एभरेष्ट दैनिक

विराटलाई पछि पार्दै स्मिथले हासिल गरे अर्को उपलब्धि

काठमाडौंः  अष्ट्रेलिया क्रिकेट टिमका अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ अहिले शानदार प्रदर्शन गरिरहेका छन् । इंग्ल्याण्डसँगको एशेज सिरिजको चौथो टेस्टमा पनि उनले शतक बनाइसकेका छन् । उनले यो शतकसँगै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पछि पारेका छन् । यो शतकसँगै स्मिथले टेस्ट क्रिकेटमा २६ शतक पूरा गरेका छन् । विराटले टेस्टमा अहिलेसम्म २५ शतक बनाएका छन् । स्मिथले ६७ म्याचमा २६ शतक पूरा गर्दा विराटले २५ शतक बनाउन ७९ टेस्ट खेलेका थिए । स्मिथले टेस्टमा शतक बनाउने मामलामा वेस्ट इन्डिजका पूर्व क्रिकेटर गैरी सोबर्सको बराबरी बनाएका छन् । टेस्ट क्रिकेटमा सर्बाधिक शतक बनाउने सूचीमा भारतीय पूर्वकप्तान सचिन तेन्दुलकर शीर्ष स्थानमा छन् । सचिनले २ सय टेस्टमा ५१ शतक प्रहार गरेका छन् ।