आजदेखि सीपीएल शुरु, उद्घाटन खेलमा पोलार्डको टिम विजयी

आजदेखि सीपीएल शुरु, उद्घाटन खेलमा पोलार्डको टिम विजयी

काठमाडौंः  नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध क्यारेबियन प्रिमियर लिग (सीपीएल) यो संस्करण पहिलो खेलमा सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सलाई हराउँदै ट्रिनबागो नाइट राइडर्सले विजयी सुरुवात गरेको छ ।

आज बिहान भएको खेलमा ट्रिनबागोले दिएको १५३ रनको लक्ष्य पछ्याएको प्याट्रोयट्सले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो ।

उसका लागि इभन लुइसले सर्बाधिक ३६, कोजरोन क्वाट्लीले २५, फाबियन आलेनले ३०, उश्मा मिरले २४ र मोहम्मद अफिजले १६ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा ट्रिनबागोका जीमि नीशम, मोहम्मद हसैनले ३–३, खरी पिर्रे र सीकुजी प्रशन्नले एकएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको किरण पोलार्ड कप्तान रहेको ट्रिनबागोले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनायो ।

उसका लागि किरण पोलार्डले ४७, दिनेश रामदिन, जिमी नीशमले ३३–३३, लेन्डल सिमन्सले ११ रन बनाए ।

बलिङमा प्याट्रोयट्सका सेल्डोन कोट्रेल, रायद इमरितले ३–३ र अल्जारी जोसपिचले एक विकेट लिए ।

यो प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि छन् । उनीआवद्ध बार्बाडस ट्राइडेन्टसको पहिलो खेल भने ९ सेप्टेम्बरमा गुयाना अमेजन वारियर्सविरुद्ध छ ।

यो सिजनमा सन्दीपलाई बार्बाडसले पाँचौ राउन्डमा अनुबन्ध गरेको छ । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर (करिव ८० लाख नेपाली रुपैयाँ) प्राप्त गर्ने छन् ।

यो संस्करणको सीपीएल ड्राफ्टमा नेपालका सन्दीपसहित युवा दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेका थिए ।

सन्दीपले अघिल्लो सिजन पनि सीपीएल खेलेका थिए । उनले २०१८ मा सेन्टकिट्स एण्ड नेभिस प्याट्रियट्सबाट ५ खेलमा सात विकेट लिएका थिए । यो पटक सन्दीपको टोलीमा को–को खेलाडी?

बार्बाडसकाे पूर्ण टिमः एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली, वाहब रियाज, सन्दीप लामिछाने, जोसन चाल्स, साई होप, एश्ले नर्स, इमाद वासिम, जोनाथन कार्टर, केमर होल्डर, रोशन प्रिमिअस, रेमोन प्रिमियर, जुस्टिन ग्रेभिस, जोश्वा विश्वप, ह्यादिन वाल्स र लिंको बोउचर ।

जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।

नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ ।    सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।  

फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र  सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।  खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।  

लोकप्रिय