हामी लगानी गर्छौ सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छ – गण्डकी प्रदेश समन्वय परिषद कतार
१५ असार, २०७६
दोहा,असार १५।वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका गण्डकी बासिले स्वदेशमा लागानी गर्न इच्छुक रहेको भन्दै त्यसको सुरक्षा सुनिश्चित हुनुपर्ने बताएका छन्। गण्डकी प्रदेश समन्वय परिषद कतारले शुक्रबार आयोजना गरेको अन्तरक्रीया कार्यक्रम बोल्दै सहभागीले जलविद्युत संगै थुप्रै क्षेत्रमा लगानी गर्न सकिने भए पनि आफनो गरेको लागानिको ग्यारेन्टी सरकारले लिनुपर्ने बताएका छन्। कार्यक्रममा हाम्रो अभिभारा-समृद्ध गण्डकी प्रदेश भन्ने मुल नारा सहित स्थापित परिषदको लगानी बोर्ड बारेमा लगानी बोर्डका संयोजक समेत रहेका परिषद अध्यक्ष हंसराज ढकाल क्षत्रीले जानकारी दिएका थिए। अध्यक्ष ढकालले गण्डकी प्रदेश अन्तरगतका जिल्लाहरुमा लगानीका संभावना र चुनैतीहरु बारे जानकारी गराउदै जलविद्युतको लगानी पहिलो रोजाइ रहेको भए पनि पर्यटन तथा कृषि उत्पादनमा पनि थुप्रै संभावना रहेको बताएका छन्। कार्यक्रममा सहभागीले उपयुक्त योजना छनोट गरेर कम्पनी तयार गरि सामुहिक लगानी गर्न सकिने भन्दै त्यसको आवश्यक तयारी गर्न सुझाव दिएका थिए । कार्यक्रममा संस्थाका महासचिव रामजी खत्रीले परिषदको २०१९-२० कार्यकालको लागि तयार पारिएको कार्यपत्र बारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख सल्लाहकार आश बहादुर गुरुङ, सल्लाहकार भुपती भट्टराई, बिधान मस्यौदा समितिका निवर्तमान संयोजक बिल गुरुङ, परिषद सदस्य एवं एनआरएन ए कतारका महासचिव बुधवल गुरुङ, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल, गोर्खा सेवा समाजका अध्यक्ष राजेश्वर ढकाल, लमजुङ सेवा समाजका प्रमुख सल्लाहकार बिष्णुलाल श्रेष्ठ, ब्यबसायी लक्षण चौलागाईं लगाएतले आफ्नो सुझाव राखेका थिए। गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हंसराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर बिश्वकर्माले स्वागत र महासचिव रामजी खत्रीले संचालन गरेका थिए भने कार्यक्रमको सहजिकरण सल्लाहकार होमनाथ शर्मा र कार्यपत्र तयारी समितिका सदस्य सन्तोष क्षत्रीले गरेका थिए।
बालबालिका चकचके हुनुमा गल्ति कसको?
३ जेठ, २०७६
भारतमा सावित्राको निरन्तर गोल, टिम ९–० ले विजयी
२७ बैशाख, २०७६
सरकार विरुद्ध आन्दोलन चर्काउछाैं : देउवा
६ बैशाख, २०७६

