पर्वतका जनताको भरोसालाई परिणाममा बदल्छु: नेकपा उम्मेदवार तिमिल्सिना
३० माघ, २०८२
पर्वत । पर्वतबाट प्रतिनिधिसभा सदस्यका सबैभन्दा कान्छा उम्मेदवार मनहरी तिमिल्सिनाले जनताको विश्वास र समर्थनलाई ठोस काम र परिणाममार्फत प्रमाणित गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। पर्वतको कुस्मामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको जनसंवाद कार्यक्रम मा बोल्दै तिमिल्सिनाले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिले जिल्लाका मतदातामा नयाँ उत्साह, आशा र भरोसा जागेको बताए । कार्यक्रममा संयोजक प्रचण्डले पर्वतको समग्र विकासका लागि अघि सारेका प्रतिबद्धता व्यवहारमा उतार्न आफू निरन्तर क्रियाशील रहने जनाउँदै तिमिल्सिनाले पर्वतेली जनतालाई तारा चिन्ह मा मतदान गर्न आग्रह गरे । उनले संयोजक प्रचण्डप्रति आभार व्यक्त गर्दै भने, “पार्टी नेतृत्वले देखाएको भरोसा र जनताले दिएको समर्थनलाई म कामबाटै पुष्टि गर्नेछु।” तिमिल्सिनाले विकास, सुशासन र रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै युवाको ऊर्जालाई जिल्लाको समृद्धिसँग जोड्ने योजना प्रस्तुत गरे। “यहाँहरूको साथ, सुझाव र विश्वासले हाम्रो अभियानलाई अझ मजबुत बनाएको छ। पर्वतलाई समावेशी विकासको नमुना जिल्ला बनाउने मेरो लक्ष्य हो,” उनले भने। कुनै व्यक्ति, वर्ग वा समुदायप्रति आग्रह–पूर्वाग्रह नराखी समग्र पर्वतको हितका लागि उम्मेदवारी दिएको स्पष्ट पार्दै तिमिल्सिनाले समभाव, सहकार्य र एकताको माध्यमबाट मात्रै जिल्लाले विकासको फड्को मार्नेमा जोड दिए। उनले जनताको आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए। घरदैलो अभियानका क्रममा प्राप्त जनसमर्थनले आफूलाई थप प्रेरित बनाएको उल्लेख गर्दै तिमिल्सिनाले भने, “घरदैलो अभियानले मलाई अपार ऊर्जा र गहिरो प्रेरणा दिएको छ। जनताको आत्मीयता, भरोसा र स्नेहले मन छोएको छ।” अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने नेता, कार्यकर्ता र समर्थकप्रति आभार व्यक्त गर्दै उनले जनस्तरबाट आएका सुझाव र हौसलाले आफ्नो जिम्मेवारीबोध अझ बलियो बनेको बताए। अन्त्यमा उनले विनम्रतालाई आफ्नो कमजोरी नभई शक्ति भएको उल्लेख गर्दै भने, “विनम्रता मेरो कमजोरी होइन, मेरो शक्ति हो। यही शक्तिको आधारमा म अझ दृढताका साथ अगाडि बढ्नेछु र जनताको अपेक्षा पूरा गर्नेछु।”
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
३० माघ, २०८२
दाङमा टिप्परकाे ठक्कर दिँदा एक जनाको मृत्यु
३० माघ, २०८२
आजदेखि छपाइ भएका मतपत्र छपाइ वितरण हुँदै
३० माघ, २०८२
राप्तीमा थप २० घडियाल छाडियो
३० माघ, २०८२
आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
३० माघ, २०८२

