४२ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ काे अगाडी (सूचिसहित)

४२ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ काे अगाडी (सूचिसहित)

काठमाडौं, असार २१ । ३३४ स्थानीय तहमा भएको स्थानीय  निर्वाचनमध्ये २९२ स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ ।

४२ स्थानीय तहको मतगणना जारी रहेकाले परिणाम आउने क्रममा  छ । नतिजा आउन बाँकी रहेको ४२ स्थानमध्ये एमालेले २६ स्थानमा अग्रता कायम राखेको छ भने नेपाली काँग्रेसले ९ तथा नेकपा माओवादी केन्द्रको दुई स्थानमा अग्रता छ ।

यस्तै स्वतन्त्र उम्मेदवारले ३ स्थानमा अग्रता लिएका छन् भने संघीय समाजवादी फोरम र राप्रपाको एक एक स्थानमा अग्रता छ ।
मतगणना जारी रहेको स्थानमा को अगाडि ? कञ्चनपुर१.कृष्णपुर नगरपालिकामा एमालेका कर्णबहादुर थापाको अग्रता
२.पुनर्वास नगरपालिकामा एमालेका जीवनराम थापाको अग्रता
३.बेलौरी नगरपालिकामा एमालेका पल्लवराज भट्टको अग्रता
४.भीमदत्तनगर नगरपालिका काँग्रेसका पदम बोगटीको अग्रता
कैलाली

५.घोडाघोडी नगरपालिकामा माओवादी केन्द्रका लक्ष्मण चौधरीको अग्रता
६.धनगढी उपमहानगरपालिकामा स्वतन्त्र गोपाल हमालको अग्रता
७.लुम्की चुहा नगरपालिका एमालेका महादेव बजगाईँको अग्रता

कपिलवस्तु 

८.कपिलवस्तु नगरपालिकामा काँग्रेसका किरण सिंहको अग्रता
९. वाणगंगा नगरपालिकामा काँग्रेसका मंगलप्रसाद थारुको अग्रता
१०. बुद्धभूमिनगरपालिकामा एमालेका रुपेशकुमार श्रेष्ठको अग्रता
११. महाराजगञ्ज नगरपालिकामा काँग्रेसका अब्दुल कलाम खाँको अग्रता

दाङ 

१२. तुलसीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डेको अग्रता

बाँके  

१३. कोहलपुर नगरपालिकामा एमालेका लुटबहादुर रावतको अग्रता
१४. खजुरा गाउँपालिकामा एमालेका किस्मत कक्षपतिको अग्रता

रुपन्देही 

१५. बुटवल उपमहानगरपालिकामा एमालेका शिवप्रसाद सुवेदीको अग्रता
१६. लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र मनमोहन चौधरीको अग्रता
१७. सिद्धार्थ नगरपालिकामा एमालेका हरि अधिकारीको अग्रता
१८.कोटहीमाई गाउँपालिकामा स्वतन्त्र बालकृष्ण तिवारीको अग्रता
१९.सियारी गाउँपालिकामा एमालेका सियारी चौधरीको अग्रता

झापा 

२०. विर्तामोड नगरपालिकामा एमालेका ध्रुव शिवाकोटीको अग्रता
२१. मेची नगरपालिकामा एमालेका विष्णु प्रसाईँको अग्रता
२२. अर्जुनधारा नगरपालिकामा एमालेका हरि रानाको अग्रता
२३.भद्रपुर नगरपालिकामा एमालका जीवन श्रेष्ठको अग्रता
२४. दमक नगरपालिकामा एमालेका रोमनाथ ओलीको अग्रता
२५.शिबसताक्षी नगरपालिकामा एमालेका चन्द्रकुमार शेर्माको अग्रता
२६. गौरादह नगरपालिकामा एमालेका मदन अधिकारीको अग्रता
२७. गौरीगञ्ज गाउँपालिकामा राप्रपाका बाबुराजा श्रेष्ठको अग्रता
२८. बुद्धशान्ति गाउँपालिकामा एमालेका चिन्तन पाठकको अग्रता

मोरङ

२९. विराटनगर महानगरपालिका काँग्रेसका भीम पराजुलीको अग्रता
३०. पथरी शनिश्चरे नगरपालिकामा एमालेका दीलिपकुमार राईको अग्रता
३१. रंगेली नगरपालिकामा माओवादी केन्द्रका दीलिपकुमार अग्रवालको अग्रता
३२. बेलबारी नगरपालिकामा एमालेका ज्ञानेन्द्र सुवेदीको अग्रता
३३. सोनवर्षी नगरपालिकामामा काँग्रेसका कालीप्रसाद दासको अग्रता
३४. उर्लाबारी नगरपालिकामा काँग्रेसका खंगबहादुर फागोको अग्रता
३५. धनपालथान गाउँपालिकामा एमालेका मुसहरु मण्डलको अग्रता
३६. जहदा गाउँपलिकामा संघीय समाजवादी फोरमका कैलाशप्रसाद मण्डलको अग्रता

सुनसरी 

३७ इटहरी उपमहानगरपालिकामा एमालेका द्वरिकालाल चौधरीको अग्रता
३८. धरान उपमहानगरपालिकामा एमालेका तारा सुब्बाको अग्रता
३९. बराह नगरपालिकामा एमालेका निलम खनालको अग्रता
४०. कोशी गाउँपालिकामा काँग्रेसका ऐयुब अन्सारीको अग्रता

उदयपुर 

४१. त्रियुगा नगरपालिकामा एमालेका बलदेव चौधरीको अग्रता
४२. बेलका नगरपालिकामा कांग्रेसका अशोक कार्कीको अग्रता

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

लोकप्रिय