अफगानिस्तानद्वारा पाकिस्तानलाई २२८ रनकाे लक्ष्य, शाहिनले लिए ४ विकेट
लण्डन, जारी विश्वकप क्रिकेट अन्तर्गत आज भएको निकै संघर्षपूर्ण खेलमा अफगानिस्तानले नौ विकेटको क्षतिमा पाकिस्तानलाई २२८ रनको लक्ष्य दिएको छ ।
ब्याटिङ शुरु गरेको अफगानिस्तानले शुरु ओभरदेखि आक्रामक खेलेपनि विकेट जोगाउन नसक्दा ठूलो रन अंक बनाउन सकेन ।
पाँचौ ओभरमा शाहिन अफ्रिदीले हस्मुतुल्लाह र गुलाबद्दिन को विकेट लिएपछि अफगानिस्तान दबाबमा आएको थियो । त्यसपछि १२ ओभरमा रहमत शाह पनि आउट भए ।
इमाद वसीमले २, मोहमद अमिरले १, शहीन अफ्रिदीले ४, वहाब रियाजले २ र शदाब खानले १ विकेट लिए ।
अफगानिस्तानका लागि असघर अफगानले ४२, नजिबुल्लाह जद्रानले ४२, रहमत शाहले ३५ रन गुलाबदिन नैबले १५, मोहम्मद नबीले १६ रनको योगदान दिए । यसैगरी रसिद खान ८ रन बनाएर आउट भए । सैमुल्लाह खानले १९ रन बनाए ।पाकिस्तानका बलर सामु टिक्न नसकेपनि अफगानिस्तानले दिएको लक्ष्य पछ्याउन पाकिस्तानलाई पनि सजिलो छैन । अफगानिस्तानका लागि रसिद खान जस्ता बलरले पाकिस्तानी खेलाडीलाई समस्यामा पार्ने देखिन्छ ।
आजको खेलमा पाकिस्तान जित्नैपर्ने दबाब
मा छ । आजको खेल जितेमा पाकिस्तान शीर्ष चारमा उक्लिने छ ।
विश्वकपमा सहभागिता जनाउनु अघि नौवटा प्रतिद्वन्द्वी मध्ये कम्तीमा दुई वटा टिमलाई हराउने लक्ष्यका साथ इंग्ल्याण्ड आएको अफगानिस्तानले सात खेल खेलिसक्यो । तर उसले एउटा पनि खेल जित्न सकेको छैन ।
न त अफगानिस्तानको कुनै खेलमा वर्षा नै भयो । एक अंक पनि जोड्न नसकेको अफगानिस्तान तालिकाको पुछारमा छ र विश्वकपको सेमिफाइनलमा नपुग्ने निश्चित नै भइसक्यो । यो विश्वकपमा खासै राम्रो खेल्न नसकेको अफगानिस्तानले भारतलाई भने कडा टक्कर दिएको थियो ।
जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई
काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।
नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल
काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।
नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ । सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।
फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

