एभरेष्ट दैनिक

सस्तियो अमेरिकी डलर

काठमाडौंः  बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्री मूल्य ११५ रुपैयाँ ६९ पैसामा झरेको छ। बुधबार डलरको बिक्री मूल्य ११६ रुपैयाँ १५ पैसा पुगेको थियो। यस्तै खरिद मूल्य भने ११५ रुपैयाँ ०९ पैसा छ। यस्तै, युरोपियन युरो को विनिमय दर १२७ रुपैयाँ ४३ पैसा पुगेको छ भने, युके पाउन्ड स्टर्लिङको विनिमय दर १४१ रुपैयाँ ०७ पैसा पुगेको छ। राष्ट्र बैंकले तोकेको मूल्य अनुसार एक अस्टेलियन डलरको मूल्य ७८ रुपैयाँ ५४ पैसा, १० जापानी ऐनको १० रुपैयाँ ८९ पैसा, चाइनिज युएन १६ रुपैयाँ १८ पैसा रहेको छ। साउदी अरबियन रियलको ३० रुपैयाँ ८५ पैसा, कतारी रियल ३१ रुपैयाँ ७७ पैसा तथा युएई दिराम ३१ रुपैयाँ ५० पैसा तथा मलेसियन रिङगेट २७ रुपैयाँ ५१ पैसामा स्थीर छ।