आज अधिकाँस दल समानुपातिककाे बन्दसूची बुझाउँदै
१४ पुष, २०८२
काठमाडौँ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार प्रमुख राजनीतिक दलहरूले आज समानुपातिकतर्फको बन्दसूची बुझाउँदै छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जसपा नेपाल र लोसपालगायत दलले सोमबार आयोगमा सूची पेस गर्ने तयारी गरेका हुन् । आयोगले आइतबार र सोमबारसम्म बन्दसूची बुझाउने समय तोकेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले समानुपातिकतर्फ नयाँ अनुहारलाई प्राथमिकता दिने नीति लिएको छ । ०६४ देखि ०७९ सम्म समानुपातिक अवसर पाएकालाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार युवालाई समेत समेटेर सोमबार सूची टुंग्याइ आयोगमा बुझाइनेछ । एमालेले पनि समानुपातिकतर्फ ११० जनाको बन्दसूची तयार पारेको छ । सचिव हिक्मत कार्कीका अनुसार सातै प्रदेशको सन्तुलन, समावेशिता र नयाँ अनुहारलाई ध्यान दिएर अध्यक्ष केपी ओलीले सूचीलाई अन्तिम रूप दिनेछन् । एमालेले प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रिया पनि तीव्र बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले पनि सोमबार समानुपातिक बन्दसूची बुझाउने तयारी गरेको जनाएको छ । नेता डा. बेदुराम भुसालका अनुसार देशभरबाट आएका सिफारिसलाई क्लस्टर मिलाएर सूची तयार पारिँदै छ । रास्वपाले आन्तरिक मतदानमार्फत उम्मेदवार छनोट गर्दै सोमबार बन्दसूची बुझाउने जनाएको छ । पार्टी सचिवालयले मतदानको समय सोमबार बिहानसम्म थप गरेको छ । राप्रपाले भने संसदीय दल र कार्यसम्पादन समितिको छलफलपछि बन्दसूची बुझाउने तयारी गरेको छ । जसपा नेपाल र लोसपाबीच एकताको सहमति भइसकेकाले एकीकृत पार्टीकै नामबाट समानुपातिक बन्दसूची बुझाइने लोसपा नेता शरतसिंह भण्डारीले जानकारी दिए । यसअघि पहिलो दिन नेमकिपा, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिक बन्दसूची आयोगमा बुझाइसकेका छन् । आयोगका अनुसार हालसम्म ६ दलले निस्सा प्रमाणित गराइसकेका छन् ।
नेपालबाटै श्रम स्वीकृति लिएर इराक जान पाइने
१४ पुष, २०८२
आजकाे माैसम: वर्षा र हिमपातकाे सम्भावना
१४ पुष, २०८२
बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी
१४ पुष, २०८२
चिराइतो बिक्री नहुँदा किसान चिन्तित
१४ पुष, २०८२
दुई होटेलको आइपिओ आउँदै
१३ पुष, २०८२
महोत्तरीका उखु किसानलाई अहिले धपेडी
१३ पुष, २०८२
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
१३ पुष, २०८२

