक्री चाप बढेको देखिन्छ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव शून्य १ रहेको छ । यसले बजार बियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय