प्रतिबन्धपछि नेपालको विमानस्थलबाट विदेश जाँदै भारतीय
२८ चैत, २०७७
काठमाडौं । खाडीलगायत बिभिन्न मुलुकले भारतबाट उडानमा रोक लगाएपछि भारतीय नागरिक नेपालको विमानस्थल हुँदै विभिन्न मुलुकमा उडिरहेको पाइएको छ । पछिल्लो केही दिन देखि भारतीय नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरिरहेको अध्यागमन विभागले जानकारी दिएको छ । नेपाल र भारतबीच एक अर्का देशका नागरिक अन्तर्राष्ट्रिय उडानबाट अर्को मुलुकमा जाँदा सम्बधित दुतावासको नो अब्जेक्सन लेटरको प्रावधान रहेको बताउँदै त्यसै अनुसार भारतीय नागरिकलाई नेपालबाट उडन दिइएको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए । भारतबाट नेपाल आउँदा कोरोना परीक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने र १० दिन नेपालमा होटल क्वारेनटाइन बसेपछि पुन उडनु अघि कोरोना परीक्षणको नेगेटिभ रिर्पोट आएपछि मात्रै उड्न अनुमती दिने गरेको महानिर्देशक केसीको भनाई छ । पछिल्लो समय साउदी, अरव, यूएई, कतारलगायत भिसा लगाएको देशमा नेपालको विमानस्थलबाट तेस्रो मुलुकमा जाने गरेको विभागको भनाई छ । साउदीले भारत लगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।
३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ (सूचीसहित)
२८ चैत, २०७७
बागलुङमा किङ कोब्रा भेटियो
२८ चैत, २०७७
सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो उपाधि
२८ चैत, २०७७
सकियो तीन दलबीचको बैठक, के भयो सहमति?
२७ चैत, २०७७

