एभरेष्ट दैनिक

राष्ट्रिय टोलीमा परेनन् इडे हाजार्ड

काठमाडौंः  रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्ड बेल्जियमको राष्ट्रिय टोलीमा पर्न असफल भएका छन् । टोलीमा नपरेसँगै उनले २०२० को युरो कप क्वालिफायर गुमाउने भएका हुन्। बेल्जियम फुटबल संघका अनुसार हाजार्डसँगै उनका भाइले पनि सानमारिनो र स्कटल्यान्डविरुद्धको क्वालिफयर खेल गुमाउनेछन् । हाजार्ड दाजुभाईले मंगलबार मेडिकल जाँच गरेका थिए। रोयटर्सका अनुसार मेडिकल जाँचमा दुबै पूर्ण रुपमा फिट नदेखिएपछि युरो कप क्यालिफयर गुमाउने पक्का भएको हो। यसै सिजन इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियलमा पुगेका हाजार्डले चोटकै कारण लिग खेल्ने पाएका छैनन् । उनले अहिलेसम्म रियलबाट ला लिगामा डेब्यू गर्न पाएका छैनन्। बेल्जियम प्रशिक्षक रोबर्टो मार्टिनेजले उनको प्रतिस्थापनमा कसैको पनि नाम भने लिएका छैनन्। हाजार्डले समूह चरणका सुरुवाती ४ खेल जित्दा महत्वपूर्ण भूमिका खेलेका थिए। बेल्जियमले आइतबार सानमारिनो र सोमबार स्कटल्यान्डसँग खेल्दै छ।