एभरेष्ट दैनिक

भारतमा कोरोना त्रासदीः एकैदिन १ लाख ८५ हजार संक्रमित

काठमाडौँ, भारतमा कोरोना भाइरसले त्रासदी निम्त्याएको छ । सुरक्षाका अनेकन मापदण्ड अवलम्बन गर्दा समेत कोरोना संक्रमणका घटनामा उल्लेख्य बृद्धि देखिएको हो । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ‍१ लाख ८५ हजार १०४ जनामा कोरोना देखिएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । हालसम्म संक्रमित हुनेको संख्या १ करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ । भारतमा १ करोड २३ लाख ३२ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १३ लाख ६६ हजार ५१८ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७२ हजार ११५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १०२६ जनाको मृत्यु भएको छ ।